Daily Archives: 09/04/2012

कुवेतमा २५५६औं बुद्ध जयन्ती मनाउने तयारी


अमृत तामाङ लोप्चन, कुवेत

शान्तीका अग्रदुत भगबान गौतम बुद्धको जन्मदिनको सम्झनामा नेपाल तामाङ घेदुङ, कुवेतद्वारा यही आगामी मे २५ तारिखका दिन भव्य साँस्कृतिक कार्यक्राम गरी २५५६औं बुद्ध जयन्ती मनाउने भएको छ ।

“बुद्ध नेपालमा जन्मेका हुन” (Buddha is born in Nepal) नाराका साथ मनाइने सो कार्यक्रामलाई ब्यबस्थित ढंगले सम्पन्न गर्नको निमित्त घेदुङ कुवेतका दित्तिय उपाध्यक्ष अर्जुन थोकर तामाङको संयोजकत्वमा जिम्मेबार बाँडफाड उप-समितिको गठन गरेको छ । Continue reading

दुइदिने पिरती (गजल)


मनोज काफ्ले ‘मनसुन’


दुइदिने पिरती के लायौ तिमीले
मायाजाल रचेर फसायौ तिमीले

अर्कैको साथमा सजिनु थियो त
व्यार्थैमा रुवाई के पायौ तिमीले Continue reading

पशुपतिमा चार घन्टामै सवा लाख भेटी


अर्जुन सुवेदी, काठमाडौं, चैत २७ -वर्षभर जम्मा २ लाख रुपैयाँ भेटी जम्मा हुने पशुपतिनाथ मन्दिरमा आइतबार चार घन्टामै १ लाख १३ हजार ४४ रुपैयाँ संकलन भएको छ। जम्मा भएको सुनचाँदी अलग। दर्शनार्थीको घुइँचो घटिसक्ने दस बजेदेखि दुई बजेबीच यति रकम जम्मा भएको हो। न सोमबार, न शनिबार, न पशुपतिमा घुइँचो हुने कुनै मौका। Continue reading

हिसावकिताव माग्दै वहिर्गमित लडाकुद्वारा शक्तिखोर सिविर घेराउ


चाँदनी हमाल, चितवन, चैत २७ – अवकास रोजेर बाहिरिएका एकीकृत नेकपा माओवादीका लडाकु तथा अनमिनले ‘अयोग्य’ प्रमाणित गरेका लडाकुले आर्थिक हिनामिनाको आरोप लगाउँदै शक्तिखोर सिविर घेराउ गरेका छन्। माओवादी वैद्य पक्षका नेताहरुको समेत सक्रियतामा उनीहरुले सिविर घेराउ गरेका हुन्। Continue reading

नग्न दृश्य गायब


काठमाडौं, चैत २७  – काठमाडौंमा थि्रडी प्रविधिमा चलिरहेको ‘टाइटानिक’ फिल्ममा अभिनेत्री केट विन्सलेटको नग्नदृश्य समावेश छैन। तर, उक्त दृश्य नेपालको सेन्सर बोर्डले हटाउन लगाएको भने होइन। ‘हामीले त्यो दृश्य हटाएकै प्रिन्ट पाएका हौं। त्यसैले सेन्सरको सामना गर्नै परेन,’ नेपालमा फिल्मको प्रदर्शन र वितरण गर्ने कम्पनी क्युएफएक्सका प्रबन्धक वसन्त मानन्धरले बताए। Continue reading