Daily Archives: 01/04/2012

फ्रान्सबासी नेपालीहरु संयुक्त रुपमा नेपाली वर्ष मनाउँदै


रामहरी खकुरेल, व्रसेल्स,

नेपाली नयाँ वर्ष २०६९ को अवसरमा फ्रान्सवासी नेपालीहरुले संयुक्त नेपाली वर्षको आयोजना गर्दैछन्। अप्रिल १ तारिक आईतवारका दिन ऐतिहासिक पर्यटकीय सहर पेरीस नजिकै  ला कुर्नभ शहरमा नयाँ वर्ष विशेष मनाउन लागिएको हो। फ्रान्सस्थित नेपालीहरुले विकास गरेको सामाजिक संस्थाहरुले छुट्टाछुट्टै समयमा विवध कार्यक्रमका साथ मनाउने गरेको भएतापनि संयुक्त रुपले गर्न लागिएको यो पहिलो अवसर हो।

Continue reading

कक्षा नौसम्म अब ‘साँच्चै’ निःशुल्क


१९ चैत, काठमाण्डौ – आगामी शैक्षिकसत्रमा कक्षा नौसम्मका विद्यार्थीले निःशुल्क शिक्षा प्राप्त गर्ने भएका छन्। शिक्षा मन्त्रालयले आर्थिक कारण देखाउँदै आगामी शैक्षिकसत्रमा कक्षा नौसम्म निःशुल्क शिक्षाको तयारी गरेको हो।शिक्षामन्त्री दीनानाथ शर्माले भन्नुभयो, “आगामी वर्ष कक्षा नौसम्ममात्र निःशुल्क शिक्षा उपलब्ध गराइनेछ।” हाल कक्षा एकदेखि आठसम्मको शिक्षा निःशुल्क भने पनि नाममात्रको निःशुल्क छ। सो तहका विद्यार्थीले निःशुल्कका नाममा मासिक र परीक्षा शुल्क बुझाउनुपर्दैन भने कक्षा १० सम्मका विद्यार्थीलाई गत वर्षदेखि नै पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउन थालिएको हो। Continue reading

सशस्त्रमा नयाँ प्रमुख को?


केपी ढुंगाना, काठमाडौं, चैत १९- दस दिनपछि सशस्त्र प्रहरीप्रमुख शैलेन्द्रकुमार श्रेष्ठले अवकास पाउने भए पनि यसपछि को प्रमुख बन्ने भन्ने निर्क्यौल भएको छैन। सशस्त्र प्रमुखमा वरिष्ठताका आधारमा कोषराज वन्त र ठाकुरमोहन श्रेष्ठ प्रतिष्पर्धामा छन्। यी दुवैमध्ये एक जो आइजी भए पनि चारवर्षे कार्यकाल नै काम गर्न पाउनेछन्। Continue reading

बाग्लुङमा २३ इन्चकी बालिका!


 दिलीप पौडेल, बाग्लुङ,

चैत १९- जिल्लाको दर्लिङ-१ मालारानीकी १० वर्षीया शीतल परियारको उचाइ २३ इन्च मात्र छ। तीन वर्षदेखि उचाइ बढ्न छाडेकाले आफ्नी छोरी मुलुककै होची भएको रहेको प्रेम परियारको भनाइ छ। Continue reading