कोरियाबाट अति सस्तो दररेटमा रेमिटेन्स


 सउल, दक्षिण कोरिया ,
दक्षिण कोरिया स्थित कोरिया एक्सचेन्ज बैंक (KEB)ले नेपालस्थित नेबिल बैंक नेपालमा पैसा पठाउदा लाग्ने फिमा ५० प्रतिशत देखी १०० प्रतिशत सम्म कम गरेको समचार कोरियामा मार्केटि¨को जिम्मेवारी सम्हालीरहेको श्रमिक रेमिट कम्पनीले जनाएको छ । यो भारी डिस्काउन्ट योजनालाई कोरिया एक्सचेन्ज बैंक लिमिटेटले “ग्राहक प्रसंसा तथा नयां शुरुवात अभियान” नामाकरण गरेको छ । यो अभियान यही मार्च १३ देखी शुरुभई अप्रिल  ३० सम्म  लागुहुने कुरा कोरिया एक्सचेन्ज बैंक (KEB)ले जनाएको छ । यो अभियान अन्र्तगत अन्य कार्यक्रमहरुपनि जनमानसमा ल्याईएको कुरा श्रमिक रेमिट कम्पनीले प्रकास पारेको छ । जसअन्र्तगत नेपाली नागरिकहरुले कोरियामा यू. एस्. डलर सटाईमा ७० प्रतिशत देखी १०० प्रतिशत सम्म डिस्काउन्ट पाउन सक्नेछन् । स्मरणरहोस यो योजनामा सहभागी बन्नको लागी कोरियामा रहेका नेपाली नागरिकहरुले कोरिया स्थित कोरिया एक्सचेन्ज बैंक (KEB) मा ईजी वान एकाउन्ट खोल्नुपर्नेछ भने रिसिभरको नेपालको कुनै बैंकमा खाता हुन जरुरीछ । रिसिभरको नेपालमा खाता नभएको अवस्थामा भने श्रमिक रेमिट कम्पनीको ११०० एजेन्टहरुमार्फत नेपालको कुनैपनि ठाउंहरुमा पैसा डेलिभेरी गर्न सकिने कुरा श्रमिक रेमिट कम्पनीले जनाएकोछ ।

ग्राहकवर्गको हितलाई ध्यानमा राखेर कोरिया एक्सचेन्ज बैंक (KEB)ले एक करोड वोन बराबरको रेमिटेन्स ईन्स्यूरेन्स पनि गरेको छ । यो ईन्स्यूरेन्सको समयावधि भने पैसा नेपाल पठाएको दुई महिना सम्म रहनेछ । पैसा नेपाल पठाएको भोलीपल्ट देखी दुई महिना भित्रमा ग्राहकको कुनै भवितब्यपरि दुर्घटनाभएमा कोरिया एक्सचेन्ज बैंक (KEB)ले एक करोड वोन क्षतिपूर्ती दिनेछ । “ग्राहक प्रसंसा तथा नयां शुरुवात अभियान” अन्र्तगत अप्रिल ३० सम्म नेपाल पैसा पठाउंदा लाग्ने शुल्क जम्मा ८००० वोन रहेको छ । यस अभियानले हुण्डी जस्तो अवैधानिक र खतरनाक बाटोको अन्त्य गर्ने कुरा सरोकारवालाहरुले जनाएकाछन् । सबैलाई ज्ञातहोस कि कोरिया स्थित नेपाली राजदुतवासले हुण्डी जस्तो अपराधिक क्रियाकलापमा संग्लग्न नहुन र हुण्डी मार्फत पैसा नपठाउन नेपाली नागरिकहरुलाई बक्तब्य मार्फत सचेत बनाईसकेकोछ ।

दक्षिण कोरिया बाट नेपाल पैसा पठाउनको लागी कानुनी बाटो गत २०११ सेप्टेम्बर ३० देखी शुरुगरिएको हो । श्रमिक रेमिट कम्पनी नेपालको मध्यस्तथामा कोरिया एक्सचेन्ज बैंक (KEB)ले र नेविल बैंक नेपाल बीच भएको सम्झौता पश्चात कोरियाबाट नेपालमा बिना झन्झट , भरपर्दो तवरले अतिनै सस्तो र सरल किसिमबाट बैधानिक मनि ट्रान्सफर कार्यको शुभारम्भ भएको हो ।

कोरिया एक्सचेन्ज बैंक (KEB) मा ईजी वान एकाउन्ट खोलेपछि आफ्नै घरबाट कम्प्यूटर, ईन्टरनेट, मोबाईल फोन आदिको माध्यमबाट पनि सजिलै पैसा नेपाल पठाउन सकिनेछ । कोरियामा रहेको कोरिया एक्सचेन्ज बैंकको ३६५ ब्रान्चहरुबाट तथा कोरिया एक्सचेन्ज बैंकको ७०० एटिएम अनि २८०० पोस्टल एटिएम् बाट पनि बिना हिच्किचाहट नेपालमा पैसा पठाउन सकिने कुरा श्रमिक रेमिटले जनाएको छ । साथै ई पि एस् प्रणाली अन्र्तगत कोरिया पुग्ने नेपाली कामदारहरुलाई ग्यालेक्सी २ सामसु¨ मोबाइल ईन्स्टल्मेन्टको आधारमा वितरण गरिने कुरापनि ज्ञात हुन आएकोछ । अग्रेजी नजान्ने नेपालीहरुको लागी बैंकको एटिएम्, ईन्टरनेट तथा मोबाईल सफ्टवेरहरु नेपाली भाषामा तैयार गरिएको छ । साथै नेपालीहरुको भिडहुने स्थानहरुमा रहेका कोरिया एक्सचेन्ज बैंकहरुको ब्रान्चहरुमा श्रमिक रेमिट कम्पनीले नेपाली स्टाफहरुपनि खटाईसकेकोछ ।

अहिले श्रमिक रेमिट कम्पनी कोरियामानै दर्ताको सिलसिलामा रहेको कुरा उक्त्त कम्पनीले जनाएकोछ । अबको केहि समयपछि श्रमिक रेमिट कम्पनीको भगिनी संस्था राष्ट्रप्रेम बचत तथा ऋण सहकारी संगको सहकार्यमा विषेश योजना अन्र्तगत  आर्कषक ब्याजदरमा डिपोजित स्किम कोरियामा रहेका नेपालीहरु माझ ल्याउने गृहकार्य गरिरहेकोछ । उक्त्त कम्पनीले आधुनिक कृषी तथा पशुपालनको लागी फोर्स एग्रो भेन्चरको सहकार्यमा कोरियामा रहेका नेपालीहरु माझ एक आर्कषक योजना प्रस्तुत गर्न लागीरहेको छ । साथै श्रमिक ग्रुप अन्र्तगत रहेको रियल स्टेट एण्ड हाउजि¨ कम्पनी मार्फत कोरियामा रहेका नेपालीहरु माझ सस्तो, सुलभ र सरल किस्ताबन्दीमा नेपालको विभिन्न शहरहरुमा घडेरी तथा घरहरु विक्रिवितरण गरिने कुरापनि श्रमिक ग्रुपले जनाएको छ । यसको अलावा ट्राभल्स एण्ड टुर सम्बन्धी कार्यको लागी पनि श्रमिक ग्रुपले अध्ययन गरिरहेको छ ।

स्मरण रहोस श्रमिक रेमिट कम्पनी नेपालको पहिलो र एकमात्र एन् आर एन् प्रोमोटेड रेमिट कम्पनीहो । हाल तीन देशहरुमा सेवारत यो कम्पनी अब विश्यका विभिन्न मुलुकहरुमा विस्तारित हुने क्रममा रहेकोछ ।

About these ads

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )