Daily Archives: 09/02/2012

माउन्ट एभरेष्ट एम.बि बमजम गोल्डकप शुरु हुन १ हप्ता मात्र बाँकी; राम्रो र अनुशासित खेलाडिहरुलाई कुवेतको नेपाली राष्ट्रिय टिममा खेल्ने अवसर


ईन्द्र भूषाल, कुवेत

माउन्ट एभरेष्ट स्पोर्टटिङ क्लबले हरेक साल सन्चालन गर्दै आएको माउन्ट एभरेष्ट एम.बि. बमजम गोल्डकप आगामी शुक्रवार अर्थात १७ फेबुअरीबाट जिलिबको S.D.F.C क्याम्पको मैदानमा सुरुहुन अब केवल एक हप्ता मात्र  बाँकी छ । Continue reading

भोलिको दिन क्रिकेटप्रेमी नेपालीहरुको लागि सुनौलो दिन हुने सम्भावना; फेसबुकदेखी अन्लाईन मिडियामार्फत नेपालीहरुलाई उपस्थितिको लागि आग्रह


ईन्द्र भूषाल, कुवेत

कुवेतमा उपाधिको सपना बोकेर आएकोACC U-19 महिला क्रिकेट टिम आफ्नो अबिरल बिजय यात्रा पार गर्दै अन्तत: फाइनलमा प्रबेश गरेको छ । हरेक टिमलाई नराम्रोसँग हार चखाएको यो टिम आज भएको सेमिफाईनलमा भने निकै तनाबको सामना गर्दै बिजय भएको समाचार प्राप्त  भएको छ । Continue reading

गजल १/६०


मनोज काफ्ले ‘मनसुन’


एउटालाई पाएँ एउटा मन पराएँ
जसलाई म चाहें उसैलाई हराएँ

म आफै रोएँ मन आफै भुलाएँ
बेकाम प्रियालाई दिलमा सजाएँ Continue reading

तिम्रो कथा सुन्दा.. चाल पाएँ !!


ज्ञानेन्द्र गुरुङ, साउदी अरब


मैले तिम्रो कथा सुन्दा
खोक्रो भाको चाल पाएँ
साँचो हो कि झुठो सुने
थोत्रो भाको चाल पाएँ Continue reading

ACC U-19 Final Championship “Nepal Vs Thailand”


नेपालले भुटानलाई हराउदै फाइनलमा


शिव पौडेल
कुवेत , ए सी सी यु १९ महिली क्रिकेट च्याम्पेनसिप २०१२ नेपालले सेमिफाईनलमा भुटानलाई तीन बिकेटले हराउदै फाईनलमा पुगेको छ। भुटान ९७  रनमा सिमटीएको थियो । ९७ रनको  लक्ष्यलाई  पछ्छाउदै  मैदानमा उत्रेको नेपाल  २४ ओवर २ बलमा सात बिकेट गुमाउदै जित हासिल गरेको छ Continue reading

चलचित्र मसान अब अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शनको तैयारी


नीर शाहको निर्देशनमा भर्खरै मात्र निर्माण सम्पन्न भएको स्वर्गिय गोपाल प्रसाद रिमालको अनमोल कृति मसान मा अधारित एतिहासिक चलचित्र मसान अब अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शनको तैयारी

Continue reading

मस्को स्थित नेपाली राजदूत श्री सूर्यकिरण गुरूङप्रति रोमानियाबाट हार्दिक कृतज्ञता ज्ञापन


नरापो न्यूज।
रूस महासंघका लागि नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङ आफ्नो कार्यकाल समाप्त गरी छिटै स्वदेश फर्किनु हुदैछ । यस सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसले राजदूत-दम्पतिको सम्मानमा गर्न लागेको बिदाई समारोहमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रोमानियाको तर्फबाट एक हार्दिक कृतज्ञता ज्ञापन पत्र पठाउने निर्णय गरेको छ। Continue reading

छथर महोत्सवलाई ब्रुनाईबाट सहयोग हुने


ब्रुनाई, , छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन १, २ र ३ गते सम्पन्न हुन गई रहेको त्रिदिवसिय महोत्सवलाई ब्रुनाईबाट पनि सहयोग हुने भएको छ । Continue reading

जातीय राज्य होइन समान सामर्थ्य र पहुच विकासको अधिकार देउ !


 कृष्ण खतिवडा
नेपाल बिस्वकै धेरै अल्प संख्यक जातिहरु बस्ने बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधताको देश हो  ।  हाम्रो मुलुकमा कहीं पनि तेस्तो प्रदेश बन्ने खालको भूगोल छैन जांहा  अन्य धेरै अल्प संख्यक जातिहरु भन्दा एक जाति बिशेष बहुमत रहेको क्षेत्र जसलाई जातीय बहुमतको आधारमा जातीय राज्यको रुपमा घोषणा गर्न सकियोस । तर बिडम्बना यो एकाइसौं सताब्दिमा जातीय राज्य निर्माणको पुरातनबादी सोचको वकालत गर्दै राज्य पुनर्संरचना आयोगका बहुमत सदस्यहरुको नाम बाट प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाएको बिबादास्पद प्रतिबेदनले मुलुकमा फेरी अर्को गम्भीर खालको काहाली लाग्दो जातीय हिंसाको बिजारोपण गर्ने काम  गरेको छ  । Continue reading

हराएको मेरो मान्छे


रोशन संग्रौला, कुवेत

हराएको मेरो मान्छे देखनु भयो भने कतै
मलाई खबर गर्नुहोला भेट्नु भयो भनि कतै

खोज्नु होला सहरको भिडहरु छिचोलेर
नेपाल बन्द गरि बाटो छेक्नु भयो  भनि कतै Continue reading

निशा र मेरो डायरी ——–कथा


´´मेरो नाम मनोहर शर्मा ,मेरो खासै पेशा केही पनि छैन म एक सामान्य नागरीक , कृषक जनजीवनको सुत्रधार , जीवनका केही कुराहरु जुन बर्तमान र भबिष्यलाइ अर्थ राख्छन त्यो डायरीमा लेख्नु मेरो यहि सामान्य सोख हो मानिसले मेरो बारेमा धेरै चर्चा परिचर्चा गरेका हुन्छन तर मेरो कान ति अबला नारीहरुको पीडादायी जीवनसँग गासिएको हुन्छ मैले आज मेरो एक अभिन्न साथी हुनुहुन्छ Continue reading

रोमानियामा हिजो देखि नया प्रधानमन्त्रि को नियुक्ति


राष्ट्रपति बसेस्कु  र नया प्रधानमन्त्री
नवराज पोखरेल, नरापो न्यूज, रोमानिया ।
बुखारेस्ट,- रोमानियाका राष्ट्रपति त्रैयाँन  बसेस्कुले प्रधानमन्त्रि एमिल बोकको राजिनामा स्वीकार गरे पछि हिजो साझ  Foreign Intelligence Service (SIE) का प्रमुख तथा पूर्ब विदेश मन्त्रि मिहाई रझभान उन्गुरेआनुलाई नया प्रधानमन्त्रीको पदमा मनोनयन गरि  मन्त्रि मण्डल बनाउन आदेश दिएका छन।राष्ट्रपति त्रैयाँन  बसेस्कुले  प्रेस कन्फरेन्समा बोल्दै – यो मन्त्रि मण्डलको परिबर्तन गत डिसेम्बर महिनामा नै हुने Continue reading

गजल – दाम छैन भने


 सुनिल सङ्गम
दाम छैन  भने नाम छैन अचेल
नाम नहुनेको काम छैन अचेल
 
जता हेर्यो उतै रावण जस्तो देख्छु 
जहाँ जति खोजुँ राम छैन अचेल 
Continue reading

नेपालमा डिजिटल हस्ताक्षर सुरु


रामचन्द्र भट्ट, काठमाडौं, माघ २६ – विद्युतीय कारोबारलाई व्यवस्थित बनाउन नेपालमा पनि डिजिटल हस्ताक्षरको सुरुवात भएको छ। आज प्रधान मन्त्री बाबुराम भट्टराईले औपचारिकरुपमा यसको सुरुवात गरेका छन्। भट्टराईले डिजिटल हस्ताक्षरको साँचो प्रमाणिकरण नियन्त्रक राजनराज पन्तलाई हस्तान्तरण गरे। Continue reading