कुवेतनेपाल, एड्मिन
नेपाल तामाङ घेदुङ, कुवेतको आयोजनामा आफ्नो तेश्रो प्रस्तुति स्वरुप प्रस्तुत गरिएको २८४८औं डुक सोनम ल्होछार कुवेतको मालियास्थित होटल एशिया-एशियामा २७ जनवरी २०१२ शुक्रबारका दिन, अतिथि कलाकारको रुपमा न्यु योर्क देखी कुवेत आउनु भएका नेपालका सुपर स्टार गायक राजु लामाको साथमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
घेदुङ कुवेतका अध्यक्ष राम बहादुर लामा घलानको अध्यक्षतामा ‘तामाङ जातीहरुको नयाँ बर्ष मञ्जुश्री सम्वत २८४८औं सोनम ल्होछार (हे ल्हो) खरायो बर्गको बिदाई र (डुक ल्हो) गडुल बर्गको स्वागत गर्दै’ मनाईको बृहत साँस्कृतिक ल्होछार कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास कुवेतका राजदूत महामहिम मधुवन प्रसाद पौडेल हुनुहुन्थ्यो भने बिशेष अतिथिमा दूतावासका दित्तिय सचिब पुष्षराज भट्टराई, सहचारी भुवन पौडेल, NRNA कुवेतका अध्यक्ष तथा घेदुङ कुवेतका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ, बरिष्ट सल्लाहाकार आश बहादुर लोप्चन, सल्लाहाकार जितेन थिङ, सल्लाहाकार सुन बहादुर तामाङ र युएई एक्सचेन्ज कुवेतका कन्ट्री हेड पान्सिली भार्की हुनुहुन्थ्यो ।
सम्पूर्ण अतिथिगण तथा पाहुनाहरुलाई आगमनको क्रमसँगै पूजा कोठामा लगि लामा धर्मगुरुहरुबाट बौद्ध मन्त्र बाचनका साथ टिका ग्रहण गराउँदै खादा ओढाई स्वागत तथा आसन ग्रहण गराएपश्चात नेपाली राष्ट्रिय गानपछी प्रमुख अतिथि र विशेष अतिथिहरुबाट दिप प्रज्वलन गर्दै वुद्धको प्रतिमामा खादा अर्पण गरि समुदघाटन गरिएको उक्त साँस्कृतिक ल्होछार कार्यक्रममा महामहिम राजदूत एवं बिशेष अतिथिहरु राजेन्द्र तामाङ र पान्सिली भार्कीले शुभकामना मन्तव्य दिनु भएको थियो भने सभाध्यक्ष राम लामा घलानले तामाङ जाति बिशेष र ल्होछारको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य दिनु भएको थियो ।
रोजगारीमा संलग्न कुवेतमा रहेका आफ्ना बहुसंख्यक फ्यानहरुको अत्याधिक चापले खचाखच भरिएको कार्यक्रमस्थल होटल एशिया-एशियामा सुपर स्टार गायक राजु लामाले ३ चरणमा आफ्ना गितहरु पस्कँदै सबैलाई आफैसँग गाउन र नाच्न वाध्य बनाए । ‘मेरो देश नेपाल लाग्छ प्यारो’ बोलको गितबाट प्रस्तुति शुरुवात गरेका राजु लामाले आफ्ना नयाँ र पुराना गरेर डेढ दर्जन जती गित गाएका थिए । गाएरै नथाक्ने कर्णप्रिय स्वरका धनी गायक लामाले ‘हे देउता जुराईदेउ एउटा, बादल पारिको देशमा, यो जुनीमा तिमीलाई, ओई नाना आई नाना, सुनीमा तिमी के साह्रै राम्री, तिमीलाई देखेर हिमाल हाँसेको, तिम्रो जोवानलाई, तामाङ गित फ्याफुल्ला फ्याफुल्ला, अरुण थापाको भुलुँ-भुलुँ लाग्यो मलाई सपनीमा र रितुहरुमा तिमी, पर्खाईमा भिज्यो शिरानी, शायद तिम्रो बाटोमा, हल्ला चलेछ जस्ता चर्चित गितहरु गाएका थिए ।
यसैगरी घेदुङ कुवेत, लालीगुराँस साँस्कृतिक परिवार, नेपालकुवेत साँस्कृतिक मञ्च र तमू समाज कुवेतका स्थानिय कलाकारहरुले पनि आ-आफ्नो रोचक नृत्यहरु प्रस्तुत गरी कार्यक्रममा थप रौनक भरे । नृत्य कलाकारहरुमा: डुप्चन तामाङ, भिम गोले, प्रिती लामा, डोल्मा शेर्पा, सन्जु तामाङ, अशोक तामाङ, सविन राई, निशा लामा, बिनोद गुरुङ, बबिता गुरुङ, हरी राई, मनिता रसाईली, रेनु परियार, सोम रसाईली, सुरुची थापा र गीता आचार्य थिए । जसमध्ये, डुप्चन तामाङको ‘यो जिन्दगीले के गर्यो के गर्यो’ बोलको गितमा ट्युवलाईट फुटाउने दृश्यले एकछिन सबै अवाक् रहे! उनले दाँतले टोकेर र छाती, पाखुरा र टाउकोमा दुई-दुईवटा ट्युबलाईटले हानेर मात्र ट्युबलाईट फुटाएनन्! कर्याम-कर्याम मुखैले चबाएर खाएको दृश्य समेत प्रदर्शन गरि सबैलाई चकित तुल्याए भने ‘ए के गरेको यो हेर्नै डर लाग्यो बन्द गर्नुस्’ भन्ने जस्ता आवाज पनि पछाडिबाट आएको सुनियो । यस्तै, स्थानीय कलाकार अर्जुन तामाङ र रत्ना बरालले चट्ट रुमाल क्या मालुम बोलको गित गाए भने बाल कलाकार सुरुची थापाले कल्ले लाने हो मलाई डोलिमा चढाई गीतमा नृत्य गरेर सबैको मन जितिन ।
निर्धारित समय भन्दा २ घण्टा ढिलो शुरु गरिएको कार्यक्रम घेदुङ कुवेतका सचिव तथा ल्होछार संयोजक अमृत तामाङ, कोषाध्यक्ष निर्मल तामाङ र सदस्य तथा कलाकार अर्जुन तामाङद्वारा संयुक्त रुपमा सञ्चालित रहेको थियो भने कार्यक्रमका अन्य अतिथिहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष धर्मराज गिरी, बुद्दिजिबी तथा पूर्वाध्यक्ष किरण पौड्याल, NRNA कुवेतका उपाध्यक्ष राज थापा, महासचिव तथा नेपाल पत्रकार महासँघ कुवेतका अध्यक्ष सुजन के.सी, बुद्दिजिबी तथा अल्घानिम सेक्युरिटी ग्रुपका म्यानेजर नेत्र बहादुर लिम्बु, अ.ने.सा.स कुवेतका अध्यक्ष राजन रिमाल, साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, मेनपावर एशोसियसनका अध्यक्ष बम पुलामी, जन-सम्पर्क समितिका अध्यक्ष राजु खड्का, तमू समाज कुवेतका अध्यक्ष अमर गुरुङ, मजदुर सँघका अध्यक्ष टेन्डुप शेर्पा, कालीगण्डकीका अध्यक्ष आशिष कुवँर र पत्रकारहरु तोयानाथ दाहाल, जय आले, ईन्द्र भुषाल, हरिकृष्ण न्यौपाने, आनन्द आचार्य लगायत रहेका थिए ।
कार्यक्रमको मध्यान्तरमा आयोजकले महामहिम राजदूतको हातवाट प्रायोजक युएई एक्सचेन्ज कुवेतलाई कदर-पत्र एवं मायाको चिनो प्रदान गरेको थियो । साँझको ७ बजेसम्म चलेको सोनम ल्होछारमा थुप्रै सँघ-संस्था एवं सहयोगी दाताहरुले ठुलो धनराशी दान गरेका छन । जसमध्ये घेदुङ कुवेतकी अमृता घिसिङले एक्लै ने.रु एक लाख दान गरिन भने राजु लामाका फ्यानहरुले कोही मञ्चमै गएर फुल र पैसा पर्सिए त कतिले अंगालोमा कसे त कतिपयले सँगै गाउँदै नाचे ।
समग्रमा भन्नुपर्दा, तामाङ घेदुङ कुवेतले तामाङ परिकारका जलपान सहित आयोजना गरेको साँस्कृतिक तथा २८४८औं डुक सोनम ल्होछार अनुपेक्षित सफल रहेको निर्क्यौल गर्न सकिन्छ भने सुरक्षा लगायत अन्य व्यवस्थापनमा तामाङ युवा युवतीहरु चुस्त डटेर लागेको देख्दा साँचै नै ‘एकता नै बल हो’ भन्ने धुर्वसत्य सावित भएको देखिन्छ ।
कार्यक्रमस्थलका केही झलक:













































































































































WELL DONE GUYS
Thank you so much jay sir tapaiko article 1 dam ramro cha sabai bisayalai sametera lekhnu bhayeko cha welldon good job
jay sir muri muri dhannyabad , sara bastabik ghatna lai janata samu lyunu vayo. Karyakram hal jana napaune suvachintak haru ko lagi pani yo news le kehi tewa puryaune cha jasto malai laghcha . Once again Thankyou very much for the good news…
achel dherai kuwait ma nepali kalakar leuni fashion nai va x6 haaaaaaaaaaaaaa
Tyo programme ko sabai kura thik thiye kahi katai kami kamjori thiyena jasto malai lagcha tai pani euta kura chahi ali milena ki management team bat……
Tetro mahan kalakar nepal bat hami majha aauda kamse-kam ichchuk fan haru le RAJU LAMA sit photo khichnu paunu parne hoina ra….?
Je hos dhedung pariwar lai dherai dherai dhanyavad!!!
Hello friends, if you missed that programme than just you can check on youtube.com on my channel.
diputsmg’s channel
Thank you and don’t forget to comment coz that’s make me correct in next time. Have a fun