कसरी सिक्ने वेब डिजाइनिङ ?

साधारणतया व्यावसायिक रूपमा काम गर्नेहरूका दुईवटा बाटा हुन्छन्, कुनै आइटी कम्पनीमा जागिर खाने वा घरमै बसेर स्वतन्त्र रूपमा (फ्रिल्यान्सिङ) काम गर्ने। निजी र व्यावसायिक प्रयोजनका लागि वेबसाइट बनाउनु एउटै कुराजस्तो लागे पनि कुरा अलिकति फरक छ।
राम्रो वेबसाइट देख्दा तपाईंलाई लाग्दो हो, क्या दामी रै’ छ। आकर्षक डिजाइन, चिटिक्क पारेर सजाइएका कन्टेन्ट, सुहाउँदो रंग देख्दा यस्तो लाग्नु स्वाभाविक हो। कतिलाई लाग्दो हो, मेरो पनि यस्तै वेबसाइट भैदिए हुन्थ्यो। त्यसो भए, राम्रा वेबसाइट कसरी डिजाइन गर्ने ?
सिर्जनात्मक व्यक्तिहरूका अनुभूति एवं विचार व्यक्त गर्ने उपयुक्त थलोका रूपमा विकसित हुँदैछन् वेबसाइटहरू, इन्टरनेटको बढ्दो प्रयोगले आज वेबसाइट बनाउन चाहनेहरूको संख्या पनि निकै छ। सूचना तथा प्रविधिभन्दा फरक विषय अध्ययन गरेका तर सूचना, प्रविधिमा चासो राख्नेहरू पनि उत्तिकै बढ्दैछन्। यस्तै अनुभव सुनाउँछन्, वेबडिजाइनर निर्मल ज्ञवाली। भन्छन्, ‘मलाई दिनहुँ कम्तीमा आधा दर्जन यस्ता फोन आउँछन्।’ उनको निजी वेबसाइट निर्मल डटकमडट एनपी हेरेर वेबडिजाइन सिकाइदिन धेरैले आग्रह गरेको निर्मलले सुनाए।
‘त्यो सम्भव पनि छ,’ प्रविधिमा चासो राख्ने तर ठ्याक्कै यही विषय अध्ययन नगरेकाप्रति लक्षित गर्दै निर्मलले भने। ‘वेबसाइट बनाएरै राम्रो आम्दानी गर्न सकिन्छ।’ त्यसो भए, कसरी व्यावसायिक रूपमै वेबसाइट बनाउन सकिन्छ ? हामीले दिनहुँ चलाउने राम्रा वेबसाइटहरू कम्प्युटर इन्जिनियरका उत्पादन मात्र पक्कै होइनन्, ती फरक-फरक विधाका सिर्जनात्मक व्यक्तिका सोचका प्रतिफल हुन्।
‘वेब डिजाइनर’, सोचले मात्र बन्न सकिँदैन। त्यसका लागि सीपको पनि आवश्यकता पर्छ। यदि व्यक्तिगत प्रयोगका लागि वा इन्टरनेट डायरीमात्र लेख्ने सोच छ भने इन्टरनेटको बजारमा उपलब्ध निःशुल्क ब्लग साइटहरूमार्फत पनि बनाउन सकिन्छ, तर व्यावसायिक रूपमै साइट निर्माण गर्ने हो भने धेरै कुरा सिक्नु आवश्यक छ। अब धेरै प्रश्न उब्जिएलान्। सिक्न त सिक्ने, तर कहाँ गएर सिक्ने ? कसरी सिक्ने ? कति समय लाग्छ ? कति पैसा खर्चिनुपर्छ ? यी सबै कुरा सम्भव छन्, तर त्यो सिक्ने व्यक्तिमा भर पर्छ। सिकारुको चाहना र कामप्रतिको लगावले नै त्यसको निर्धारण गर्छ, जसमा समय र पैसा दुवैको लगानी चाहिन्छ, साथै सिक्न तत्पर दृढ इच्छाशक्ति पनि।
पहिलो कुरा केका लागि सिक्दै छु भन्ने कुरामा स्पष्ट हुनुपर्छ। यदि वेबसाइट बनाउन सिकेर आफ्नो निजी साइट मात्र बनाउने हो भने धेरै परिश्रम गर्नु पर्दैन, तर पेसागत रूपमै अघि बढ्नु छ भने धेरै कुरा सिक्नुपर्छ। साधारणतया व्यावसायिक रूपमा काम गर्नेहरूका दुईवटा बाटा हुन्छन्, कुनै आइटी कम्पनीमा जागिर खाने वा घरमै बसेर स्वतन्त्र रूपमा (फ्रिल्यान्सिङ) काम गर्ने। निजी र व्यावसायिक प्रयोजनका लागि वेबसाइट बनाउनु एउटै कुराजस्तो लागे पनि कुरा अलिकति फरक छ। कुनै आइटी कम्पनीमा काम गर्दै हुनुहुन्छ भने तपाईंले कुनै एउटा विषयमा प्राविधिक ज्ञान हासिल गरे मात्र पनि पुग्न सक्छ, तर फ्रिल्यान्सिङ गर्ने सोच बनाउनुभएको छ भने आफ्नो सेवाको मार्केटिङ, सोसियल मिडियामा प्रमोसन, सर्च इन्जिन अप्टिमाइजेसन गर्ने धेरै जानकारी राख्नुपर्ने हुन्छ।
साधारण व्यावसायिक वेब डिजाइनिङ कसरी सिक्ने ? यसका लागि तीनवटा बाटा छन्, इन्स्टिच्युट, पुस्तक र इन्टरनेट। कुन माध्यम सजिलो लाग्छ ? त्यो आफ्नै छनोटमा भर पर्छ। यदि छिट्टै सिक्ने सोच बनाइएको छ भने तीनवटै माध्यम एकै पटक पनि प्रयोग गर्न सकिन्छ। नेपालको परिवेश हेर्दा धेरैलाई सजिलो लाग्ने र प्रभावकारी भैरहेको माध्यम इन्स्टिच्युट नै हो। यदि इन्टरनेटयुक्त सहरमा हुनुहुन्छ भने त समस्यै भएन, तर अलि दुर्गम ठाउँमा हुनुहुन्छ भने अलिकति कठिनाइ हुन सक्छ।
नजिकै कुनै वेब तालिम केन्द्र छ र राम्रो गुरु पनि फेला पर्न सकियो भने ३ देखि ६ महिनाको अवधिमा साधारण वेबसाइट निर्माण गर्न सफल भइन्छ। यसका साथै इन्टरनेटको सुविधा छ, यस सम्बन्धी केही पुस्तक पनि छन् र तिनीहरूको सदुपयोग गर्न सकियो भने अझ राम्रो हुनेछ।
वेबडिजाइनिङ पढाइ हुने थुप्रै इन्स्टिच्युट् छन्। जस्तो, कलेज अफ सफ्ट्वेयर इन्जिनियरिङ, एप्टेक कम्प्युटर एजुकेसन, एरिना मल्टिमिडिया, नेसनल वेब कलेज, ब्रोड वे इन्फोसिस, नेसनल कलेज अफ कम्प्युटर स्टडिज, आइटी टे्रनिङ नेपाल, सुपर ब्रेन वेब टेक्नोलोजी आदि। त्यसबाहेक अन्य राम्रा इन्स्िटच्यट्युट पनि छन्।
साधारणतः यी इन्स्टिच्युटहरूमा HTML/XHTML, CSS, Photoshop, Dreamweaver, Flash, PHP, MySQL, Javascript जस्ता कुरा सिकाइन्छ। टे्रनिङको समयअनुसार कम्तीमा ५ हजार रुपैयाँ लाग्छ भने अरू थप आफूले छानेको कोर्सका आधारमा पैसा खर्चिनुपर्छ। यदि इन्टरनेटमै पढ्ने हो भने सबैभन्दा राम्रा साइट कुन-कुन छन् ? त्यसका लगि गुगल, बिङ वा याहुमा सर्च गर्न सकिन्छ। राम्रा मानिएका केही w3schools, smashing magazine, lynda, web designer wall, six revisions, web designer depot, tutsplus, web design schools, make use जस्ता साइटबाट पनि ज्ञान बटुल्न सकिन्छ। यदि कम्प्युटरमै बसेर पढ्न चाहने हो भने इबुकहरू पनि फेला पार्न सकिन्छ। कतिलाई त कम्प्युटरमा बसेर पढ्न असहज लाग्छ। यदि त्यसो हो भने बजारमा वेब डिजाइनसम्बन्धी प्रशस्त पुस्तक उपलब्ध छन्। छानेर पढ्न सकिन्छ। कतिपय राम्रा पुस्तक लाइब्रेरीमा उपलब्ध नहुन पनि सक्छन्, त्यस्तो अवस्थामा नजिकैको पुस्तक पसलमा खोज्न सकिन्छ। कतिपय पुस्तक नजिकको स्टोरमा उपलब्ध नहुन पनि सक्छ। नाम थाहा भए मगाउन पनि सकिन्छ। केही उपयोगी पुस्तकको सूचीः
Learning Web Design: A Beginner’s Guide to (X)HTML, StyleSheets, and Web Graphics by Jennifer Niederst Robbins
Web Design: Navigation – Julius Wiedemann
Save the pixel: The art of simple web design by Ben Hunt
Web Development and Design “oundations with XHTML by Terry “eller-Morris
About “ace 3: The Essentials of Interaction Design by Alari Cooper
Build Your Own Web Site The Right Way Using HTML & CSS, 2nd Edition by Sitepoint Information Architecture for the World Wide Web: Designing Large-Scale Web Sites
Homepage Usability: 50 Websites Deconstructed
Professional Web Widgets with CSS, DOM, JSON and Ajax – Rajesh Lal and Lakshmi Chava
Designing Web Usability by Jakob Nielsen
Don’t Make Me Think: A Common Sense Approach to Web Usability by Steve Krug
“reelance Design in Practice – Cathy “isel

source:Saptahik

One Response to कसरी सिक्ने वेब डिजाइनिङ ?

  1. Impressive!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s