Breaking News: अभिनेत्री सुशिला रायमाझीको निधन


फिल्मीखबर, २०६८ माघ १२ । लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो १ बजे बिएण्डबि अस्पतालमा निधन भएको निर्माता रमेशजंग रायमाझीले जानकारी दिएका छन् । सुशिला रमेशजंगको काकी हुन् ।

निधन पश्चात रायमाझीको शव टिचिङ हस्पिटल महाराजगंजमा राखिएको रमेशजंगले जानकारी गराए । पहिलो श्रीमानबाट एक छोरी र दोस्रोबाट दुई छोरीकी आमा सुशिलाको कान्छी तर्फकी छोरी अमेरिकाबाट आजै राति १० बजे काठमाण्डू ओर्लए लगत्तै उनको अन्तिम दाहसस्कार राति नै गरिने रायमाझीले जानकारी गराए । रेडियो नाटक हुदै चलचित्र अभिनयमा अब्बल ठहरिएकी सुशिलाको पाठेघर क्यान्सर सम्पूर्ण शरिरमा फैलिएपछी उनी पछिल्लो केही बर्षयता सिकिस्त थिईन् ।

सुशिला राष्ट्रिय नाचघरकी जागिरे पनि थिईन् । उनले हिरोईन भएर खेलेको पहिलो फिल्म चोट हो जसलाई श्याम राईले निर्देशन गरेका थिए । सुशिलाले धनसम्पती भन्ने चलचित्र पनि बनाएकी थिईन् भने पवन मैनालीसंग मिलेर पिजडा भन्ने चलचित्र पनि बनाएकी थिईन् । धनसम्पती मार्फत उनले छोरी प्रसिद्धीका रायमाझीलाई पनि हिरोईन बनाएकी थिईन् । दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी सुशिलाले पछिल्लो समय  सानो संसार’  र भुवन केसीको चलचित्र ‘म तिमी बिना मरिहाल्छु’ खेलेकी थिईन् ।

2 Responses to Breaking News: अभिनेत्री सुशिला रायमाझीको निधन

  1. Pushparaj Tamang

    RIP to Madam Sushila Rayamajhi…yeauta sahi kalakar ko dehabasanle nepali cinemama apuraniya chyati bhayeko cha…

  2. jaya prasad

    may god bless her soul 4everrrrrrrrrrrrrr

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s