साँस्कृतिक मञ्चको ‘थापालाई कार्वाही’ भन्ने समाचारको खण्डन गर्दै, राज थापाद्वारा प्रेस बिज्ञप्ती जारी !


नेपालकुवेत डटकम बाट सम्प्रेषित थापालाई कार्वाही र संस्कृति विरोधी भएको आरोप सहितको विषयमा छापिएको समाचारमा म घोर आपप्ति व्यक्त गर्दछु । मेरो बारेमा पटक पटक नेपालकुवेत डटकम बाट प्रकाशित समाचारले मेरो व्यक्तिगत चरित्र हत्या गर्ने दुश्साहस गरेको मलाई लागेको छ । नेपालकुवेत साँस्कृतिक मञ्चको कार्यसमितिको बैठकमै मैले सेल्टर सञ्चालनको लागि देउसी-भैलो खेल्ने भन्ने प्रस्तावमा पूर्ण असहमती जनाई संस्थामा आफु रहन नसक्ने भन्दै मौखिक राजिनामा दिईसकेको छु । तर नेपाली संस्कृती र नेपाली परम्पराले ओतप्रोत रहेको देउसी-भैलो जस्तो महान नेपाली प्रचलनको आफु एक सच्चा नेपाली भएको नाताले पनि मैले कसरी बिरोध गर्न सक्छु र कुन चाँही नेपालीले बिरोध गर्ला ? त्यसैले म माथि लगाईएका यि सबै लाल्छनाहरु भ्रामक र कल्पित हुन भन्न चाहन्छु ।

कानुन बमोजिम सेल्टरको लागि देउसी-भैलो खेल्नु पूर्ण रुपमा गैर कानुनी हो भन्ने मैले बुझेको छु । त्यसैले मलाई कसैले कार्वाही गरेर बर्खास्त गरिरहन नपर्ने र म स्वयंले यस कार्यमा असहमती जनाई मौखिक राजिनामा दिईसकेको व्यहोरा सार्वजनिक गराउन चाहन्छु । साथै, साँस्कृतिक मञ्च जस्तो एउटा विशुद्ध एवं मनोरञ्जनात्मक संस्थाले व्यवसायिक रुपमा देउसि–भैलो जस्तो चाडलाई धमिलाएको बोध गराउन चाहन्छु । सेल्टरको नाममा एउटा विशुद्ध संस्थाले गैर कानूनी कार्य गर्नुहुन्न भन्ने मरो अभिव्यक्ति दिंदा जुन किसिमले मिडियाको साहारा लिई मेरो चरित्र हत्या गर्ने प्रयास गरिएको छ त्यसले मेरो भावनामा चोट पुर्‍याएको छ ।

कुवेतमा यस्तो विसंगति प्रति मेरो चासो हुँदा मलाई निष्काशन गरिएको समाचार सुन्दा संस्कृति जोगाउने नाममा साँस्कृतिक मञ्चको छवि कति सम्म माथि उठेको होला त्यो कमसेकम अध्यक्ष महोदयलाई त अवगत भएको हुनुपर्ने हो । गलत कुराको विरोध गर्ने अधिकार संस्थाको सल्लाहाकार भएको नाताले मैले दिएको अभिव्यक्ती कति हद सम्म सहि होला ? त्यो फैसला गर्ने हक कुवेतको नेपाली समाजमा छोड्न चाहन्छु । बिना सूचना बिना स्पष्टिकरण कुनै संस्थाले निष्कासन गर्ने हैसियत कदापी राख्दैन भन्ने मेरो मान्यता छ । मेरो असन्तुष्टीलाई अध्यक्षले आफ्नो व्यक्तिवादि सोंच राखि मलाई कार्वाहि गरेको भनी समाचार छापेर मेरो चरित्र हत्या गरेकोमा घोर निन्दा गर्दै कुवेतवासी नेपाली समाजमा यस्ता कृयाकलापको डटेर विरोध गर्न म विनम्र अनुरोध गर्दछु ।

धन्यवाद,

राज कुमार थापा
उपाध्यक्ष, एनआरएनए कुवेत
सल्लाहाकार, म्यानपावर एसोसियसन

वोधार्थ:
नेपाली राजदूतावास कुवेत
एनआरएनए कुवेत
नेपालकुवेत म्यानपावर एसोसियसन

About these ads

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )