जय आले/राजु गुरुङ्, कुवेत
“सानो बचत ठुलो सृजना” भन्ने मूल नाराका साथ कुवेतवासी नेपाली माझ १५ जनवरी २०१० का दिन, एक संस्थाको गठन भयो, जसको नाम “कालीगण्डकी बचत समूह” राखियो । “थोपा-थोपा मिलेरै नदी बन्छ” भनें जस्तो समुहका सबै सदस्यहरुबाट नियमित रकम संकलन गरि कोषमा जम्मा गर्ने र आवश्यक परेको सदस्यले ऋण स्वरूप ब्याजमा रकम लिने र किस्ताबन्दी रुपमा समुहलाई फिर्ता गर्ने संस्थाको नियम रहेको छ । साथै, यसरी ब्याजमा जम्मा भएको रकम विभिन्न सामाजिक कार्यमा लगानी गर्ने । जस्तै: खेलकुद कार्यक्रम राख्ने, विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेर नेपाली साहित्यिक क्षेत्रमा टेवा पुर्याउने, साँस्कृतिक कार्यक्रम गर्ने, दैविप्रकोप र कुनै अन्य कारणबाट पीडित नेपालीहरुलाई उद्दार तथा राहत उपलब्ध गराउने अनि अन्तमा यसबाट जम्मा भएको रकमलाई नेपालमा लगानी गरेर कुनै घरेलु तथा साना उद्धोग सञ्चालन गरि बेरोजगार नेपाली युवा जन-घनत्वलाई रोजगारको वातावरण सृजना गर्ने कालीगण्डकी बचत समुहको मुख्य उद्देश्य रहेको छ ।
साथै, कुवेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थासँग सहकार्य एवं हातेमालो गर्दै यस संस्था अगाडि बढिरहेको छ । यसै सिलसिलामा आफ्नो आर्थिक कारोबारलाई निरन्तरता दिंदै, सामाजिक कार्यमा मुख्य सकृयता दिने हेतुले बचत समुहको नामलाई परिबर्तन गरी कल्याणकारी समाजको रुपमा अगाडी बढ्ने प्रणका साथ २६ अगष्ट २०११ मा बसेको यस संस्थाको कार्यसमितिको बैठकमा सर्वसम्मतिको आधारमा यस संस्थाको नाम “कालीगण्डकी बचत समुह” बाट परिवर्तन गर्दै “कालीगण्डकी कल्याणकारी समाज” राखिएको कुरा सार्वजनिक गर्दछौं ।
कालीगण्डकी कल्याणकारी समाज कुवेतको बारेमा थप तथा अधिक जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।















































