- रामजी दाहाल
“तपाईंहरूको बोली र व्यवहार फरक भएकाले तपाईंहरूका कुरामा विश्वास गर्नै गाह्रो भो, शान्ति प्रक्रिया टुङ्गिने विश्वसनीय र वस्तुगत आधार दिनुस्, छलफल गर्न तयार छौं।”
चैत अन्तिम साता एमावादी अध्यक्ष पुष्पकमल दाहालले शान्तिको पक्षमा प्रतिबद्धता दोहोर्याउँदा शान्ति प्रक्रिया शुरु हुँदाका एक साक्षी काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले दाहाललाई यसो भनेका थिए । त्यसमा दाहालको जवाफ थियो, “तपाईंलाई छिट्टै त्यस्तो अनुभूति हुनेछ ।”
नभन्दै, वैशाख पहिलो साता दाहालले पार्टीको पोलिटव्यूरो बैठकमा तात्कालिक कार्यनीतिका रूपमा शान्ति र संविधानको प्रस्ताव पेश गरे । Continue reading
संखुवासभा/बैशाख १२, लिम्बुवानको ऐतिहासिक भूभाग संखुवासभाको समग्र क्षेत्रलाई लिम्बुवान राज्य कायम गराउन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समितिले संखुवासभाको खाँदबारीमा एक लिम्बुवान आमसभा गर्दै प्रथम जिल्ला सम्मेलन गरेर नयाँ नेतृत्व चयन गर्दै संखुवासभा घोषणा-पत्रसमेत जारी गरेको छ ।
काठमाडौ, वैशाख १८ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुक क्रान्ति प्रतिक्रान्ति र बर्वादीको दोबाटोमा उभिएको बताएका छन् । मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै आइतबार अध्यक्ष दाहालले मुलुक अग्रमन र स्वाधीनताको लडाई लडीरहेको उल्लेख गरेका छन् । यस्तो गम्भीर परिस्थितिमा क्रान्तिकारी र प्रगतिशील वर्गले हस्तक्षेप र पहलकदमी बढाउने बेला भइसकेको उनले दाबी गरेका छन् । 
काठमाडौं, वैशाख १८ । नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । प्रेस युनियनबाट पोषण केसी, प्रेस चौतारीबाट शिव गाउँले प्रतिस्पर्धामा उत्रिएका छन् भने केदार कोइराला, चन्द्रदेव कामती र डम्बर गिरी पनि नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।
काठमाडौं, १८ बैशाख, तनहुको वन्दिपुर स्थित वाख्रा अनुसन्धान केन्द्रले नेपाल मै पहिलोपटक वाख्रामा ए आई अथार्त कृतिम गर्भधारण सुरु गरेको छ । केन्द्रले न्युजरल्याण्डवाट ल्याएको तिन जातको बोकाको सिमेनवाट स्थानिय जातको वाख्रामा कृतिम गर्भाधारण गराएको हो । 













































