म २५ वर्षिय परदेशी युवक हुँ । हालसम्म अविवाहित छु । लगभग १६-१७ वर्षको उमेरदेखि हस्तमैथुन गर्दै आएको छु । १८ वर्षको हुँदादेखि साढे १९ वर्षसम्म करिब साढे १ वर्ष एक विवाहित युवतीसँग यौनसम्पर्क राखेको थिएँ । त्यतिबेला भने हस्तमैथुन गरिनँ । त्यस पछिका र पहिलेका सबै समयमा हस्तमैथुन गर्ने गरेको छु । यो एक-दुई वर्षमा म दुई-तीन दिन बिराएर हस्तमैथुन गर्छु । मलाई हस्तमैथुनको बानी नै लागिसक्यो । हस्तमैथुन गर्दा म चार-पाँच मिनेटमै शिथिल हुन्छु र यौनसम्पर्क राख्दा पनि पाँच-सात मिनेटमै शिथिल हुन्छु । हस्तमैथुनको बानि त्याग्न निaकै पहल र अठोट गरें, तर केही दिनमै असफल हुन्छु । मलाई हस्तमैथुन त्याग्न मन छ, त्यसका केही उपाय छन् ? के यो मेरो शीघ्रपतनको समस्या हो ? हस्तमैथुनले भावी विवाहित जीवनमा असर पार्छ कि पार्दैन ? यौनसम्पर्क गर्दाको न्यूनतम समय कति हो ? यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?
हस्तमैथुनको बानी कसरी हटाउने ?
किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।
यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।
हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।
यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला ।
के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?
मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।
के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?
यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।
यौनसम्पर्कको समय कति हुनुपर्छ ?
यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।
Posted by: Dambar Rimal Source : Saptahik















































म २१ बर्ष को भए र मेरो १ युवक सँग योन सम्पार्क हुन्छ । अथवा भाई रहेको छ अनि के दिन दिन नै गर्दा केहि असार पर्देइ न होला त ? र हाम्रो योन सम्पार्क २ मिनेट भन्द ज्यादा लामो हुन्न किन होला ? र हस्त मैथुन गर्न लजौने कुरा हो त ? अनि किन उस्लाई छिटो सकिन्छ मलाई नसक्दा नै अनि ?
म २७ बर्सिय युबक हु, मैले आज भन्दा ६ वर्ष आगाडी एक जना केटि संग यौनसम्पर्क गर्न खोजेको थिए तर मैले जति चोटी यौनसम्पर्क गर्न खोजे पनि त्यसमा म सफल हुन सकिन जति चोटी गरे पनि मेरो लिंग उनको योनी भित्र जान सकेन मेरो विर्य उनको योनी बाहिर नै स्खलन हुने गर्दथियो आहिले आएर मलाई लाग्छ मेरो यौनसम्पर्क गर्ने अनुभब नभएको होला,तर महोदय पछि मलाई एस्तो समस्या आयो कि उनको पेटमा बच्चा भएको अनि त्यो बच्चा पनि मेरो नै भएको भनियो तर मलाई विश्वास छ कि त्यो मेरो हुदै होइन महोदय आज यहि कारण बिगत ६ वर्ष देखि मैले मेरो घर छोडेर विदेश बस्नु परेको छ, के एस्तो कारण ले पनि बच्चा हुन्छ र महोदय मेरो समस्या को हल गरि दिनु भए म धेरै खुसि हुने थिए….
This Second Comment is Verry Funny!!! He doesnt Know Perpoly Everything how he could get answer? it’s unbelieveable!!!
no way man; tha hudaina ra ??? kasari yo sambhab cha ta?? yesma biswas na garnu yo hunai sakdaina !!~