टाइसनमाथि नाम चोरेको आरोप


imageमाइक टाइसनलाई जति ‘पागल’ खेलाडी मानिन्छ, त्यति नै ‘अभागी’ पनि । उनी फेरि रिङमा उत्रिने कल्पना गर्न सकिँदैन, तर पनि उनले फेरि एउटा लडाइ लड्नुपर्ने भएको छ, तर यसपालि रिङभन्दा बाहिर । एजेन्सीका अनुसार सन्न्यास लिइसकेका एक ४९ वर्षिय बक्सरले टाइसनविरुद्ध ११ करोड ५० लाख अमेरिकी डलरको मुद्दा दायर गरेका छन्, २५ वर्षअगाडि टाइसनले आफ्नो ‘आइरन माइक’ को उपनाम चोरेको आरोपमा ।

१९८३ मा व्यावसायिक बक्सर बनेका माइक लान्ड्रमका अनुसार व्यावसायिक बक्सिङको सुरुवात गर्नुअगाडि उनले सो उपनाम प्रयोग गरेका थिए । वेला-वेलामा उनले आफूले ट्रेडमार्कका रुपमा ‘आइरन माइक’ को उपनाम दर्ता गराएको बताउँदै आएको, तर १९८५ मा बक्सिङ करिअर सुरु गरेदेखि नै टाइसनले आफ्नो अधिकारलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

सो मुद्दामा आफै सक्रिय रुपमा लागेका लान्ड्रम भन्छन्, ‘नाममा कन्फ्युजन हुने गरेकाले मलाई ठूलो भिडन्त वा प्रायोजक पाउन कठिनाइ हुन्थ्यो ।’ उता, टाइसनका प्रतिनिधि टमी ब्रुकले सो मुद्दामा कुनै ठोस आधार नभएकाले मुद्दा जित्नेमा टाइसनको कानुनी टोली विश्वस्त रहेको बताए ।

इतिहासमा सर्वाधिक प्रतिभाशाली मुक्केबाज गनिने टाइसनले जीवनको ५८ भिडन्तमध्ये ५० मा जित हात पारेका थिए, जसमा ४४ त नकआउट नै छ । पूर्वडब्ल्युबिसी, डब्ल्युबिए तथा आइबिइफ विश्व च्याम्पियनले आफ्नो पहिलो उपाधि मात्र २० वर्षको उमेरमा जितेका थिए । उनले मुक्केबाजीबाट सन्न्यास लिएपछि हृयाङओभर र इन्टोरेजजस्ता अनेकौ फिल्म तथा टेलिभिजन शोमा प्रस्तुति जमाएका छन् ।

उता, अर्का ‘आइरन माइक’ लान्ड्रमले जीवनमा मात्र ६ व्यावसायिक भिडन्तमा चार जित हात पारे । आफ्नो खेलजीवनमा टाइसनले सधैा विपक्षीलाई त्रसित पारेर राखे । उनको मुक्का र हिंस्रक प्रवृत्तिलाई बिर्सने आँट कमैले गर्छन् । उनले कुनै वेला लेनोक्स लेविसको कुटु र सन्तानलाई खाने चाहना व्यक्त गरेका थिए भने एउटा भिडन्तको क्रममा इभान्डर होलिफिल्डको कानै टोकेका थिए ।

यसले गर्दा टाइसनलाई सहिष्णु र राम्रो मान्छेमा गन्न मिल्दैन । सन्न्यासपछि भने उनी आफ्नो चरित्रमा सुधार गर्ने प्रयास गर्दै छन् । अहिले उनी सार्वजनिक रुपमा परिवारप्रति समर्पित रहेको बताउँछन् ।

कुनै वेला झगडा, लागूपदार्थ र वेश्यावृत्तिमा रमाउने व्यक्तिका रुपमा कहलिएका टाइसनले अहिले आफ्नो चरित्रमा व्यापक सुधार पनि गरिसकेका छन् । अहिले उनी आफ्नो विगतको गल्तीलाई पनि लुकाउन चाहँदैनन् । स्पोर्टस् इलुस्ट्रेडसँगको अन्तर्वार्तामा उनले खुलेर आफ्नो विगतबारेमा बताएका छन् । इन्डियानामा पोलिसको एक होटलमा १८ वर्षिया डेजिरी वासिङ्टनलाई आफूले बलात्कार गरेर तीन वर्ष जेलमा बिताउँदाका अनुभव पनि उनले बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s