‘फस्ट लभ’ फस्ट शो


काठमाडौं,  सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘फस्ट लभ’को बिहीबार राजधानीको जयनेपाल हलमा प्रिमियर गरिएको छ। शुक्रबारदेखि देशव्यापी रिलिज हुन लागेको यो फिल्मको प्रिमियरमा नेपाली फिल्मकर्मीको उत्साहजनक जमघट थियो। फिल्मको अन्य गतिविधिका त्यति देखा नपरेका हिरो आर्यन सिग्देल निर्धारित समयमै हल परिसमा देखिन्थे। ‘अरू बेला सुटिङमा व्यस्त भएकोले उपस्थित हुन सकिन।
काम गरिरहेको फिल्मको सुटिङ सकिएकोले आउन पाएँ,’ पोखरामा फिल्म ‘आई एम सरी’को सुटिङ सकेर फर्किएका आर्यनले भने।

लभस्टोरी फिल्मका हिट हिरो आर्यनले ‘प्रिमियर सो’मा मिलेको प्रतिक्रिया आशा गरेजस्तै रहेको जानकारी दिए। ‘फिल्मकर्मीको प्रतिक्रिया सुन्दा त फिल्म हिट होला जस्तो लाग्छ। भोलिको प्रतिक्रियाले यसलाई निर्धारण गर्ला,’ उनले नागरिकलाई भने। यो फिल्मले दर्शकलाई आफ्नो ‘फस्ट लभ’ सम्झाउने उनले विश्वास लिएका छन्।

‘कतिलाई त्यो सम्झनाले रोमाञ्चित बनाउला, कति दुःखी होलान्,’ उनले भने, ‘मैले पनि फिल्म हेर्दा पहिलो प्रेमलाई मिस गरेँ, जुन अहिले मसँग छैन।’ फिल्म हेरेर ‘फ्ल्यास ब्याक’मा पुगेको बताउने हिरो पहिलो प्रेमको बारेमा खुल्न भने चाहेनन्। ‘अहिले हाम्रो बाटो बदलिएको छ। त्यसैले अरूको बारेमा कमेन्ट गर्नु राम्रो नहोला,’ उनले भने।

पौने पाँच बजेको निम्तोमा आएका दर्शकले साढे ६ नभई फिल्म हेर्न पाएनन्। यो बीचमा कलाकार तथा प्राविधिकले सञ्चारकर्मीको जिज्ञासा मेटाए। यो फिल्मको एउटा गीतको दृश्य हिन्दी फिल्म ‘जाने तु या जाने ना’सँग मिल्दो रहेकोमा धेरैको प्रश्न थियो। निर्माता नरेन्द्र महर्जनले आरोप ढाक्न खोजेनन्। उनले भने, ‘त्यो गीत राम्रो लागेकोले निर्देशकलाई मैले नै एडप्ट गर्न भनेको हुँ।’ निर्देशक सिमोस सुनुवार यो गीतको प्रसंगले धेरैको ध्यान तानेकाले अन्य विषयमा बोल्न नपाएकोमा साथीभाइसँग गुनासो सुनाउँदै थिए।

निर्माता माधव वाग्लेले पहिलो फिल्म राम्रो बनाउने जमर्को गरेको बताउँदै फिल्म निर्माणलाई निरन्तरता दिने बताए। कार्यक्रममा कर्म, विनय श्रेष्ठ, निशा अधिकारी, ऋचा शर्मालगायतका कलाकार उपस्थित थिए। प्रिमियर अघिको औपचारिक कार्यक्रम चलाउने जिम्मेवारी दुई अभिनेत्री निशा र ऋचाले नै लिएका थिए।

प्रचारप्रसारमा नाम नलिए पनि फिल्ममा हिरोइन नम्रता श्रेष्ठ समेत देखिन्छिन्। उनको छोटो भूमिका दर्शकलाई चकित पार्ने खालको छ। प्रचण्ड श्रेष्ठको स्त्रि्कप्ट रहेको ‘फस्ट लभ’मा हरि हुमागाईंको छायांकन, सत्यस्वरुपको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व रहेको छ। फिल्मको सम्पादन समेत निर्देशक सुनुवारले नै गरेका छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s