एजेन्सी, नियमित सेक्सका अनेक फाइदा छन् । यसबाट तनाव कम हुन्छ र शरीर स्वस्थ बनिरहन्छ । यसबाट रोग प्रतिरोधात्मक क्षमतामा पनि असर पर्दछ । एउटा नयाँ शोधका अनुसार नियमित र आनन्ददायक सेक्सबाट दिमाग पनि विकसित हुने गर्दछ । यसबाट दिमागमा नयाँ कोश बन्दछन् र व्यक्तिको एकाग्रतामा वृद्धि हुने गर्दछ । लाइभ साइन्समा प्रकाशित समाचार अनुसार प्रीन्सटन विश्वविद्यालयका बैज्ञानिकहरुले यस विषयमा एउटा शोध गरेर आनन्ददायक सेक्सले हाम्रो दिमागमा कस्तो प्रभाव पार्दछ भन्ने कुरा जान्न चाहेका थिए ।
शोधबाट बैज्ञानिकहरुले मुसालाई दुई समूह बनाएर शरीरमा ग्लुकोकोरिकोइड्सको मात्रको जाँच गरे । ग्लुकोकोरिकोइड्स तनाव उत्पन्न गराउने हर्मोन हो । यद्यपि दुवै समूहका मुसाको शरीरमा यस हर्मोनको मात्रा पाइयो तर पहिलो समूहको मुसाको शरीरमा यसको मात्रा कम थियो । दोस्रोतर्फ नियमित सेक्सको आनन्द लिइरहेका मुसाको दिमागको कोश अधिक विकसित भएको थियो र उनीहरुबीच सम्पर्क सुत्र पनि निकै विकसित भएको थियो । यी मुसाहरुले अन्य मुसाको तुलनामा कम तनाव महशुस गरे र उनीहरुको दिमाग बढी तेज बन्यो ।
यसको परिक्षण गर्नका लागि बैज्ञानिकहरुले खाना खोज्ने विषयमा दुवै समूहका मुसा कस्तो व्यवहार प्रदर्शन गर्दछन् भन्ने कुरामा ध्यान दिएका थिए । बैज्ञानिकहरुले परिक्षणबाट नियमित सेक्सको आनन्द लिने मुसा जटिलभन्दा जटिल स्थितिमा पनि खाना खोजेर ल्याउँथे । जबकि अन्य मुसा यसो गर्न सक्दैन थिए । यसबाट स्पष्ट हुन्छ कि नियमितले सेक्स मुसाको व्यवहार र दिमागमा निकै प्रभाव पार्दछ । बैज्ञानिकहरुका अनुसार बायोलजिकल रुपमा मुसाझैं मानव शरीरमा पनि यस्तौ प्रकारको परिवर्तन हुने गर्दछ ।















































