बहराइन पुगेको भोलिपल्ट मृत्यु

काठमाडौ, श्रावण १५ – वैदेशिक रोजगारीका लागि बहराइन पुगेको भोलिपल्ट एक नेपाली कामदारको ज्यान गएको छ । बहराइनको अल अडिया कन्ट्रयाक्टिङ इस्टाबिल्सहीमेन्टमा लेबरको रूपमा काम गर्न गएका महेन्द्रनगरका ४१ वर्षीय फिरान महराको ज्यान गएको हो । गएको शनिबार बहराइन पुगेका उनको शव प्रहरीले गत बुधबार सडक छेउमा भेटेको थियो । महराका मालिक अली अल सिद्धिकीका अनुसार उनी शारीरिक र मानसिक रोगबाट ग्रसित थिए ।

‘उनी आएको दिन मेरो क्याम्पमा बसेका थिए,’ उनले बहराइनबाट प्रकाशित गल्फ टाइम्स दैनिकलाई भनेका छन्, ‘भोलिपल्ट बिहान काम लगाउन खोज्दा काम नगर्ने बताउँदै बाहिर निस्किएका थिए । उनले घर र्फकने बताइरहेका थिए । प्रहरीले उनको शरीरबाट श्वासप्रश्वाससम्बन्धी उपचार गरिरहेको मेडिकल रिपोर्ट भेटिएको बताएको छ । उनका श्रीमती र चार बच्चा छन् । वैदेशिक रोजगारमा जानुअघि वैदेशिक रोजगार विभागले निगोरिकताको प्रमाणपत्र पेस गरेपछि मात्रै श्रम अनुमति दिने गरेको छ । उनी कानुनी प्रक्रिया पूरा गरेर बहराइन उडेका थिए ।

One Response to बहराइन पुगेको भोलिपल्ट मृत्यु

  1. kati purano news matra herneho?///////////?

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s