अहिलेको व्यस्त र आधुनिक जीवनको दौडमा मानिस तनाबमा हुनु सामान्य भइसकेको छ । तर, यस्तो तनाबबाट बच्न विशेषखालको ‘स्मार्ट कपडा’ बजारमा आउने भएको छ । यसका लागि अनुसन्धानकर्ताहरूले कपडाको तयारी गरिरहेका छन् ।
मानिसको भावनात्मक स्थितिका बारेमा ख्याल राख्ने उक्त कपडाले मुटुको धड्कन र शरीरको तापक्रमसित सम्बन्ध राख्छ । सो कपडामा वेबमा आधारित एक विशेष डाटाबेस जोडिएको हुन्छ । सो डाटाबेसले मानिसका शरीरमा भएका सम्पूर्ण कुराको अध्ययन गर्छ । मानव शरीर र डाटाबेसलाई एक स्मार्टकार्डको सहायताले कनेक्सन गरिएको हुन्छ, जसले तनाबमा रहेका व्यक्तिलाई शान्त पार्न सहयोग गर्छ ।
तनाबमा रहेका व्यक्तिलाई शान्त पार्न वा उसलाई सहयोग गर्न डाटाबेस कपडामा लगाएको स्पिकर तथा अन्य उपकरणको सहायताबाट व्यक्तिको दिमागमा एउटा सन्देश पठाउँछ । कपडा लगाएका व्यक्ति कुनै खास भावनात्मक स्थितिमा रहेका वेला डाटाबेस कपडाबाट विभिन्न्ा किसिमका सूचना तथा सन्देश जाने गर्छ, जसले व्यक्तिको मुडमा परिवर्तन ल्याउन सहयोग पुर्याउँछ ।
मानिसको तनाब कम गर्न डाटाबेस कपडा क्यानाडाको कानकारडिया युनिभर्सिटीकी बारब्रा लेन र गोल्डस्मिथले तयार पारेका हुन् ।
Source:Nayapatrika















































