कृष्ण पोखरेल, इराक
“सरकारले फुकुवा त गर्यो तर निर्णय आएन इराकमा ”
इराकमा कार्यरत नेपाली र फिलिपिनोहरुलाई २० जुलाईबाट २० दिन भित्रमा इराक छोड्नु पर्ने अमेरिकन हाईकमाण्डको कडा आदेश पालन गर्नु पर्ने सूचनापत्रको आधारमा जुलाई २४ का दिन साउथ इराकको तलील एयरबेसको AAFES मा काम गर्ने ३ जना नेपालीलाई बग्दाद हुँदै नेपाल फर्काइसकेको छ । र बाँकी नेपालीहरुलाई एकै पटक पठाउनको लागि हावाइ टिकटको असुविधाको कारणले गर्दा हरेक हप्ता ३ जनाको हिसाबले पठाउने योजना भएको जानकारी त्यहीं काम गर्ने साथीहरुले दिनु भएको छ । अन्य बाँकी कम्पनीहरुको साथीहरुसँग बुझ्दा अमेरिकन हाइकमाण्डको अर्को आदेश १ हप्ता भित्रमा नआउने हो भने जुलाई २० कै आदेशलाई सदर मानि सबै नेपालीहरुलाई फर्काउने योजना भैसकेको छ । आज ७ दिन भैसक्यो र समाचारहरुमा हेडलाईनको बिषय बनेको छ ।
इराकको ४० हजार भन्दा बढी नेपालीहरुले आफ्नो रोजगार गुमाउनु पर्ने स्थिती नजिकै आउँदैछ, नेपाल सरकारले यो बिषयलाई गम्भिर रुपमा लिएर छिटो भन्दा छिटो हामी सबै इराकबासी नेपालीहरुको रोजगार सुनिश्चित पारीदिनु हुन हामी आग्रह गर्दछौ । एउटा बेरोजगारीको लागि रोजगार कती महत्वपुर्ण हुन्छ भन्ने कुरा प्रबासमा आएपछी सबैले महसुस गरेको हुन्छ ।
४०औं हजार नेपालीहरुले आफ्नो रोजगार गुमाउनु पर्ने पिडा ४०औं हजार नेपालीको परिवारसँग गाँसिएको हुन्छ । यि ४० हजर भन्दा बढी नेपालीहरुको परिवारको सपना एउटा फगत सृस्टि चलाई राखीने मिटिङ् र छलफलमा मात्र समेटिनु हुँदैन । हाम्रो टाईम एकदमै छोटो छ । यसलाई मध्यनजर गरी हाम्रो समस्याको हल गरिदिनु हुन हामी सबै तह र तप्काका माननीयहरु सँग आग्रह गर्दछौ ।
सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायत सम्पूर्ण मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरू र इराक हेर्ने नेपाली कुट्नितिक नियोग नेपाली राजदूतावास पाकिस्तान र नेपाली राजदूतावास कुवेत अनी प्रबासमा प्रवासीहरुको हकहितका निम्ती अन्कुराएका सँघ-संस्था लगायतका एनआरएन कुवैत आदी सबैलाई हामी यो यथार्थताको स्मरण गराउन चाहन्छौं । सरकारले लगाएको इराक प्रतिबन्धले गर्दा ४० हजार परिवारको बिचल्ली हुने दिन नजिकिदैं गएको छ र उता नेपाल सरकारलाई रिमीटेन्समा ठुलो क्षति हुनेछ । यदी नेपाल सरकारको तर्फबाट यो बिषयमा कुनै गल्ती र कमजोरीको कारणले सबै नेपाली फर्कनु पर्ने भयो भनें नेपालले फेरी एउटा ९० सालको भुकम्पको सामना गर्नु पर्ने हुन्छ । किनभनें हामीले कहिले कांही देख्न्ने गरेका छौं, नेपालमा एउटा किसानको हलोजोत्ने गोरुलाई सडकमा गूडिरहेको गाडीले किचीहाल्यो भनें त्यहाँ त्यो किसानले गोरुको मुल्य तोक्दैन हजारौं किसान भेला बनाएर गाडी पोलिन्छ ।
नेपालमा यो प्रथा अझै चलिरहेको छ त्यसैले यहाँ त ४० हजार परिवारको लाईफको कुरा छ । यती धेरै लाईफहुरुसँग सरकारले खेलवाड गर्नु मिल्दैन । बस अब हामी यो सुन्न आतुर छौ कि जसरी अमेरिकन हाइकमान्डले सबै बहुराष्ट्रिय कम्पनीहरुलाई जसरी एउटा दु:खद पूर्ण आदेश जारिगर्यो त्यसैगरी छिटो भन्दा छिटो सकारात्मक आदेश कम्पनी भित्र छिरोस जुन आदेशले सबै इराकबासी नेपालीहरुमा चैनको निन्द्रा आवोस । अब हामीलाई हाम्रो रोजगारको बारेमा कुनै मिटिङ्, सेमिनार छलफल र फुकुवा जस्ता कुराहरु कुनै न्युज पेपरमा पढेर सान्तवना लिनु छैन । हामी ७ दिनसम्म अनिधो छौ, यो कुरा हामीले कसैलाई भनेका छैनौं मात्र हामी आशाबादी भयौं, हाम्रो रोजगार सम्बन्धित निकायले सुनिश्चित गर्नेछ ।
अब सबैलाई जानकारी होस् इराकबाट रोजगारी खोसिएर नेपाल फर्काउदै छन । यसलाई सम्बन्धित निकायले चमत्कारपूर्ण छिटो भन्दा छिटो काम गरुन । यही कामना हामी सबै इराकबासीहरुको छ । जय होस् सबैको…
कृष्ण पोखरेल “बिवस”
साउथ ईराक तलील एयरबेस क्याम्प नासेरिया














































इराक बाट चालिसौ हजार नेपाली नेपाल फर्कदै छन | सरकार मौन ब्रत बस्छ समय बितिसके पछी गरिने निर्णयको के अर्थ ? उता राजनीतिक दल र दलका नेताहरु दंग छन चालिसौ हजार नेपाली ब्यरोजगारी भएर स्वदेश फर्किदा उनिहरुले गर्ने नाटकिय आन्दोलनमा हजारौका टाउका देकाउदै हाम्रो पार्टिले गरेको आन्दोलनमा बिशाल जन सहभागीता छ भन्ने दाउमा छन | आफ्नो देशका हरारौ युवाहरु ज्यानकै बाजी लगाएर भएपनी काम गर्न तयार छन र तिनिहरुले पठाएको रेमिट्यान्स बाट देश चलेको छ भन्नेहरुलाई कुनै चिन्ता छैन | चिन्ता हुदो हो त महिनौ दिन अगाडि बाट इराकमा भएका कामदारहरुलाई फर्काउने निर्णयले पोल्नु पर्थ्यो र समयमा सम्बन्धित निकायहरुमा कुटनितिक पहल गरी समस्यामा ध्यान पुर्याउन सक्नु पर्थ्यो | नेपाल सरकार र नेपालका राजनीतिकदलहरुको “जब पर्यो राती अनी बुढी ताती” भन्ने नेपाली युक्ती कहाँ संसार भरी चल्छ र ? इराकमा भहेका नेपाली कामदारहरुको पक्षमा गरिएको भनिएको सरकारी निर्णय पनि त्यही नेपाली युक्तिको उपज मात्रै नहोला भन्न् सकिदैन |
Krishna dai le lyaunu bhayeko news lai dherai nai dhanyabad cha.
Nepal sarkar le fukuwa ta garyo tara tyo kura sambandhit nikaya samma pugna ajha sakeko chaina falswarup nepali kamdar haru lai nepal firta pathaune karya bhairaheko cha. Jasbat ti sampurna nepali daju-bhai & didi-bahini lagayet tiniharu ko sa-pariwar ma samet dherai nai asar hune huncha.
Ahile ko yo samaya ma (We’ve online news, TV channels, Radio and somany ways to knew about what’s happening) pani yaha ( Iraq ) ma yatiko thulo matra ma halla chalda pani Nepal sthit sambandhit nikaya ma yo kura ko atto-patto chaina bhanda 3 CHAKKA KO KURO bhai raheko cha.
Hami daju-bhai & didi-bahini haru ko yo akasmat SITUATION ma, yadi nepal sarkar, para-rastra mantralaya ya sambandhit sangha-santha le kehi kadam saral ani chito rup ma chali diye dherai nai ramro hune thiyo bhanne AAGHRAHA cha.
Hey BHAGWAN RAKCHYA GARA.
PEACE & JOLLY.
ThaSi Magar, D’pac from LIBERTY.