शिव राम पौडेल
कुवेत , माहबुल्ला स्थित अल – सुल्तान क्यापमा लागेको आगोबाट २ जना नेपालीको मृत्यु भएको छ । मध्यरातमा सुल्तान कम्पनीको क्यापमा अचानक आगलागि हुदा दुई नेपाली कामदारले ज्यान गुमाउनु प-यो । यसरी आगलागिको शिकार हुनेहरुमा नेपाल स्थित दाङ निवासी राजेन्द्र धिताल र भोजपुर जिल्ला घर भएका कृष्ण बहादुर गुरुङ रहेका छन । घाइते हुनेमा वाग्लुङ र सर्लाही निवासी हुनुहुन्छ ।आगो कसरी लागेको भन्ने कुराको पुष्टि भएको छैन । त्यस कम्पनीमा कार्यरत नेपाली लगएत अन्ने व्याक्तीहरु समेत घटनाको विषयमा केही बोल्न चाहेका छैनन । तर नाम नखुलाउने सर्तमा एक कामदार भन्छन,(नेपाल देखी क्यौ कोस टाढा आफ्नो रोजी रोटिको कारण कुवेत आउनु भएका समाचार माध्याम बाट मृतकको परिवार साथै इष्ट मित्रहरुलाई जानकारी हुनेहुँदा मृतकको परिवार शोकूल हुने डरका कारण भन्न इन्कार गर्नुभयो) कामदार भन्नुहुन्छ , घटनाको विषयमा कुनै व्याक्ती अथवा मिडियाले सोधेमा अनुसन्धान भईरहेको छ भन्नु भनेको छ भन्दै बाकी कुरा गर्न चाहनु भएन । भुइतलामा रहेको सोफा र फर्निचरमा आगोलागी पुरै बिल्डिङमा धुवा धुवा भएको कारणले बिल्डिङनै आगोको चपेटमा परेको होहल्लाका कारण आफु जुना तलामा छन त्यही तलाबाट हामफालेको कुरा अर्को घाइते नेपाली भन्नुहुन्छ। श्रोतका अनुसार घाईते हुनेको संख्या झण्डै एक दर्जन बताईए पनि एकिन संख्या थाहा हुन सकेको छैन । हताहस का कारण कोही अपाङ्ग भए त कोही आफ्नो ज्यान गुमाउन वाध्या भए ।
















































मृतकको आत्माको चिर शान्तिको कामना गर्दै नेपालमा वहाका परिवार लाइ धैर्य धारणाको शक्ति भगवानले प्रदान गरुन ..
मनसुन
मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै नेपालमा वहाहरुका परिवार जनलाई धैर्य धारण गर्ने शक्ती मिलोस भन्ने प्रथानाका साथ त्यस्ता बिपतिहरु बाट जोगिन तमाम नेपाली दाजुभाइहरुलाई सजग त सतर्क हुनुको बिकल्प नभएकाले आफ्नो सुरक्षामा सतर्कता अप्नाउन हार्दिक अनुरोध गर्दछु |
Our condolences,