फस्र्ट लभको रिजल्ट कुर्दै ऋचा

दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी धनगढीकी ऋचा शर्मा प्रदर्शोन्मुख फिल्म फस्र्ट लभबाट नायिकाका रूपमा पर्दामा आउँदै छिन् । युवापुस्तालाई लक्षित गरी निर्माण गरिएको यस फिल्मबाट आफू निकै आशावादी भएको बताउँछिन् उनी । भन्छिन्, ‘फस्र्ट लभबाट म निकै अप्टिमिस्टिक छु । रिजल्ट कस्तो आउला भन्ने कुतूहल छ ।’

यसअघि हाउसफुल, घरबेटी बा, कलेज क्याफेलगायतका टेलिशंखलामा समेत अभिनय गरेकी ऋचा अचेल फस्र्ट लभको प्रमोसनमा लागेको बताउँछिन् । उनका अनुसार यस फिल्ममा पाँचजना साथीको कथा छ । जसमध्ये उनले भाग्यले ठगिएकी युवतीको भूमिका निभाएकी छिन् । ‘निकै संघर्ष गरेको, भाग्यले ठगिएकी लेडीको रोलमा छु,’ उनी भन्छिन्, ‘जहाँसम्म लाग्छ मलाई दर्शकको सहानुभूति प्रशस्त मिल्छ ।’ यसअघि एचआइभी एड्सको विषयमा बनेको छोटो फिल्म अपवादमा समेत अभिनय गरेकी ऋचाले मेरो लभ स्टोरीनामक फिल्ममा समेत अभिनय गरेकी छिन् ।

फिल्म अभिनयमै करिअर बनाउन चाहे पनि जस्तो पायो त्यस्तै फिल्ममा भने अभिनय नगर्ने बताउँछिन् उनी । भन्छिन्, ‘फस्र्ट लभ र मेरो लभ स्टोरीपछि मलाई अन्य थुप्रै फिल्मबाट अफर आए, आइरहेका छन् । तर, म स्त्रिmप्ट, ब्यानर, निर्देशक अनि रोल चित्त नबुझेसम्म काम गर्दिनँ । युवापुस्ताका दर्शकले चाहने खालका सिनेमामा मात्र अभिनय गर्छु ।’

सिमोस सुनुवारको निर्देशनमा माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको ऋचा अभिनीत पहिलो फिल्म फस्र्ट लभ २१ साउनदेखि रिलिज हुँदै छ । फस्र्ट लभबाट आफूलाई आउने प्रतिक्रियाको प्रतीक्षामा रहेको बताउँछिन् उनी । भन्छिन्, ‘यो फिल्मबाट दर्शकले मलाई कुन रूपमा लिन्छन्, त्यसैअनुसार अघि बढ्छु । ‘

फस्र्ट लभ नामअनुसारकै भएको बताउँछिन् उनी । ‘बिल्कुलै नौलो कथामा बनेको भन्ने दाबी त गर्दिनँ म । तर, दर्शकले भरपुर मनोरञ्जन गर्ने फिल्म भने बनेको छ,’ उनको भनाइ छ, ‘स्ट्यान्डर नेपाली फिल्मको अभाव पूरा गर्न सहयोगी हुनेछ यो फिल्म ।’ म्युजिक भिडियो, टेलिसिरियल तथा फिल्म अभिनयमा समेत सक्रिय रहेकी ऋचा टेलिभिजन एंकरिङमा पनि दख्खल राख्छिन् । हालै आफ्नो गृहनगर धनगढीमा राष्ट्रिय प्रतिभा पुरस्कार पाएको बताउने उनी सो पुरस्कारले आफूमा अझै हौसला थपेको बताउँछिन् ।

Source:Nayapatrika

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s