कस्ता पुरुषमा युवती मोहित हुन्छन् ?

रोमान्टिक पुरुष

यिनीहरू पारम्परिक प्रेममा विश्वास गर्छन् । यिनीहरू डिनरको समयमा मैनबत्ती बाल्न रुचाउँछन् । फूल र चक्लेट उपहार ल्याउँछन् । उनीहरू प्रायः आफ्नो आँखामा प्रेमिका भएको बताउँछन् र पे्रमिकालाई हेर्न लगाउँछन् ।

सम्मानित प्रेमको अपेक्षा गर्ने युवती यस्ता पुरुषप्रति आकषिर्त हुन्छन् । यस्ता पुरुषले देखाउने हाउभाउ र व्यवहारले युवतीलाई लाग्छ- ऊ मरिमेटेर प्रेम गर्छ । युवती पनि उसलाई आकषिर्त गर्न विभिन्न तरिका अपनाउँछे ।

आत्मविश्वासी पुरुष

यस्ता पुरुष आफूमा विश्वास गर्छन् । यिनीहरू प्रेममा असुरक्षित महसुस गर्दैनन् । यिनीहरू कुनै न कुनै क्षेत्रमा सफल भएका हुन्छन् । प्रेमिका र आफ्नो सम्बन्धप्रति यति विश्वस्त हुन्छन् कि प्रेमिकाको अन्य पुरुषसँगको सम्बन्धलाई ईश्र्या गर्दैनन् ।

युवतीलाई लाग्छ- मेरो प्रेमी महान् हुन् । पुरुषले आफ्नो तारिफ यति विश्वासपूर्वक सुनाउँछ कि युवतीलाई सबै सत्य लाग्छ । जब कि केही प्रतिशत बढाइ-चढाई गर्ने बानी यस्ता पुरुषमा हुन्छ । यस्ता पुरुष युवतीलाई मन पराए पनि भाउ नदिएजस्तो गर्छन् । त्यो नै उनीहरूका लागि प्लस प्वाइन्ट हुन्छ । यसले युवतीहरू झन् बढी आकषिर्त हुन्छन् ।

कलात्मक पुरुष

यस्ता पुरुष प्रत्येक पल बाँच्नुपर्छ भन्छन् । बाँच्ने प्रयास पनि गर्छन् । उनीहरू प्रायः आफ्नो कलात्मक शैलीले प्रेमिकालाई आकषिर्त गर्न खोज्छन् । जस्तो कि प्रेमिकाको विषयमा गीत लेख्छन्, कविता लेख्छन् । अथवा चित्र बनाउँछन् ।

फरक र विशेष हुन रुचाउने महिला यस्ता पुरुषप्रति आकषिर्त हुन्छन् । त्यसैले त्यस्ता महिलालाई आकषिर्त गर्ने यो जति राम्रो तरिका अरू हुन सक्दैन । आफ्नो तस्बिर प्रेमीले बनाउँदा वा कविता लेखिदिँदा युवती धेरै गौरवान्वित हुन्छन् र आफ्नो प्रेमीको चर्चा अरूसँग समेत गर्छन् ।

विदेशी पुरुष

यस्ता पुरुष समाजमा नयाँ हुन्छन् । उनीहरू अर्काे मुलुकबाट आएका हुन्छन् । तिनीहरूसँग विश्वलाई हेर्ने फरक दृष्टिकोण हुन्छ । उसको पोसाक पनि केही भिन्न हुन्छ । उसले आफूलाई फरक बनाउन सधँै प्रत्यत्न गर्छ र फरक देखिन्छ पनि । विश्वका बारेमा जानकारी राख्न चाहने महिला यस्ता पुरुषप्रति आकषिर्त हुन्छन् । फरक संस्कृतिबाट आएका पुरुषसँग सम्बन्ध जोड्न नै उनीहरूका लागि सबैभन्दा बढी खुसीको कुरा हुन्छ ।

अराजक पुरुष

यस्ता पुरुष स्वतन्त्र हुन रुचाउँछन् । उनीहरूलाई कुनै कानुनले बाँध्न सक्दैन । ऊ मोटरसाइकल चलाउन रुचाउँछ । एडभेन्चर जीवन यिनीहरूलाई मन पर्छ । यिनीहरूलाई आफ्नो प्रेमिकाप्र्रति खुब विश्वास हुन्छ । यी अरूका कुरा सुन्न रुचाउँदैनन् । यस्ता पुरुषमा महिला विद्रोही स्वभाव देख्छन् । उनीहरू यस्ता पुरुषको अराजकतालाई रुचाउँछन् । युवतीलाई लाग्छ- यस्ता स्वभावले उनीहरूलाई पनि केही अराजक हुन छुट दिन्छ । र, यी पुरुषलाई सिकाइरहन पाउँदा पनि युवतीहरू खुसी हुन्छन् । जब कि उनीहरूको प्रयास कहिल्यै सफल हँुदैन ।

बौद्धिक पुरुष

यिनीहरूलाई सबै विषयको ज्ञान हुन्छ । यस्ता पुरुष व्यंग्य गर्न रुचाउँछन् । यिनीहरू राजनीतिका कुरा गर्छन्, तर रमाइलो शैलीमा । उनीहरू प्रेमिकासँग घण्टा बिताउन रुचाउँछन् । तर, प्रेमिकालाई दिक्क नलाग्नेगरी । समाजमा आफूलाई केही माथि देखाउन रुचाउने युवती यस्ता पुरुषप्रति आकषिर्त हुन्छन् । उनीहरूलाई लाग्छ- मेरो प्रेमी विशेष हो । पुरुषको बौद्धिकताले सम्बन्धलाई दिगो राख्न मद्दत गर्छ । महिलाहरू यस्ता पुरुषसँग सुरक्षित महसुस गर्छन् ।

मायालु पुरुष

यस्ता पुरुष प्रेमिकाप्रति माया देखाउन जे पनि गर्छन् । प्रेमिकालाई बसाउन कुर्ची ठिक्क पारिदिन्छन् । उनीहरू प्रेमिका जहाँ भए पनि आफूलाई खबर गरोस् भन्ने चाहन्छ । प्रेमिका एक्लै घुम्न गएको रुचाउँदैन । त्यसैले प्रेमिकालाई घरको ढोकासम्म पुर्‍याएर छाड्छन् । उनीहरू सधँै प्रेमिका आफ्नो विषयमा के सोचिरहेकी छे जान्न उद्यत रहन्छन् ।

एकपटक धोका खाइसकेका युवती यस्ता पुरुषलाई रुचाउँछन् । उनीहरू पछिल्लोपटक खाएको धोकाको घाउ यस्ता पुरुषबाट पाउने प्रेमले पुर्न चाहन्छन् । यस्ता पुरुषले स-सानो कुरामा ख्याल राख्ने हँुदा उसका लागि आफू महत्त्वपूर्ण भएको महसुस गर्छन् ।

Source: Nagarik

3 Responses to कस्ता पुरुषमा युवती मोहित हुन्छन् ?

  1. Homnath Giri

    I am not agreed………..i think someone wrote it for time pass.

  2. Tha Si Ma D'pac

    first, Thanx for shiv poudel.
    samay nikali yo samachar launu bha’koma. BUT ma yo kura ma sahamati chaina kinki kati paya kura haru actual jeevan ma hudainann.
    PEACE and JOLLY

  3. Simple living high think

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s