
एजेन्सी, ३० वर्षको उमेर महिलाहरुका लागि सबैभन्दा बढी सुन्दर हुन्छन् । एक सर्वेको परिणामलाई गहिरोसँग अध्ययन गर्दा यो नतिजा सार्वजनिक भएको हो । यस सर्वेबाट यो उमेरमा महिलाहरु स्वयमलाई बढी सुन्दर र आत्मविश्वासयुक्त ठान्दछन् ।
एक सपिङ्ग च्यानल क्युभीसीले २००० पुरुष र महिलामा सर्वे गरेर कुन उमेरमा मानिस आफ्नो बारेमा कुन प्रकारको भावना राख्दछन् भन्ने पत्ता लगाउने प्रयास गरेको थियो । सर्वेबाट ३० वर्षको उमेर वरपरका महिलाहरु युवतीको तुलनामा स्वयमलाई बढी आत्मविश्वासी र स्टाइलिस मान्ने गरेको पत्ता लागेको हो । ३० वर्षको उमेरका महिलाहरु ७० प्रतिशत आत्मविश्वासी, ६७ प्रतिशतभन्दा बढी सुन्दर र ४७ प्रतिशत बढी स्टाइलिस हुन्छन् । र, अधिकांश महिलाहरुको विचारमा जसरी जसरी उमेर बढ्छ, त्यसरी नै सुन्दरता पनि बढ्दछ । यसको एउटा महत्वपूर्ण कारण उमेरका साथै उनीहरुको अनुभव पनि बढ्दछ र साथै आत्मविश्वास पनि वृद्धि हुन्छ। ५१ प्रतिशत महिलाले बढ्दो उमेरका साथ आफ्नो सुन्दरतालाई लिएर कम सशंकित हुने गरेको स्वीकार गरेका छन् । साथै उनीहरुमा हिन भावना पनि कम हुन्छ । उमेर बढ्दै जाँदा उनीहरुमा आत्मविश्वास बढ्छ र उनीहरु आफू स्वयमप्रति बढी नै आश्वास्त हुन्छन् ।
यस सर्वेसँग सम्बन्धित सु नेस्सनका अनुसार शोधबाट सुन्तदरता मात्र शारीरिक हुँदैन । यसले बढी महत्व राख्दैन कि तपाई कस्तो देखिनु हुन्छ ? तर यसले निकै महत्व राख्छ कि तपाई कति आत्मविश्वासी हुनुहुन्छ ? यसका साथै यो पनि महत्वपूर्ण छ कि तपाईको व्यक्तित्व र तपाईको स्टाइलिङ्ग पनि ।













































