फेसबुकले ५० करोड पार गर्‍यो


facebookसामाजिक सञ्जाल वेभसाइट फेसबुकको सदस्य संख्या ५० करोड पुगेको छ । सन् २००४ मा सुरु भएको यो वेभसाइटले गत ६ महिनामा १० करोड नयाँ सदस्य थपिएका छन् । फेसबुकले भनेको छ कि यसले यो संख्यालाई एउटा ‘महत्वपूर्ण मूल्यको पत्थर’ मानेको छ । र उसले आफ्ना सदस्यका किस्सासँग विनम्र र प्रेरित महसुस गरिरहेको जनाएको छ ।

टेक्नोलजीका एक ब्लग ‘पकेट लिट’ का स्टुअर्ट माइल्सका अनुसार आजभोलि धेरै मानिस इन्टरनेटको प्रयोग गरिरहेका छन् र उनीहरु आफ्ना मित्रहरुलाई जानकारी बाँड्न चाहन्छन् । स्टुअर्ट भन्छन्-फेसबुकको सुरुवात सामान्य थियो तर विस्तारै विस्तारै यसको लोकप्रीयता बढिरहेको छ र अचानक एकअर्कालाई फेसबुकमा आउनका लागि प्रेरित गर्न लागे ।

माइल्सका अनुसार फेसबुकले ५० देखि ७५ करोडसम्म पुग्न धेरै समय लाग्ने छैन । जानकारहरुका अनुसार फेसबुकले एक दिन १०० करोडको संख्या पनि पार गर्नेछ । जसरी फेसबुकको लोकप्रीयता बढ्दोछ यसका प्रतिद्वन्दी लुप्त हुँदै गएका छन् । एक समय सामाजिक सञ्जालको संसारमा छाएको वेभसाइट माइस्पेस अब मात्र ६ करोड ५० लाख सदस्यमा सीमित बनेको छ । एउटा अर्को प्रतिद्वन्दी बेबोले पनि निकै कठिनाईको सामना गर्नु परेको छ। फेसबुकको अलावा ट्वीटर नै दोस्रो सामाजिक सञ्जाल वेभसाइट हो जुन लगातार अघि बढिरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s