चार “K” को कमाल र चिट्टामा रुमलिएको जिन्दगी


केशबप्रसद घोरासैने धापासी काठमाडौं, हाल कुवेत 

लगभग दुईमहिना  अगाडि युनिटिलाइफको बारेमा धेरै समाचार आयो, मिडियामा  खुब हङ्गामा मच्चीयो ।   नेपालमा त्यो काण्ड ,  हालमा  के भैरहेकोछ खासै चर्चाछैन  तर यहाँ चर्चागर्न लागेकोचाँही अर्कै इन्टरनेस्नल ठ्गीको हो अहीले दुनियाँको कुनै पनी देशमा चिट्टा  या लटरी सन्चालन गर्न कानुनी मान्यता छैन र यसलाई  गैरकानुनी मानिन्छ, तर चाइनाको एउटा पार्ट हङ्कङमा भने मान्यता प्राप्त छ रे  अर्को त्यस्तै थाइल्याण्डको थाइ लटरी पनी गैरकानुनी हैन रे भन्छन  त्यहि लटरीमा पैसा लगाउनिहरु,अहीले मध्यपुर्व  सबैमुलुक र गल्फका साउदीअरेबिया,कतार,दुबही,कुवेट  ,बहराइन, लगाएतका सबैदेशमा जहाँ धेरैमात्रामा नेपालीहरु रोजगारिकोलागी आउने मुख्यगन्तब्य पनि हो यहाँ आउने अधिकांश  नेपालीहरु यो कुलतमा फसेका छन भन्दा फरक नपर्ला यि  देशका स्थानिय बासिन्दा बाहेक! पन्द्रदिनमा एकपटक खुल्ने यो  लटरीमा एक दिनार (कुवेती  करेन्सी)अन्दाजी दुई  सय पचास् नेपाली लगायो भने चारसय दिनार अर्थात एकलाख नेपाली आउछ भनेर धेरै नै नेपालीहरु यो कुलतमा फसेका छन ।  नेपाली साथीहरुलाई यो रोगले यती नराम्रोसँग गाजेको छ कि चौबिसैघन्टा कामगर्दा होस् या आरामगर्दा यहाँसम्म कि सुतेकोबेलामा पनि उनिहरु त्यही  लटरिको माला जपी रहेका हुन्छन र लटरीमा ठुलो रकम फसाएर नेपाल गएपछी घर बनाउनी कि बिजनेस गर्ने  भनेर दिमाग खियाइरहेका हुन्छन दिउसै सपना (मुङेरिलाल को हसिन सपना) देखिरहेका हुन्छन तर कुवेत  बसाइको यो पाँच वर्षमा कुनै पनी नेपाली दाजुभाइले छोराछोरीको बिहेगर्ने र घर बनाउनेगरी चिट्टा  पारेको चाँही थाहापाउन सकिएन ! नेपालमा भएको भए  यो काण्डले पनी सनसनी मच्चाउथ्यो होला, तर के गर्नु यो बिदेशमा जती ठगिए  पनी न समाउने ठाउँ  न ठेक्ने  ठाउँ  भनेजस्तै चिट्टा  खुलेको भोलिपल्ट देखी टाउकोमा हातराखेर फलानो  नम्बर चाँही हालेको भए  मलाई नै पर्नेरहेछ  भनेर नुन खाएको कुखुरा जस्तै झोक्राउछन ।  र फेरी भोलिपल्ट देखी अर्को हप्ता कुनचाँही नम्बर लगाउने भन्ने पिरलोमै उनिहरुको दैनिकी बितिरहेको हुन्छ |सबै गल्फ कन्ट्रिहरुमा अन्दाजी दसलाख नेपालीहोलान ति दसलाख मध्याबाट थोरैमा पनि पाच लाख नेपालीले यो लटरी खेल्छन।  एकजना नेपालीले थोरैमा पनी प्रती महिना दुइहजार रुपैयाँ बराबरको पैसा चिट्टाको नाममा बिदेशीलाई बुझाउछन।  यो हिसाबले प्रतिमहिना सय करोड हुन आउछ भने प्रतीवर्ष  बाह्रसय करोड हुन आउछ यत्रो  रकम बिदेशीनु भनेको हाम्रो जस्तो देशको लागी राम्रो हो त ?लटरीको नशामा लट्टी  सकेका नेपाली दाजु भाइलाई त यो कुरा सोध्नु भनेको आँफै मुर्ख हुनु हो ।  किन भने उनिहरुलाई यो प्रश्न गर्यो भने उल्टै सम्झाउनि लाई हिम्मत  नभएको मान्छे तिम्रो त आट भए  पो खेल्छौ आदी भनेर होच्याउछन,अब यि विद्वानरुलाई के भन्ने खोइ ! हामी नेपालीहरुको एउटा नराम्रो रोग के पनि छ भने देशको यो अवस्था हुनमा खाली नेताहरुलाई मात्रै दोष  दिने चलन छ, के हामी जनता जनता मिलेर पनि त केहीगर्न सकिन्छ नि ? अब यही  देशीक रोजगारिमा आउनिहरु कै कुरा गरौ न यिनिहरुले यहाँ बिदेशमा चिट्टामा उडाएको त्यो वर्षको बाह्रसय करोड मात्रै सन्चित गर्ने हो भने पनि पाच वर्षमा   दुइसय मेगावाट बिजुली निकाल्न सकिने रहेछ वा पूर्वमेचि देखी पश्चिम महाकाली सम्म छ ।  लेनको हाइबे सडक बनाउन सकिन्छ | एउटा नेपाली लगभग पाच वर्ष  बिदेश बस्छन थोरैमा पनी, यो पाच वर्षमा चिट्टाको नाममा बिदेशीने रकम हुन आउछ ६ हजार करोड | युनिटिलाइफले पाच वर्षमा पाच सय करोड जनाताको रकम हिनामिना ग-र्यो, भनेर केहीमहिना  अगाडि मिडियाले बडाठुलो  हङामा मच्चाएका थिए  यताबाट त पाच वर्षमा पाचसय करोड मात्र हैन 6 हजार करोड बिदेशीदै  छ कस्ले हेर्नु यतातिर ? यो त भयो लटरिको मात्रै हिसाब किताब अब लागौ तास रक्सी जुवा र अर्को  नरक (बेस्यालय) तिर बैदेशीक रोजगार त्यो पनी यहाँ गल्फमा आउने अधिकांस  नेपालीहरु निम्न मध्यम परिवारबाटै आएका हुन्छन अझ भनौ कतिपय त आफ्नो  जायजेथा बन्दगी  राखेर महँगो ब्याजतिरेर लिएको रकम मेनपावर एजेन्टहरुलाई दिएर आएका हुन्छन, तर के गर्नु यहाँ आएपछि नेपाली दाजुभाइहरुको चल्तिकारा हेर्नलाएकको हुन्छ बिशेष त नेपालीहरुलाई यहाँ चार, k ले आफ्नो  कब्जामा लिएको हुन्छ ।  त्यो चार,k मध्य पहिलो k अर्थात के.डी. (कुबेतीमुद्रा) ,दोस्रो k बिभिन्न मुलुकका केटी !तेस्रो k केमिकलबाट बनेको मदिरा रक्सी! र चौथो k भनेको जुवा तास र बिभिन्न चिट्टा  सम्बन्धी खेलहरु यो मध्य पहिलो k कुवेती  दिनार संसार कै सबैभन्दा महँगो मुद्रा यसको  चाँही धेरै चर्चा गर्नुनपर्ला रह्यो दोस्रो k अर्थात बिभिन्न मुलुकबाट रोजगारिका लागि यहाँ आएका महिला कामदर केटीहरु नेपालीहरुले धेरै पैसा खर्च गर्ने  यो पनि एउटा माध्यम हो बुढा  हुन कि तन्नेरी पढेलेखेका हुन या अनपढ प्राय: सबैले नै यो नरक (बेस्यालय) मा भ्रमण गरे कै हुन्छन।  तर आफुचाँही चोखो छु भनेर हरेक आबरणमा आफुलाई छुपाउने असफल प्रयास गर्छन् अरु पट्टी औंला ठड्याउदा चारवटा  औंला आफुतिर फर्किएको चाँही यादै हुँदैन उनिहरुलाई तेस्रो k, यो तेस्रो k भनेकोचाँही केमिकलबाट बनेको मदिरा रक्सी हो ।  नेपाली र मदिरा त पर्या वाची नै  बनिसकेको छ यो त सबैलाई थाहा भए  कै कुरा हो..तर कतिपय साथीहरुले आफ्नो  असलियत बिर्सिएको देख्दा चाँही अचम्मै लाग्छ ।  हिजोसम्म त्यही मदिराको अत्याधिक सेवन गरी चर्पिमा टाउको चोपल्निहरु दुइ दिन पनी बित्न  पाउदैन  अरुलाई नैतिताको  पाठ पढाएको देख्दा चाँही ….अब रह्यो चौथो k यसको  बारेमा त माथि नै उल्लेख गरिसकियो तरपनी यति भनौ त्यही जुवा तास र चिट्टाले जीवन  सफल बन्नि भए  किन यो मरुभुमिमा पसिना बगाउनु ?  तेत्रा ठुला क्यासिनो छन आफ्नै देशमा त्यही गए  भैहाल्यो ! अलि कती क्यासिनोको बिषयमा पनी लेखि हालौ पञ्चायत कालमा पञ्चहरुले रोपेको बिषब्रीक्ष २०४६ सालको प्रजातन्त्रले बढाउने काम गर्यो भने झन अहीलेको लोकतान्त्रिक गणतान्त्रिक कालमा त फुलाउनी र फलाउने कामा भाईरहेको छ ।  त्यसको  ज्वालन्त उदाहरण हो २०६५ सालको माओवादी सरकारका पालामा भएको कृयाकलाप रोजगारिताको  नाममा माओवादीले भात् त्री संगठन Y C L ले तात्कालिन गृहमन्त्री बामदेबलाई कारबाही गर्न नदिएर क्यासिनो जस्तो बिषब्रीक्षलाई फुलाउने र फलाउने काम ग-र्यो क्रान्तिको राग अलाप्निहरुले त्यो क्यासिनोको लगानीलाई अरु उध्योगमा लगाउन कहिल्यै प्रयास गरेन सबै क्यासिनोहरुको लगानिलाई कुनै ठुलो  उध्योगमा लगायको भए  अहिले  रोजगारी पाइराखेकाले भन्दा धेरै नेपालीले रोजगारी पाउथे।  क्यासिनो भन्ने ठाउमा कती बिक्रिती हुन्छ भन्ने कुरा म सोयम लाजिम्पाट स्थित क्यासिनो रयाडमा काम गरिसकेकोले त्यहाको कालो कारनामाको बारेमा धेर थोर जानकारी छ यहाँको बिकृतिको बारेमा पछी अरु नै लेखमा उजागर गरौला अहिलेलाई यति भनौ आफ्नो  देशमा रोजगारि नपाएर बिभिन्न ठक्कर र हन्डर खाँदै बिदेशिएका  नेपाली दाजुभाइको सचबुद्दी  चाँही कैले आउला ?

 

7 Responses to चार “K” को कमाल र चिट्टामा रुमलिएको जिन्दगी

  1. बालकृष्ण घिमिरे,कुवेत

    केशब सरको यो लेख साह्रै राम्रो लाग्यो ! उहाले चार K को बारेमा स-बिस्तार बहुत मिनेतका साथ सामाग्री तयार पारी बिदेशमा आएर बिग्रिएका नेपाली दाजु भाईहरुलाई सुधार्ने कोशीस गर्नु भएको धेख्दा उहालाई हिर्दय देखी नै धन्यवात नदिरहन सकिन्न तर उहाले अरु केही K को बारेमा किन हो कुन्नी छुट्टाउनु भएको रहेछ | बिदेशमा आएर बेस्यालयमा यौन संपर्क गर्न नियमित जाने गरेकाहरुलाई त उहाले सचेत पार्नु भो तर आफ्नो मासिक तलबले नपुगी साथीहरु सित रिर्ण लिएर कुवेतिको घरमा आराम सित काम गरी रहेकी स्वदेशमा विवाह समेत नगरेकी नेपाली चेलीलाई कुवेतिको घर बाट ललाई फकाइ निकालेर आश्रय र उध्दारको नाममा चार,चार बर्ष सम्म यौन शोषण गर्ने नरपसुको बारेमा किन आफ्नो दिमाग पुर्याउनु भएन ? बिचारा ति चेली त्यस्ता यौन पिपासुका कारण आज चुसेर फालिएको सुतोलाको खोस्टा जस्ती भई आफ्नो जिन्दगी जिउन वाध्य छिन | अर्को उहाको साह्रै मन छुने बिचार भनेको रक्सिको नसामा हिजो सम्म चर्पिमा टाउको चोप्पल्नेहरुको बारेमा अती उत्तम बिचार राख्नु भएको रही छ तर त्यसमा पनि केही थप्न मन लाग्यो | उहाले त्यही लेख्नु भएको छ (हिजो सम्म त्यही मदिराको अत्याधिक सेवन गरी चर्पिमा टाउको चोपल्निहरु दुइ दिन पनी बित्न पाउदैन अरुलाई नैतिकताको पाठ पढाएको देख्दा चाँही …।) हो मान्छे एकपट बिग्रिएला तर अब त उसले सुद्रन खोजेको रहेछ नि,तर लेखकको बिचारमा त्यो बिग्रियको ब्यक्ती जिन्दगीभर बिग्रियर उसको पत्ता साप होस भन्ने तपाईंको चाहाना हो भने तपाईं जस्ता राष्ट्रिय मात्रै हैन अन्तराष्ट्रिय विदुवानलाई मेरो भन्नु केही पनि छैन | समग्रमा तपाईंको यो सामाग्रीले राम्रै सन्देश दिन खोजेपनी अरु कुनै ब्यक्ति सप्प्रिन लागेकोमा तपाईंको चिन्ता सिवाए अरु केही होइन र तपाईं जस्ता बिध्दवानले यसरी सार्वजानिक रुपमा अप्सब्द प्रयोग गर्दा तपाईंको महानता माथि नै प्रश्न चिन्ह खडा हुँदैन र ?

  2. keshab prasad

    मेरो यो सम्बन्धित लेखमा आफ्नो बिध्धतापूर्ण कमेन्ट गर्नुभयको मा श्री बालकृष्ण घिमिरे ज्यु लाई र्हिदयदेखी धन्यवाद !यहाको कमेन्ट हेरेपछी मलाई लाग्यो कि कुबेतको बिषयमा यहाँलाई धेरै जानकारी रहेछ! तर यो लेखले यहाँलाई किन यतिधेरै उत्तेजित पर्‍यो यो चाँही अली बुझ्न सकियन भन्छन नि अङ्गार खानिले कालोदिसा गर्छ रे कतै यहाँपनी ….? तर यतिराम्रो कमेन्टगर्नी मान्छे त्यस्तो कुकर्ममा लागेकोहोला भनेर चाँही पटक्कै विश्वाश गर्न सकिदैन र मलाई पनि विश्वाश लाग्दैन कि यहाँजस्तो मान्छे त्यस्तो कुकर्ममा फसेकोहोस् र यहाँले उठाउनु भयकोअर्को कुरो कुबेतिकोघरमा आफुखुसी सोइच्छाले कामा गरिरहेकी चेलीलाई ललाई फकाइ (तपाईंको शब्दमा) आफुस्ङ्ग अर्थिक स्रोत नहुदापनी ? बाहिर ल्यायर चार चार बर्ष सम्म योनशोषण गर्नी नरपसु (तपाइको उच्च सोचाइमा यो अपसब्दहोइन )लाई योन शोषण गर्निलाई प्लिज बाहिर उजागर गर्नुहोस् र सार्वजनिक बेइज्जत गर्नमा सोयम म पनि तपाईंको सहयोग गर्न तैयार छु तर तपाईंले जुनसब्द चार चार बर्षसम्म भन्नुभयको छ यो एक्काइसौ सताप्दिमा यतिधेरै समयसम्म जस्तोसुकै अनपढ मान्छे भयपनी कसैको योनदासी भयर बस्न सक्छ ? यदी तपाईंको जानकारीमा त्यस्तो कुनै चेली छनभने नलुकाउनुहोस ल्याउनोस बाहिर तर तपाईंकले कसैको ब्याक्तिगत रिस र इबि काकारण यो कुरा गर्नुभयको हो भने एउटा कुरा याद राख्नुहोला यहाँको कुरा त नगरौ किन भने यो हाम्रो देश र घर होइन हाम्रोदेशको कुरा गर्नी हो भने हाम्रो देशको सम्मानित सर्बोच्च अदालतले,बिबाहित विवाहित वा अबिबाही अविवाहित ,र अविवाहित विवाहित र विवाहित अविवाहित हरुले यदी दुबैजनाको मन्जुरी छ भने सङ्गै बस्नुहुन्छ भनेर भनेको छ र तेस्तालाई बैबाहिक सम्बन्ध मानिदैन भनेर कारीब एक बर्ष अगाडि फैसला गरिसकेको छ यहाँ जस्तो बुद्धीजिबिलाई योकुराको जानकारी हुनुपर्नी नै हो हैन र ? र कुबेतको बिषयमा यतिधेरै जानकारी राख्नीमित्रलाई यो पनि जानकारी होला की ?हाम्रा देशका दिदिबैनी हरुलाई कती बिदेसिहरुले आफ्नु श्रीमती बनाएर राखेकाछन? यदी इमान्दारी पूर्वक कुनै दाजुभाइले कुनै दिदिबैनिलाई तपाईंले भनेजस्तै लियर बसेकोछ भने त राम्रै हैन र ? कसेकम दलालहरुको फनदामा परेर आफ्नुसरिर लाई प्रतिगोटा दुई दिनार मा बेच्नु त परेको छैन |र अर्को रह्यो मदिराको बारेमा यहाँलाई योबारेमा किन यतिधेरै मिर्ची लागेको हो योचाही अलि बुझ्नसकियन मेरोभनाइ र उदेस्य यो हैन कि मदिरा पान गर्न छोडेको मान्छेलाई होच्याउने तर कतिपटक आफ्नैअगाडी कसम खायका हरुले पनि पछी हङामा गरेको आफ्नै आँखाले देखेको हुनालेपनी यो कुरा उठाउनुपरेको हो यहाँलाइनै चोट पर्न गयकोहो भने क्षामा प्रार्थी छु |तपाइको मिठो कमेन्ट प्रती धेरै धेरै धन्यवाद |

  3. बालकृष्ण घिमिरे,कुवेत

    आदर्णिय लेखक ज्यु,मेरो बिगतलाई कोट्टाउने र अर्काको देखाशेखी गर्दै खोइरो खन्ने यहाँको जस्तो बानी छैन रपनी यती मात्रै भनौ समयको माग र यहाँको पनि त्यस्तै चाहाना हो भने कुनै दिन स-प्रमाण यहाँ समक्ष्य प्रस्तुत हौला | तपाईं जस्तो विद्वानको लेखले राम्रो सन्देश दिदा दिदै पनि केही यहाँका घटनाहरु छुटेका र कही रक्सी छाडेको मान्छेको बिरुधमा अल्ली बडी पुर्वाग्रही हुनु भएको हो की भन्ने लागेर प्रतिकृया लेखेको थिय तर अर्थलाई अनर्थको रुपमा व्याख्या गर्दै आफ्नो हैसिय देखाउनु भएको मा यहाँलाई धन्यवात !!

  4. keshab prasad

    प्रिया मित्र धन्यवाद कमेन्टगर्नु भयकोमा मित्रले नायकुरो उठाउनुभयको रहेछ अर्काको बिगत कोट्ट्याएकोभनेर तपाईंले आफ्नु सोचाइअनुसार कै व्याख्या गर्नुभयछ,मैले भन्न खोजेको त यत्तिहो कि बिगतलाई भुल्नुभनेको आँफैलाई भुल्नु सरहहो बिगत जस्तिसुकै भयपनी त्यो बर्तमानको जग हो मेरो भनाइ यत्ती होकी कि बिगतका गल्तिकमजोरी लाई नदोहर्याउ यस्को अर्थ यो होइन कि आफ्नु बिगतलाइनै भुलौ ? अब तपाईंकै शब्दमा तपाईं अरुको खोइरो नखन्ने मान्छे हुनुहुदो रहेछ खुशी लाग्यो र यो भन्दा अगिल्लो कमेन्ट हेर्दा चाँही दाँया लाग्यो तपाईंको उच्च् बिचार देख्दा र तपाईंले पनि आफु असलिय त्याही देखाउनु भयको छ एकपटक त्यो पहिलो कमेन्ट लाई दोहर्याएर हेर्नुहोला र अन्त्य मा तपाईंले केको प्रमाणलियर आउनी भन्नुभयको हो ब्याग्रह साथ प्रतिक्षा गर्दछु !धन्यबाद !

  5. bednath humagain

    केशब प्रसाद घोरासैने ज्यु ले लेख्नु भयको लेख बिदेशीका हामी नेपालीहरु लाई एउटा अर्ती जस्तो छ|चार (के) बारेमा मानीसहरु सबै कुराहरु अनुभव न गरी इ कुरा हरु मनमा कहिले पनी आउँदैन|किनकी लेखक महोदय बिचार ले मानीसलाई नसोचका कुरा हरु अनायासै बिक्रीती फैलाउने होकी भने जस्तो लागो मलाई?किनकी तपाईं हामी एकै देशका नागरीक भयको नाताले आकाश तिर थोउक्द आफ्नो मुखमा पर्छ| यी कुरा लेख्दा कसैलाई पनि मर्का नपर्ने गरी सम्पादाक गर्दा राम्रो हुन्थोकी?

  6. बालकृष्ण घिमिरे,कुवेत

    विद्वान मित्रलाई मैले सिकाउनु नपर्ला शायद,माथिकै प्रतिकृयामा भनी सकेको थिय हामीले बिगतका राम्रा कुराहरुलाई मात्र पच्छ्याउदा उपयुक्त हुन्छ भनेर तर तपाईंको पुराना गलत कुरा र बिचार पच्छ्याउने बानी रहेछ र पो यो लेख र प्रतिकृयामा यसरी खनिनु भएको रहिछ | मित्र तपाईं जस्तो महान विद्वानले आफ्नो लेख रचनामा आएका राम्रा नराम्रा सुझाप र प्रतिकृयालाई पचाउनुको बदला शब्द शब्दमा ज्वारि खेल्दै आफ्नो असली स्वरुप प्रकट गर्नु भएकोमा धन्यवात !

  7. keshab prasad

    प्रियमित्रलाई फेरिपनी धन्यबाद मित्रले मेरो भनाइलाई गलत तरिकाले हेरेकोलेनै गलत देख्नुभयको हो जस्तो लाग्छ मलाई,मैले पुराना र गलत कृयाकलाप लाई सधैंभरी पिठिउमा बोकेरै हिडनुपर्छ त् भनेकैछैन नि असल खराब जे भयपनी,आफ्नु बिगतलाइ पो भुल्नुहुदैन भनेको त !अब रह्यो लेखमाथिको प्रतिकृया मा खनियको भन्ने तपाईंको जुन आरोप छ नि खनियको को हो ?एकपटक माथिदेखीकै कमेन्ट हेरेदेखी सुपर बिद्धवान मित्रको घैटोमा घामलाग्थ्यो कि?
    तपाईंको पैलो कमेन्ट एकपटक फेरिपनी दोह्यायर हेर्नुहोस त कस्ता कस्ता सभ्य शब्दहरु छन त्याहा आ हा हा प्रत्यक शब्दबाट अमृत टप्केका छन टप्प टप्प हैन र ? अब तपाईंलेकै शब्दमा लेखरचना हरुमा राम्रा नराम्रा प्रतिकृयालाई पचाउने जुना सल्लाह दिनुभयको छ नि त्योचाँही सहि भनुभयो कमेन्ट आनुभनेकै अर्थपूर्ण लेखमै होनी बिना अर्थको लेखमा त कमेन्ट आउनेकुरै भयन नि !मैले त खाली आफ्नु लेखप्रतीको अपव्याख्या को खन्डनमात्रै गरेको हुँ के गलत अर्थको खन्डनगर्नु पनि अपराधैहो त ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s