घरमै काम गरिरहेको अवस्थामा डेढ वर्षअगाडि धरिकारलाई घर-मालिक्नीले ढुंगाले टाउकामा हिर्काएर हत्या गरेकी थिइन् । घटनालगत्तै प्रहरीले घर-मालिक्नीलाई पक्राउ गरी हिरासतमा राखेको थियो, उनले भने, पीडित परिवारले ती मालिक्नीलाई मृत्युदण्ड नदिई ब्लड-मनीमा सहमति गरेको थियो ।
कुवेतमा खुनको बदला खुन लिने कानुनी व्यवस्था छ । तर पीडित परिवारले ब्लड-मनी लिने सहमति जनाएमा मृत्युदण्ड हुँदैन । पीडित परिवारलाई ब्लड-मनी स्वीकार गराउन घर मालिक्नीको वकिल नेपाल गएर भेटेका थिए, दाहालले भने, वकिलसँग परिवारले सम्झौता गरे अनुसार ब्लड-मनी पठाएको हो । विगतमा कुवेत मामिलासमेत साउदी अरब नियोगले हेर्ने गरेको थियो । अहिले कुवेतस्थित दूतावासले नै सम्पूर्ण कार्यभार लिइसकेको छ । तर रूपन्देहीकी मालतीको हत्या मुद्दा डेढ वर्ष पुरानो भएकाले रियाद नियोगले हेर्दै आएको हो । दुई सन्तानकी आमा मालती वैदेशिक रोजगारीमा जानुअघि ससुरासँग बस्दै आएकी थिइन् ।
हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पाले गैर आवासीय नेपालीको सहयोगमा पीडित परिवारलाई १० हजार अमेरिकी डलर ब्लड-मनी दिएपछि उनको ज्यान जोगिएको हो । उनले सहकर्मी फिलिपिनो युवतीलाई हत्या गरेकी थिइन् । कुवेती जेलमा सजाय भोगिरहेकी डोल्मा दुई वर्षपछि सन् २०१२ जुनमा स्वदेश फिर्दै छिन् ।
स्वदेशमै मृत्यु हुँदा १९ लाख क्षतिपूर्ति अर्का नेपाली श्रमिक दलबहादुर मगरको मृत्यु हुँदा उनका परिवारले ९४ हजार रियाल अर्थात् झन्डै १९ लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । उनी काम गर्ने कम्पनीले जीवन बिमा गरिदिएको रहेछ, प्रथम सचिव दाहालले भने, जसले गर्दा उनको घरमै मृत्यु भए पनि परिवारले ठूलो राहत पायो ।
Source: Kantipur















































