काठमाडौं/ टेक्सास इन्टरनेसनल कलेज, मित्रपार्कले सोमबार नायक राजेश हमाल र हास्यकलाकार जितु नेपाललाई अभिनन्दन गरेको छ । कलेजद्वारा आयोजित टेक्सास सांस्कृतिक कार्यक्रममा कलेजका प्रबन्ध-निर्देशक ज्योतिप्रसाद ढकाल तथा पि्रन्सिपल भेषराज पोखरेलले उनीहरूलाई खादा ओढाई ताम्रपत्रबाट अभिनन्दन गरेका थिए ।
फिल्म क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप अभिनन्दित नायक हमालले कार्यक्रममा एसएलसीपछिको आफ्नो भविष्य कस्तो बनाउने भन्ने निर्णय विद्यार्थीकै हातमा रहेकाले परम्परागत पढाइभन्दा पनि आफ्नो इच्छाअनुसारको र फरक विषय पढ्न नवआगन्तुक विद्यार्थीलाई आग्रह गरे । हास्यकलाकार जितुले कार्यक्रममा हास्य अभिनय प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रममा गायक/गायिका रूपक डोटेल, शिवानी मोक्तान, हिमाल सागर, डिजराज पौडेल, मिलन सुर्खेतीलगायतले गीत प्रस्तुत गरेका थिए भने विद्यार्थीले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा टेक्सास इन्टरनेसनल स्कुलका पि्रन्सिपल कर्णबहादुर शाहीले निजी क्षेत्रका थुपै्र विद्यालय र कलेजमध्ये उत्कृष्ट शैक्षिक संस्था बनाउन टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क लागिरहेको बताएका थिए
। आफूहरूको कलाकारिताको शैक्षिक संस्थाले कदर गरेकोमा नायक हमाल र अभिनेता जितुले खुसी प्रकट गरेका थिए ।
Source: Nayapatrika















































