नग्न शरीरले जन्मायो विवाद

नग्न ढाड । त्यसमा सेल भनेर लेखिएको अनि टाटु खोपिएको ।  नवोदित नायिका जेनिसा केसीले आफूले खेल्न लागेको एउटा फिल्मको शुभ मुहर्त समारोहमा टाँसिएको आफनै अनुहार भएको यस्तो पोस्टर जब देखिन्, उनको सातो उड्यो । खुब ग्ल्यामर फोटो खिचाउनु भएछ ।

नेपालमा यस्तो फोटो र पोस्टरको बेला आइसक्यो र, सञ्चारकर्मीहरूले घेरेर यस्तो सोधेपछि उनले आक्रोशित तर यही मौकाको खोजीमा बसिरहेको भावमा जवाफ फर्काइन्- पोस्टरमा भएको त्यो फोटोको अनुहार मेरो हो तर ढाड होइन ।’ उनको जवाफ आर्श्चर्यजनक मात्र थिएन, सेन्सेसनल पनि थियो । भन्दै थिइन्- हेर्नुस्, फोटो भएको अनुहार मेरो हो तर ढाड अर्कैको हो । नेपाली केटीकै ढाड हो कि इन्डियन मोडलको ढाड हो, मलाई पनि केही थाहा छैन ।’

गर्ल्स नामक चलचित्र यसरी निर्माण शुरू नहुँदै विवादमा मुछिन पुग्यो । उनले सो चलचित्रका निर्मातानिर्देशक तथा कलाकार प्रिन्स यादवले आफूसँग आफनो नांगो ढाड देखिने फोटो राखेर पोस्टर छाप्न प्रस्ताव राखेको तर आफूले नमानेको दाबीसमेत गरिन् । मैले त्यस्तो फोटो खिच्न नमानेपछि प्रिन्सले अरू कसैको ढाड राखेर अनुहार जोड्ने कुरा गर्दाचाहिँ बरु मैले हुन्छ भनेकी थिएँ’, जेनिसाले कामनासँगको कुराकानीमा भनिन्- तर मेरो अनुहार जोडिएको त्यो फोटो हेरेर मलाई नै डर लाग्यो ।’ त्यसो त चलचित्रको सो सनसनीपूण पोस्टर अनि निम्तोपत्र हेरेपछि जेनिसालाई मात्र होइन, कत्राकत्रा विवाद र कामुक दृश्यको सामना गरिसकेकी नायिका मनीषा कोइरालाले समेत अप्ठ्यारो मानिन् । उनी त्यस चलचित्रको घोषणा कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । नायिका कोइरालाले त्यो पोस्टरलाई हेर्दै नेपाली चलचित्र नेपाली शैलीकै हुनुपर्ने र बलिउड चलचित्रको नक्कल गर्न नहुने बताइन् ।

जेनिसा यो चलचित्रमा त्यस्तो ग्रामीण युवतीको भूमिकामा थिइन्, जो शहरको देखासिकी र धन कमाउने लोभमा नराम्ररी ब्रि्रन पुग्छे । तर जेनिसाले पोस्टर र सो कार्यक्रमको निम्तोपत्रमा छापिएको तस्वीरलाई लिएर लफडा गरेपछि गर्ल्सको निर्माणपक्षले उनलाई चलचित्रबाट हटाएको मात्र होइन । जेनिसाको पोल पनि खोलिदियो ।

खासमा भएको के रहेछ भने जेनिसाले आफू पन्छिन झूट बोलेकी रहिछन् । जेनिसा स्वयम्ले मेरो होइन’ भनेको तस्वीर त उनकै रहेछ । त्यसका निर्माता तथा निर्देशकले एउटा पत्रकार सम्मेलनकै आयोजना गरी जेनिसाको मञ्जुरी र सहमतिमै बागबजारको एउटा स्टुडियोमा सो फोटो खिचेको प्रमाणसहित स्पष्ट पारे ।  एउटा होइन, दुइटा होइन, जेनिसाले सहमतिमै नग्न ढाड र अनुहार देखिने गरी चार-चार पोज सुट गराएकी थिइन्, जसलाई प्रिन्सले तस्वीरसहित व्याख्या गरे । फरक के मात्र छ भने ती तस्वीरमा जेनिसाको शरीरको माथिल्लो भाग पूणरूपमा खुला छ भने तलपट्ट उनले जिन्स पाइन्ट लगाएकी छिन् । वेश्यावृत्तिसम्बन्धी चलचित्रका लागि प्रिन्सले नयाँ कन्सेप्ट’ का रूपमा सहमति र सल्लाहबमोजिम सो फोटो खिचाएका थिए र त्यसको पोस्टर तथा स्टिकर पनि सोहीअनुसार तयार पारिएको थियो । शुरूमा जेनिसाले नग्न ढाड भएको फोटो एउटाले खासै फरक पर्दैन भन्ने सोचेकी थिइन् तर त्यसले फोटोसपको टच पाएपछि र फिनिसिङपछाडि जे देखियो, त्यसबाट अत्तालिएपछि जेनिसाले सरासर झूट बोलिदिइन्- अनुहार मेरो हो, ब्याकसाइड होइन ।’

प्रमाणसाथ सबै कुरा बाहिर आएपछि भने जेनिसाले बोली फेरिन्- फोटो मेरै हो तर महिला अस्मितामाथि खेल्ने दुष्प्रयास गरियो र त्यस्तो पोस्टरको रूप दिइयो ।’ उनको आरोप अर्को पनि थियो- अर्को कुरा, त्यो फिल्ममा मलाई झुक्याउने काम भयो । पहिला मलाई निखिल उप्रेतीको पेयर भनियो । पछि त प्रिन्स आपै पो मेरो हिरो रहेछ । त्यसैले मलाई त्यो फिल्म छोड्नुपरे पनि चिन्ता लागेको छैन । मेरो हातमा अरू आधा दर्जन फिल्म छन् ।’

रमाइलो संयोग नै भन्नुपर्छ । जेनिसाले आफनै तस्वीरलाई आफनो होइन भनेर बखेडा त्यहाँ झिकिरहेकी थिइन्, जहाँ बलिउड नायिका मनीषा कोइराला प्रमुख अतिथिका रूपमा हाजिर थिइन् । संयोगचाहिँ के भने केही वर्षगाडि रिलिज भएको बलिउड फिल्म एक छोटी सी लभस्टोरीमा मनीषाले पनि यस्तै बखेडा झिकेकी थिइन् । एउटी उमेर खाइसकेकी महिलाप्रति एउटा बालकको प्रेमासक्ति अनि प्रेमलाई सीधै यौनसँग मात्र जोडेर हेर्ने ती महिलाको विषयमा केन्द्रित रही बनेको एक छोटी सी लभस्टोरीमा मनीषाले आफनो उमेरका पुरुषसँग शारीरिक सम्बन्ध राखेका दृश्यहरूलाई उत्तेजक ढंगमा देखाइएको छ । मनीषाले ती दृश्य आफनो नभएको भन्दै बखेडा झिकेकी थिइन् ।

दिउँसो साढे १ बजे गर्ने भनिएको कार्यक्रमलाई मनीषाको पोखरा जानका लागि सोमबार १ बजेकै फलाइट परेपछि हतारहतार कार्यक्रम साढे १० बजेका लागि सारिएको थियो । मनीषाका कारण कार्यक्रम निर्धारित समयबाट अगाडि सारिए पनि उनी नै ढिलो आइपुगेकी थिइन् । सो अवसरमा मनीषाले टे्रन्ड नेपाल नामक गैरसरकारी संस्थाको उद्घाटनसमेत गरेकी थिइन् । उनले नेपाली चलचित्रले गरेका उन्नत्रि्रति खुसी व्यक्त गर्दै गतिलो स्त्रिप्ट भए नेपाली चलचित्रकै बजेटमा बसेर चलचित्र खेल्न तयार रहेको फेरि पनि दोहोर्‍याइन् ।

बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइरालालाई दौडादौड गर्राई उनको प्रमुख आतिथ्यमा निर्माण घोषणा गरिएको चलचित्रको कार्यक्रमका लागि बाँडिएको निम्तोपत्रमा राखिएको नायिका जेनिसा केसीको अर्धनग्न तस्वीरका कारण यो चलचित्र शुरूमै विवादमा परेको हो । नेपाल प्रज्ञाप्रतिष्ठानमा चलचित्रको घोषणा हुँदानहुँदै त्यसकी नायिका जेनिसा केसीले निम्तोपत्रमा छापिएको नग्न ढाड भएको तस्वीरमा अनुहार आफनो भए पनि शरीर अरूकै भएको सञ्चारकर्मीलाई बताएपछि विवाद सिर्जना भएको हो ।

 बलिउड बालाकै अगाडि कलिउड सुन्दरीले उनकै शैलीमा त्यस्तै बखेडा झिक्दा कार्यक्रममा सरिकहरू भने मनीषाको एक छोटी सी लभस्टोरीका ती दृश्य सम्भिmरहेका थिए, जो उनले मेरो होइन’ भनेकी थिइन् । जेनिसाले पछि भए पनि आफनो फोटोलाई आफनै हो भनेर स्वीकारे पनि मनीषाले भने स्वीकारेकी छैनन् ।

Source: Kamana

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s