रियो दि जेनेरियो/ ब्राजिलको प्रतिष्ठित क्लब फलेमिङगोका कप्तान तथा गोलरक्षक ब्रुनो सुजाले आफ्नै प्रेमिकाको हत्या गरी कुकुरलाई खुवाएका छन् । २५ वर्षिय बु्रनोले निलो चलचित्रकी नायिका तथा प्रेमिका एलिजाको केही दिनअघि हत्या गरेका हुन् । हत्याको कसैले सुइँको नपाऊन् भनेर ब्रुनोले एलिजाको लास सयौँको संख्यामा टुक्रा पारे । त्यसपछि उनले ती स-साना मासुका टुक्रा कुकुरसमक्ष राखिदिए । तर, ब्रुनोको कुकर्त लामो समयसम्म टिक्न पाएन । चलाखीपूर्ण अनुसन्धानपश्चात् ब्राजिलियन प्रहरीले ब्रुनोलाई एजिलाको हत्या अभियोगमा गिरफ्तार गर्न सफल रहयो । ब्राजिलियन प्रहरीले हत्याको अभियोगमा पाँच व्यक्ति हिरासतमा लिएका छन् । यसैगरी प्रहरीले ब्रुनोकी श्रीमतीलाई समेत आफ्नो कब्जा लिएको छ ।
पछिल्लो वर्ष एलिजाको प्रेमप्रसंग विश्वकै महँगा खेलाडी क्रिस्टिएनो रोनाल्डोसँग चलेको थियो । रोनाल्डो र एजिलाबीचको सम्बन्ध छिट्टै सेलाएको थियो । रोनाल्डोसँग प्रेम असफल भएपछि निलो चलचित्रकी नायिका एलिजा ब्राजिलतिर लागेकी थिइन् । रियो दि जेनेरियोमा एलिजाको भेट ब्रुनोसँग एउटा पार्टीमा भएको थियो । ब्राजिलियन प्रहरीको प्रारम्भिक छानबिन अनुसार शारीरिक सम्बन्धका कारण ब्रुनोले एलिजाको हत्या गरेको उल्लेख छ । प्रहरीले एलिजा र ब्रुनोबीच लामो समयदेखि यौन सम्बन्ध रहेको बताएको छ । एलिजा गर्भवती भएपछि ब्रुनो सो मान्न तयार भएनन् । ब्रुनोले आफ्नो वैवाहिक जीवन संकटमा पर्ने जनाउँदै एजिलालाई गर्भ तुहाउने दबाब दिएका थिए ।
यता एलिजाले प्रेमको चिनो मान्दै पहिलो सन्तानको भ्रुण हत्या नगर्ने चेतावनी दिइन् । सोही विषय लिएर दुवैबीच वादविवाद भएको प्रहरीले बतायो । यसैबीच चार महिनाअघि एलिजाले आफ्नो पहिलो सन्तानका रूपमा छोरालाई जन्माएकी थिईन । उनले सो बच्चाको पिताको नाम सीधै ब्रुनो हुन् भनेर सार्वजनिक गरिन् । व्यावसायिक फुटबल जीवनमा एलिजाको दाबीले निकै प्रभाव भएपछि ब्रुनोले उनको हत्या योजना बुनेको प्रहरीको भनाइ छ । त्यसपछि अराजक समूहसँग मिलेर बु्रनोले एलिजाको अपहरण गरेका थिए । उनीहरूले समुद्रीकिनारमा लगेर एलिजालाई टर्चर गरेको थियो । त्यसपछि ब्रुनोले निर्मतापूर्वक एलिजको हत्या गरे । यसअघि गत अक्टोबरमा एलिजाले प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षा नभएको रिट दर्ता गरेकी थिइन् ।
















































sunda pani aachma lagchha, manche lai kahele kahi ke hunchha kuni…..ramro naramro sabai kaam garna aagadi tamsinchan….