शाहरुखले गरे सकिरालाई ‘ट्विट’

असार ३०  (एजेन्सी)- विश्वभरका फ्यानहरुले कोलम्बियन पपस्टार साकिराको बारे प्रशंसा बर्षाइरहँदा बलिउड बादशाहको रुपमा चिनिने शाहरुख खान पनि उनको सौन्दर्यबाट मन्त्रमुग्ध  छन् । ‘सौन्दर्यकी रानी’ र ‘कृपालु’ जस्ता विशेषण जोडेर साकिराको गुणगान गाउँदै उनले आफू भर्खरैमात्र दक्षिण अप्रिकामा सम्पन्न विश्वकप २०१० को अन्त्य समारोहमा साकिराको प्रस्तुतीबाट ढुन्मुनिएको शाहरुखले  प्रतिकृया दिएका छन् । ‘सुन्दर अनि कोमल साकिरा मेरो लागि मात्र होइन, मेरो बच्चाहरुको लागि समेत आदर्शको प्रतिमा बनेकी छिन्’, शाहरुखले‍ भने, ‘हामी जीवनभरको लागि उनको फ्यान भएका छौं ।’ आफ्नो ट्विटरमा साकिराबारे वर्णन गरिरहँदा आफ्नो परिवारसहित बसेर उनीसँग खिचाएको तस्विर समेत उनले राखेका छन् ।

‘उनी वास्तवमै विनम्र अनि सच्चा छवि भएकी गायिका थिइन् । त्यसैले उनले विश्वलाई नै आफ्नो सांगितिक र सौन्दर्यको मोहमा पारेकी रहिछन्’, शाहरुखले‍ भने । साकिराले  सुन्दर तरिकाले आफ्नो नाम लिएर बोलाएकोमा पनि खानले हर्ष जनाए । ‘जीवनमा कुनै पनि रकस्टारलाई भेटेर म यति धेरै हर्षित भएको थिइँन’, उनले भने ।

शाहरुखले साकिरालाई ट्विन्ट गर्दै भनेका छन्,’तपाईको विनम्रता र हामीप्रतिको असल भावनाको लागि  धेरै धन्यवाद । तपाईं महान अनि चमत्कारीक स्टार हुनुहुन्छ । भगवानले तपाईको रक्षा गरुन् । सुमधुर मायासहित- शाहरुख ।’ श्रीमति गौरी र आफ्ना सन्तानसँग शाहरुख दक्षिण अप्रिकामा सम्पन्न भएको विश्वकपको फाइनल खेल हेर्नलाई त्यहाँ पुगेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s