चुम्बनमा नेपालीको विश्व कीर्तिमान

सन्जोग आचार्य, उमेरले २४ देखि २६ वर्ष टेकेका केही युवा टुँडिखेलमा बसेर भलाकुसारी गर्दै थिए । छिनछिनमा हासो पनि चल्दै थियो २६ वर्ष टेकेका रोहित तिमल्सिनाले भने एकपछि अर्को गर्दै त्यहाँ रहेका उसका साथीलाई कहिले निधारमा त कहिले गालामा चुम्बन गर्दै थिए । “पढाइका कुराभन्दा आजका यी ठिटा केही ठट्यौली मुडमा रहेछन् ।” केटाहरूको हुलमा कस्तो कुरा हुन्छ । टुँडिखेलको छेउबाट हिँडेकी एक युवतीलाई आफ्नो साथीले प्रश्न गरिन् । “छ्या  हामीलाई के मतलब” उनको साथीले यथार्थ भनेपछि हाँसो चल्यो, सबैभन्दा कम समयमा चुम्बन गरेर गिनिजबुकमा नाम लेखाउन सफल रोहित तिमल्सिना आफ्नो घटना सुनाउँदै थिए ।

हामीलाई देखेर कसैले ‘गे’ वा ‘होमो’ भनेर पनि भने तर हामीलाई के मतलब, मैले भने एकपछि अर्को गर्दै आफ्नो साथीहरूलाई लगातार चुम्बनको वषर्ा गर्न भने छोडिन, रोहित भन्दै थिए । मैले यहाँ कुनै युवतीलाई नभएर आˆनै साथीलाई कहिले निधारमा त कहिले गालामा चुम्बन गर्दै थिए । अरूले हाँस्नु स्वभाविक थियो, रोहित भन्छन् ।

रोहितले विश्व कीर्तिमान बनाए तर यो चमत्कार कसरी भयो ? गफकै क्रममा एक साथीले उनलाई भनेछन्- विश्वमा सबैभन्दा बढी चुम्बन गर्ने व्यक्ति को होला ? यही कुरालाई रोहितले गहिराईमा गएर बुझे र तत्काल निर्णय गरेछन्, “अब विश्वको कम समयमा सबैभन्दा बढी ‘किस’ गर्ने व्यक्ति हुनेछु ।” “वास्तवमा ठट्यौलीको गर्भबाट निस्किएको यो कुराले आज रोहितलाई विश्व चर्चित बनाएको छ ।

गिनिजबुकमा नाम लेखिएपछि थप हौस्सिएको बताउँदै रोहितले भने- मैले टुँडिखेलका ती साथीहरूलाई मेरो नाम गिनिजबुकमा लेखियो भन्दा अचम्म मान्दछन् । वास्तवमा आज मेरो अठोट सफल भएको छ, मानिसले चाहेमा नसक्ने केही रहेनछ रोहितले भने ।

वास्तवमा रोहितको कुराले मलाई पनि अचम्म बनाइरहेको थियो । टुँडिखेलबाट सुरु भएको उनको चुम्बन यात्रा बेलायतको गिनिजबुकमा पुगेर टुँङ्गएिको थियो । धर्मस्थली वडा नं. ४ काठमाडौँवासी रोहितका लागि यो एउटा चमत्कार जस्तो पनि थियो । स्नातकोत्तर तहमा अध्ययनरत रोहितले फेमली हेल्थ इन्टरनेसनल नेपाल यूएसएडको सहयोगमा १ मिनेटमा ११६ जनालाई चुम्बन गरेर विश्व कीर्तिमान बनाउन सफल भएका रहेछन् । काठमाडौँको टेकू अस्पतालको एक कोठामा छुँदैमा, बोल्दैमा एड्स सर्दैन भन्ने सन्देशका साथ लाइनमा लागेका ११६ जनालाई एक मिनेटमा चुम्बन गरेर गिनिजबुकमा उनले नाम लेखाउन सफल भएका थिए । अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनीलगायत स्थानका व्यक्तिलाई एक नेपाली ठिटाले गिनिजबुकमा चुम्बनको कीर्तिमान बनाएर चुनौतीसमेत दिएका छन् । नेपालीले सगरमाथा चढेर मात्र होइन, चम्बनबाट पनि कीर्तिमान बनाउन सक्दछन्, भनेर उनले प्रमाणितसमेत गरिदिएका छन् । जर्मनीका माइकल बास्टि्रले एक मिनेटमा १०६ जनालाई गरेको चुम्बनको कीर्तिमानलाई रोहितले तोड्न सफल भएका थिए ।

जीवन सङ्गिनीबाहेक अरूलाई चुम्बन नगरेको बताउने रोहितले प्रा.डा. शशि शर्मा, डा. प्रेम खड्का, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठको उपस्थितिमा एक मिनेटमा ११६ जनालाई चुम्बन गरेका थिए । रोहितले आफूलाई यसबाट थप हौसला र प्रोत्साहन मिलेको बताएका छन् । ठट्यौलीबाट सुरू भएको घटना अहिले वास्तविकतामा परिणत भएपछि उनलाई अन्य कीर्तिमान बनाउने पनि जोश चलेको जनाए । यसो, त रोहितले २१ वटा टेनिस बललाई देब्रे हत्केलामा राखेर फ्रान्सका अनार्ड डेस्म्यानको कीर्तिमानलाई पछाडि पार्दै अर्को एउटा कीर्तिमान पनि बनाएका छन् । अहिले उनको नाममा गिनिजबुकमा दुईवटा कीर्तिमान बनेको छ ।

Source: Youvamanch

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s