एजेन्सी, संसारभरमा गत डेढ वर्षमा एक अर्ब नयाँ मोबाइल कनेक्सनका साथ विश्वभरमा अब मोबाइल कनेक्सनको संख्या पाँच अर्ब पुगेको छ ।
संसारभरका मोबाइल कनेक्सनसम्बन्धी जानकारी दिने संस्था वायरलेस इन्टेलिजेन्सका अनुसार एसिया प्रशान्त क्षेत्रमा भारत र चीतमा मोबाइल कनेक्सन तिब्रताका साथ बढेका कारण जुन २०१० सम्म एसिया प्रशान्त क्षेत्रमा संसारको ४७ प्रतिशत कनेक्सन छ ।
सन् २००८ मा विश्वमा मोबाइल कनेक्सन चार अर्ब पुगेको थियो । वायरलेस इन्टेलिजेन्सका विश्लेषकहरुका अनुसार सन् २०१२ को मध्यसम्ममा यो संख्या ६ अर्बसम्म पुग्नेछ । मोबाइल फोनको क्षेत्रका जानकार बेन वुडका अनुसार पाँच अर्ब मोबाइल कनेक्सनको अर्थ यसको संख्या पर्सनल कम्प्युटरको तुलनामा तीन गुना हो । सन् २९९४ देखियता मात्र १० अर्ब मोबाइल विक्री भइसकेको छ। साथै नोकियाले मात्रै ३.४ अर्ब मोबाइल बेचेको छ । यसको अर्थ यो हो कि पाँच अर्ब मोबाइल त मानिसहरुको दराजमै थन्केको छ ।
पश्चिम युरोपमा मोबाइल फोनको पहुँच १३० प्रतिशत छ र पूर्वी युरोपमा पनि यसको प्रतिशत १२३ छ। अफ्रीकामा यो प्रतिशत ५२ रहेको छ । पर्यवेक्षकहरुका अनुसार जति नयाँ यन्त्र मोबाइलसँग जोडिन्छ त्यसैलाई हेरेर अनुमान गर्न सकिन्छ कि भविष्यमा यसको बजार अझ फैलनेछ । बेन वुडका अनुसार आर्थिक कठिनाईका बावजुद सब-साहाराका अफ्रीकी मुलुकहरुमा मोबाइल कनेक्सन तिब्रताका साथ बढ्नेछ, चाहे गरिबीका कारण कयौ स्थानमा मोबाइलका खर्च जुटाउन मुस्किल काम होस् ।















































