२८ असार, काठमाडौं । बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका १५ नेपाली विचल्लीमा परेका छन् । काठमाडौंस्थित शिखर इन्टरनेशनल मेनपावर सर्भिसबाट गतहप्ता साउदी पुगेका नेपालीहरु कम्पनीले भनेको सेवा र सुविधा नपाएपछि विचल्लीमा परेका हुन् । समस्यामा पर्नेहरुमा शिवबहादुर कार्की, ईश्वर भण्डारी, मुक्तबहादुर महत, बालकृष्ण पौडेल, लाक्पा सिंह घिसिङ, टंकप्रसाद पौडेल, टेकबहादुर भुजेल लगायत छन् । उनीहरूको नेपालको ठेगाना भने खुलेको छैन । पीडितले आफूहरुलाई तत्काल स्वदेश झिकाउनका लागि पहल गर्न अनुरोध गरेका छन् ।
शिखर इन्टरनेशनलबाट साउदी जानु अघि उनीहरुलाई कम्पनीभित्रको मार्वलको काम र मासिक तलब साउदी रियाल एक हजार उपलव्ध गराउने सम्झौता भएको थियो । तर, कम्पनीले बाहिरी जोखिमपूर्ण काममा लगाएको र चार महिनासम्म तलब नदिने बताएपछि उनीहरु समस्यामा परेका हुन् । मेनपावरलाई प्रतिव्यक्ति एक लाखभन्दा बढी रकम बुझाएर गएका यी नेपालीहरु मेनपावरले आफूहरुमाथि अन्याय र ठगी गरेकोले सम्बन्धित निकायलाई चासो लिइदिन आग्रह गरेका छन् ।
मेनपावरका प्रबन्ध निर्देशक अनुराज प्रधानले यो विषयमा जानकारी आइनसकेको बताउनु भयो । समस्याको विषयमा पीडितहरुले श्रम विभागमा टेलिफोनमार्फत जानकारी गराईसकेको श्रम विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । ‘यो समस्याको बारेमा विभागमा लिखित उजुरी नपरेपनि तत्काल अनुसन्धान थालिनेछ,’ महानिर्देशक सापकोटाले भन्नुभयो ।
Sabhar: Onlinekhabar














































manpowerka blody harulai tokla bagan ma lagera rukhma kati hani thadai shukaunu parne ho