अल-अमाना सेक्युरिटी बिल्डिङ्ग महबुल्ला कुवेतमा भीषण आगलागि


लाल ब. तामाङ्ग, कुवेत 

०६ जुलाई २०१०, बिहानको ७.३५ बजे कुवेतको महबुल्लास्थित अल-अमाना सेक्युरिटी कम्पनीको बिल्डिङ्गमा भीषण आगलागि भएको छ । स्टोर कोठामा भएको AC मा अचानक आगो लागेपछि २ मिनट भित्र पुरा बिल्डिङ्ग नै धुँवाको मुस्लोले अस्तव्यस्त भएको थियो । बिल्डिङ्गमा सबै फायर सम्बधी ट्रेनिङ्ग प्राप्त सेक्युरिटीहरु मात्र भएको कारणले कुनै मानविय क्षति भनें हुन पाएन । सेक्युरिटीहरु मात्र बस्ने उक्त बिल्डिङ्गमा कोही बिहान ४ बजे डिउटी पुरा गरी कोठामा सुतिसकेका थिए भनें केही आउने क्रम जारी थियो ।

भुईंतलामा भएको स्टोर कोठामा धेरै समान जलेको कारण धुँवाको मुस्लो बिल्डिङ्ग भित्र छिरेर पुरै अन्धकार भएको थियो । घटना भएको २५ मिनेट पछि मात्र दमकल आईपुग्दा सेक्युरिटी फोर्सले नै आगोलाई धेरै कम गरि सकेका थिए । बिल्डिङ्ग भित्र सुतिरहेका साथीहरुलाई उठाएर बिल्डिङ बाहिर निकाली आगो साम्य पार्न अल अमाना सेक्युरिटी फोर्सले निकै गहन भूमिका खेलेको थियो ।

यस आगलागिबाट केही साथीहरुलाई श्वासप्रश्वासमा अलिक कठिनाई भई रहेको देखिएता पनि अपरेशनमा भएका साथीहरुले चाँडो भन्दा चाँडो सबैलाई खबर गर्न सफल भएको कारण १६० भन्दा बढी सेक्युरिटीहरु ठुलो दुर्घटना हुनबाट जोगिएका छन । जसको लागि अपरेशनका साथीहरुलाई अल अमाना सेक्युरिटी फोर्सले मुरीमुरी धन्यवाद दिन चाहन्छ । र खासगरी उस बिषम घडीमा होमनाथ गिरी र महेस श्रेष्ठ ज्यूले खेल्नु भएको भूमिका साँचै नै स्मरणयोग्य र उल्लेखनिय थियो ।

कुवेतमा गर्मियाममा AC बेगर बस्न, सुत्न नसकिने र खासगरी फायर सम्बन्धी अधिकांश नेपालीहरुलाई ट्रेनिङ्ग प्राप्त नभएको हुँदा AC चलीरहेको बेला सुत्दा खेरी अली होशियारीपूर्वक सुत्नु हुन तमाम कुवेतवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा अल-अमाना सेक्युरिटी फोर्स हार्दिक अनुरोध गर्दछ ।

4 Responses to अल-अमाना सेक्युरिटी बिल्डिङ्ग महबुल्ला कुवेतमा भीषण आगलागि

  1. Bal Bahadur farwaniya

    ghatna bhaneko sabai ghatna danger nai hun6 tara yo ghatana maa koi pani na parnu good news. thanks kuwaitnepal.com family..

  2. thank you jay jii.

  3. bishnu thapa magar

    kasailai pani kehi nabhayakoma dherai khushi chhu thanks good

  4. kasailai pani kehi nabhayakoma dherai khushi chhu thanks good

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s