भारतीय क्रिकेटका क्याप्टेन धोनीले सुटुक्क बिहे गरे


एजेन्सी । देहरादुन, असार २१, भारतीय क्रिकेटका क्याप्टेन महेन्द्रसिंह धोनीले साक्षी रावतसँग सुटुक्क विवाह गरेका छन् । आइतबार राति ८:३० बजे उनीहरुको विवाह भएको थियो भने शनिबार नै इन्गेजमेन्ट भएको थियो ।

तर यो समारोहबारे कमैमात्र जानकार रहे। कुमाउ परम्परा अनुसार सम्पन्न विवाह समारोहमा दुई परिवारका आफन्तहरुमात्र सहभागी थिए । विवाहमा ६० जनाजति सहभागी रहेको बताइएको छ ।

२८ वर्षीय धोनीले व्यवस्थापन विषय पढिरहेको २३ वर्षीया साक्षीसँग विहे गरेका हुन् । देहरादुनको विश्रान्ति रिसोर्टमा भएको विवाहलाई आकर्षकरुपमा सजाइएको थियो ।

बिहेमा धोनीले कालो सेरवानी लगाएका थिए भने साक्षी गुलावी लेहंगामा सजिएकी थिइन् । जन्तीहरुले भने पहेँलो रंगका पगडी लगाएका थिए । बिहेमा धोनीका मित्र तथा फिल्म कलाकार जोन आव्रहम, क्रिकेट खेलाडी आरपी सिंह, हजभजन, सुरेश रैना, आषिश नेहरा लगायतको उपस्थिति थियो । विवाह क्षेत्रमा कडा सुरक्षा दिइएको थियो भने मिडिलाई जान दिइएको थिएन। विवाह पूर्णरुपमा परम्परागतरुपमा सम्पन्न गरिएको थियो । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s