बर्सेनि डेढ लाख आई–लेन्स निर्यात


आँखाको कमजोरी हटाउन चस्मा लगाउनैपर्ने बाध्यताको विकल्पमा प्रयोग हुँदै आएको आई–लेन्स उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । आँखामा अस्थायी र स्थायीरुपमा राख्न सकिने आई–लेन्स निकासीको प्रचुर सम्भावना रहे पनि नेपालले त्यसबाट फाइदा उठाउन भने सकेको छैन । आई–लेन्स उत्पादनको १५ वर्षमा पुगिसक्दा नेपालबाट बर्सेनि डेढ लाखको संख्यामा लेन्स निकासी हुने गरेको छ । नेपालमै उत्पादन हुने लेन्सको माग विदेशमा उच्च छ । विगत डेढ दशकदेखि तिलगंगा आँखा अस्पतालले लेन्स उत्पादन गर्दै आएको छ । विदेशमा समेत उच्च माग रहेको लेन्सको निकासी तिलगंगाले गर्छ ।
अस्पतालले वार्षिक ३ लाखको संख्यामा रिजिड र फोल्डेबल लेन्स उत्पादन गर्छ । कुल उत्पादनको ५० प्रतिशत लेन्स विदेश निर्यात हुने गरेको लेन्सका बजार प्रबन्धक सन्तोष शर्माले कारोबारलाई बताए । “नेपाली लेन्सको गुणस्तर अन्तर्राष्ट्रियस्तरको हुनुका साथै सस्तो पनि भएकाले विदेशमा माग बढेको हो,” उनले भने ।
अस्पतालले लेन्स उत्पादनमा वार्षिक १५ देखि २० प्रतिशत वृद्धि भइरहेको जानकारी दिएको छ । शर्माका अनुसार अस्पतालले आगामी ५ वर्षभित्रमा वार्षिक उत्पादन ५ लाख पु¥याउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय बजारमा लेन्सको माग बढिरहेकाले गुणस्तरमा ध्यान दिँदै उत्पादन बढाउन लागिएको उनले बताए । अस्पतालका अनुसार नेपाली लेन्स अमेरिका, युरोप, भारतलगायतका ७२ देशमा निर्यात हुन्छ । न्युजिल्यान्ड र अस्ट्रेलियाका विशेषज्ञहरुको सहयोगमा उत्पादन गरिएकाले नेपाली लेन्स अन्तर्राष्ट्रिय मापदण्डका रहेको शर्माले बताए ।
तिलगंगाले उत्पादन गर्ने २ प्रकारका लेन्समध्ये रिजिड लेन्सको मूल्य नेपाली बजारमा ३ देखि साढे ३ सय रुपैयाँ छ । विदेश निर्यात गर्दा यसको मूल्य ४ सयदेखि ५ रुपैयाँ पर्ने गरेको अस्पतालले जनाएको छ । फोल्डेबल लेन्सको मूल्य नेपाली बजारमा १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । विदेश निर्यात गर्दा यसको मूल्य २ हजार रुपैयाँभन्दा धेरै पर्ने गरेको अस्पतालले जानकारी दियो ।
अस्पतालका अनुसार प्राविधिक कारणले गर्दा समान गुणस्तरका लेन्समा फरक–फरक मूल्य कायम भएको हो । रिजिड लेन्स प्रयोग गर्दा आँखाको शल्यक्रिया नै गर्नुपर्छ भने फोल्डेबल लेन्स प्रयोग गर्दा सामान्य शल्यक्रिया विधि अपनाउनुपर्छ । नेपालमा करिब १५ लाख आँखारोगीले शल्यक्रियापछि पुनः ज्योति पाएका छन् । “यहाँ उत्पादित लेन्सले अन्तर्राष्ट्रियस्तरको टे«ड आईएसओ, एसजीएस र सीई प्राप्त गरिसकेको छ,” शर्माले भने । मेडिकल उत्पादनमा दक्षिण एसियामा नै सीई टे«ड प्राप्त गर्ने नेपाली आँखा लेन्स पहिलो भएको दाबी उनले गरे ।
अस्पतालमा लेन्स उत्पादनका लागि चाहिने कच्चापदार्थ भने विदेशबाट ल्याइन्छ । उत्पादनका लागि अन्तर्राष्ट्रियस्तरको प्रयोगशालासहित प्राविधिक जनशक्ति नेपालमै उपलब्ध रहेको शर्माले बताए । “उत्पादित लेन्स व्यापारिक प्रयोजनका लागि भन्दा पनि सेवाभावले निर्यात हुने गरेको छ,” उनले भने ।
शर्माका अनुसार हिमालयन आँखा क्लबअन्तर्गत अन्तर्राष्ट्रिय सहयोगमा तिलगंगाले १५ वर्षदेखि लेन्स उत्पादन गर्दै आएको छ । अस्ट्रेलियाको ‘द हलोवयज फाउन्डेसन’को सहयोगमा नेपालमा लेन्स उत्पादन सुरु गरिएको उनले बताए ।
नेपालका विभिन्न आँखा अस्पतालमार्फत वार्षिक डेढ लाख लेन्स खपत हुने गरेको छ । शर्माका अनुसार ८० प्रतिशत लेन्स भारतीय नागरिकको उपचारमा खपत हुने गरेको तथ्यांक छ । सीमानजिकका भारतीय नागरिक आँखाको उपचारका लागि नेपाल आउने गर्छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s