जय आले, कुवेत
०२ जुलाई २०१०, शुक्रवारको दिन कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा नेपाल कुवेत मेनपावर एसोसिएशनले कुवेतमा संचालित बिभिन्न नेपाली सँघ संस्थाका प्रतिनिधिहरु, बुद्दिजिबीहरु, नेपाली राजदूतावासका प्रतिनिधीहरु, पत्रकारहरु र अन्य सर्वसाधारण नेपालीहरुको उपस्थितिमा नेपाली घरेलु महिला कामदारहरुको समस्यामा सुदृढिकरण र हालै दूतावासले लागु गरेको नेपाली घरेलु महिला कामदारहरुको बीमा शुल्क र व्यवस्थापन सम्बन्धमा एक छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
निर्धारित समयभन्दा डेढ घण्टा ढिलो शुरु भएको उक्त छलफलको कार्यक्रम करिब तीन घण्टासम्म दूतावासका प्रतिनिधिहरु, एसोसियशनका पदाधिकारीहरु, पत्रकारहरु र सँघ संस्थाका प्रतिनिधिहरु बीच भलाकुसारी र सवालजवाफ गर्दै चलेको थियो ।
कुवेत नगरीमा २ महिना पहिला मात्र गठन भएको नेपाल कुवेत मेनपावर एसोसिएशनले नेपाली दूतावास कुवेतमा एसोसिएशनलाई दर्ता गराई दूतावासको सम्पर्कमा र कुवेतस्थित नेपाली सँघ संस्थाहरुको सल्लाह सुझावमा नेपाली घरेलु कामदारको समस्या र समाधानमा हातेमालो गर्दै अगाडि बढ्न र आफ्नो पेशालाई कसरी मर्यादित बनाउने र घरेलु कामदारहरुको रोजगारलाई कसरी सुरक्षित एवं व्यवस्थित गर्ने भनेर एसोसिएसनले उक्त अवसरमा सबैसँग सुझाव सल्लाह मागेको छ ।
यसैगरी घरेलु कामदारहरु आउनुपूर्व कागजात प्रमाणिकरण र अन्य प्रयोजनको लागि ६५ के.डी. शुल्क दूतावासमा अनिवार्य रुपमा बुझाउनु पर्ने भनी नेपाली दूतावास कुवेतले हालै तोकेको शुल्कका बारेमा नेपाल कुवेत मेनपावर एसोसिएशनले असन्तुष्टि जाहेर गर्दा, दूतावासका सचिव श्री पुष्पराज भट्टराईले ६५ के.डी. मध्ये १५ के.डी. नेपाल सरकारको राजस्व शुल्क, ९ के.डी. सम्बन्धित कामदारको बिमा शुल्क र बाँकी ४१ के.डी. पीडित नेपाली कामदारको लागि आवास, सुरक्षा, खानपिन तथा अन्य कानूनी प्रयोजनको लागि र नेपाल पठाउने क्रममा खर्च गरिने साथै यसका अतिरिक्त पीडित अङ्गभङ्ग हुन पुगेवापत क्षतिपुर्ति तथा कामदारको मत्यु भएवापत परिवारलाई बिमावापत के.डी. ३००० उपलब्ध गराईने छ भनेर वहाँले स्पष्ट पार्नु भयो । सचिव भट्टराईले कुवेत सरकारको मान्यता प्राप्त अलहुकुक इन्सुरेन्स कम्पनीसँग यस बिमा सम्बन्धमा दूतावासले सम्झौता गरिसकेको, १/२ हप्तामै सेल्टर संन्चालनमा आउने सो कम्पनीबाट जानकारी आईसकेको र सेल्टर भनें नेपाली दूतावासको मातहतमा रहने समेत बताउनु भयो ।
यसैगरी छलफलको क्रममा एसोसिएशनका प्रतिनिधीहरुले शुरुमा ६५ के.डी. लाई केही कम गर्नुपर्ने जिकिर जाहेर गरेपनि अन्तत: सहमतिमा आएका छन भनें जारी भईसकेका भिषाहरुको सम्बन्धमा भनें राजस्व वापत १५ के.डी. र बिमा (ईन्स्युरेन्स) वापत ९ के.डी. मात्र लिन दूतावाससँग अनुरोध गर्ने र आगामी जारी हुने भिषाको निम्ती भनें पुरै ६५ के.डी. बुझाउनमा आफुहरु मन्जुर भएको बताए । यद्दपी नेपाल सरकारको श्रम मन्त्रालयवाट समेत कामदार ल्याउँदा दुःख दिने र चर्को शुल्क लिने गरेको र फेरी नेपाली दूतावासमा समेत यती ठुलो रकम बुझाउनु पर्दा आफुहरु दोहरो मर्कामा परेको त छदैछ ताकी नेपालबाट सरल रुपमा कामदार ल्याउन सकिने कुराको ग्यारेन्टी समेत नहुने हुँदा आफुहरु अन्यायमा पर्ने बताए ।
साथै एसोसिएशनले बिभिन्न माध्यमबाट अहिलेसम्म कुवेतमा २९ हजार नेपाली महिला कामदारहरु भित्री सकेको र अहिले पनि मासिक ८०० देखी १००० सम्मको संख्यामा नेपाली महिलाहरु कुवेत भित्रिरहेको तथ्यांकले देखाएको जानकारी दिंदै, हामी ६५ के.डी. तिर्न तयार छौं तर दूतावासले हामीलाई कानूनी तवरमा नेपाल देखी महिला कामदार ल्याउन सक्ने बातावरणको तर्जुमा गरिदियोस, निश्चित शुल्कमा श्रम स्विकृती लिन सकियोस, एउटी नेपाली चेलीले प्रवासमा नानाथरी दु:ख पाउँदा हामी पनि मर्माहित हुन्छौं, हामी पनि नेपाली हौं, हामीले नेपाली महिलाहरुलाई कुवेत भित्र्याएर मानव तस्कर गरेको नभई भोका नाङ्गा र गरीब नेपालीहरुलाई रोजगारको अवसर मिलाई दिएको जसबाट उसको रोजी रोटीको जोहो हुन सकोस र नेपाली चेलीहरु माथि भैपरि आउने समस्याहरुको समाधान कसरी गर्न सकिन्छ भनेर आज यो कार्यक्रमको आयोजना गरिएकोमा सबैको ध्यानाकर्षण होस् भन्ने हामी चाहन्छौं भनेर एसोसिएशनका अध्यक्ष बम बहादुर पुलामी, उपाध्यक्ष कल्याण कुमार श्रेष्ठ, सल्लाहाकार र अन्य पदाधिकारीहरुको सामुहिक आवाज प्रफुष्टन भएको थियो ।
जसमा दूतावासका सचिव पुष्पराज भट्टराईले यसको लागि नेपाल सरकारको सम्बन्धित निकायहरुमा दूतावासले पहल गरि सकेको र यसमा ढुक्क रहन आग्रह गर्नु भयो । साथै वहाँले यसरी ६५ के.डी. मा जारी गरिएको बिमा २ वर्षको अवधी सम्म वहाल रहने र त्यसपश्चात पून: नविकरण गर्नु गराउनु पर्ने जानकारी समेत दिनु भयो ।
नेपाल कुवेत मेनपावर एसोसिएशनका महासचिव नवराज श्रेष्ठ ज्यूले संचालन गर्नु भएको उक्त अन्तर्कृया कार्यक्रममा एसोसियशनका अध्यक्ष बम बहादुर पुलामीको सभापतित्व, नेपाली दूतावास कुवेतका सचिव पुष्पराज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो भनें अन्य अतिथिहरुमा; दूतावासकै प्रतिनिधि भुवन पौडेल, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, माउण्ट एभरेष्ट क्लबका अध्यक्ष किरण पौड्याल, उपाध्यक्ष धर्मराज गिरी, NRNA-ICC कुवेतका प्रतिनिधि राजन कुँवर, नयाँ नेपालका अध्यक्ष दिल पुन, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष मनु मगर, कालीगण्डकी बचत समुहका अध्यक्ष आशिष कुँवर, अल अमाना सेक्युरिटीका प्रतिनिधि लाल बहादुर तामाङ्ग र नेपालकुवेत डट कम तथा कुवेतनेपाल डट कमका पत्रकारहरु हुनु हुन्थ्यो ।
यसैगरी छलफल कार्यक्रममा भुवन पौडेल, राजेन्द्र तामाङ्ग, राजन कुँवर, किरण पौड्याल, धर्मराज गिरी, दिल पुन, मनु मगर र पत्रकारको तर्फबाट तोयानाथ दाहालले आ-आफना धारणा प्रस्तुत गदै एसोसिएशनले यस पेशालाई मयार्दित बनाउन र सुरक्षित रोजगार दिलाउन भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए । यसैगरी कार्यक्रममा एसोसिएशन अर्थात रोजगारदाताका तर्फवाट राज कुमार थापा, कल्याण कुमार श्रेष्ठ र राजु थापाले आफुहरु दूतावासलाई भैपरि आउने सहयोग गर्न सदा तयार रहने र दूतावासले पनि आफ्ना अप्ठ्याराहरुमा सुनुवाई गरिदिनु पर्ने प्रतिबद्वता जाहेर गरेका थिए ।
कार्यक्रम स्थलका प्रमुख झलकहरु :-




























































this is very good sound to protect nepali girls in kuwait. thanx to nepal embassy and thanx to jay ale jee fro this news
parbati thapa magar. ktm
patrakar bandu 3000 kd ko bema 9 kd terda teasko jokhem bahan hunchha 41 kd ma na thapnusna. yesaree vaanus 27000 sirmeek haru lai problom aayeehalchhakeya vaneara paeesa batulnu lageako vaneara. kuwait ma nepal imbessy matra chha keya aaru pani imbessy haru chhan uuniharu ko neeyeem pani yestai chha ta ? keya indian imbessy lea gar vaneako lea gareako teo kura tapeelea saatye taathyee bujeara leknus ta aani paada pani yo kura saachho raheachha vaneara paadchaan.
kaag lea kaan lagyo vaani kaan chaam nea keya kaag ko paachi dauudenea ho?
yee photo haru lai hatauunus peeknick gayeeko jato vayo yo photo ko space ma daar naamani patrakareeta ko mesal haru deenus.