काँकडभिट्टामा भेटिए निखिल

काँकडभिट्टा, अषाढ १९ – नायिका सञ्चिता लुइँटेलसंगको सम्बन्धका कारण पछिल्लो समय चर्चामा रहेका ‘एक्सन नायक’ निखिल उप्रेती शुक्रबार अचानक झापाको काँकडभिट्टामा देखापरेका छन् ।

सञ्चितासँगको दोस्रो विहे प्रकरणपछि मिडियासँग सक्भर जोखिन खोज्ने निखिललाई शुक्रबार कान्तिपुरले अचानक फेला पारेको थियो  । भारतको दिल्ली हुँदै बागडुग्रा विमानस्थलबाट उनी सोझै काँकडभिट्टा आएका थिए । दिल्लीबाट काठमाडौको जहाज टिकट नपाएपछि सोझै वागडुग्रा ओर्लिएका थिए । उनी दिल्लीमा सञ्चितालाई भेटेर आएको अनुमान गरिएको छ ।  यहाँको ढाका होटलमा करिब साढे तीन घन्टा बिताएको होटल सञ्चालक तिलचन ढकालले जानकारी दिए ।उनका अनुसार अपराह्न सवा तीन बजे होटलमा आएका नायक साढे ६ बजेतिर फर्किएका थिए ।

प्रकाश नामका एकजना सहयोगीका साथमा रहेका उनी होटलको रुम नं. २०२ मा बसेका थिए । सहयोगी प्रकाशले शुक्रबारै विराटनगरबाट राजधानी फिर्ने बताएका थिए । तर, निखिलले भने सुटिङका लागि आफू आएको र वंगालको पर्यटकीय नगरी मिरिक जान लागेको प्रस्ट्याए । उनका सहयोगीले केही समयका लागि फ्रेस हुन झापा आएको बताएका छन् । सञ्चितासँगको सम्बन्ध बाहिर आएपछि उनी बढी तनावमा देखिएका छन् ।

सेतो रेडिमेट सर्ट र जिन्समा सजिएका उनले कान्तिपुरसँगको छोटो कुराकानीमा सुटिङ र पारिवारिक भेटघाटका लागि मात्रै आफू आएको दाबी गरेका छन् ।’म सुटिङकै सिलसिलामा आएको हुँ,’ उनले भने, ‘योबाहेक अरु केही पनि कारण छैन ।’  ‘कसम’  फिल्मको मुख्य भूमिका निर्वाह गरेका उनी त्यसैको सुटिङका लागि आएको र करिब एक महिना यतै बिताउने उनले जनाएका छन् । निखिलले सञ्चितासँगको सम्बन्ध र पारिवारिक स्थितिबारे केही बोल्न चाहेनन् ।

One Response to काँकडभिट्टामा भेटिए निखिल

  1. Hari Shrestha

    hamro lagi nari haru aesto aama ra chhora le akay patak (s.l.c)ma frist dvsn ma pass vayako ma gaurab6>>>>>>>>>>>>

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s