
साइबरस्पेसको तापक्रम हिजोआज निकै बढेको छ । कारण हो, बलिउड अभिनेत्री विपाशा बासुको यू ट्युबमार्फत सार्वजनिक भएको एउटा विज्ञापन । उक्त विज्ञापनमा अभिनेत्री विपाशा टपलेस अवस्थामा प्रस्तुत भएकी छिन् ।
अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर बनाइएको न्युयोर्क लोट्टोको उक्त विज्ञापन भारतीय स्ट्यान्डर्डअनुसार निकै हट र बोल्ड छ । स्रोतका अनुसार सन् १९९९ तिर भारतमै छायांकन गरिएको उक्त विज्ञापनलाई केन नाहोमले निर्देशन गरेका हुन् । त्यतिबेला विपाशा न्युयोर्कस्थित फोर्ड मोडलिङ एजेन्सीका लागि काम गरिरहेकी थिइन् ।













































