कुवेतमा नेपाली कामदारलाई कडाइ

होम कार्की, काठमाडौ

अषाढ १६, कुवेतले नेपाली दूतावासद्वारा प्रमाणित कागजात नबोकेका कामदारलाई कडाइ गर्न सुरु गरेको छ । वैदेशिक रोजगार व्यवसायी तथा दलालले नक्कली कागजात दिएर कुवेत पठाएको भेटिन थालेपछि दूतावासको अनुरोध कुवेत सरकारले कडाइ सुरु गरेको हो । दूतावासले प्रमाणित कागजात हेरेर मात्रै आवासीय भिसा दिन कुवेत सरकारलाई अनुरोध गरेको छ ।

कुवेतका अध्यागमन विभागले शनिबार फोटो परिवर्तन गरेका, नक्कली कागजात बोकेका भन्दै ५ जना महिलालाई स्वदेश नै फर्काएको छ । कुवेतस्थित नेपाली दूतावासले यसबारे जानकारी दिँदै कामदार, एजेन्ट र वैदेशिक रोजगार व्यवसायीलाई प्रमाणित कागजात लिएर मात्रै आउन वा पठाउन अनुरोध गरेको छ । दूतावासले १८ र २० नम्बर भिसामा आउने कामदारले कुवेती भिसा, नेपाल प्रहरीबाट जारी गरेको र त्यसमा परराष्ट्र मन्त्रालयबाट प्रमाणित चारित्रिक प्रमाणपत्रको सक्कल प्रति र दूतावासले प्रमाणित गरेको करारनामा साथमा ल्याउन अनुरोध गरेको छ ।

दूतावासका अनुसार आवासीय भिसाका लागि कुवेत आउने कामदारका कागजात नक्कली भेटिन थालेको छ । त्यस्ता कागजात बोकेका कामदार स्वदेश फिर्न र जेल जानुपर्ने अवस्था भएपछि उसले कडाइ गर्न थालेको हो । कुवेतमा २ महिनाको प्रवेश भिसा लिएर जाने र त्यहाँ काम गर्ने कम्पनी वा कुवेती स्पोन्सरले कामदारको आवासीय भिसा लगाइदिने कानुनी व्यवस्था छ । यसका लागि प्रहरीले जारी गरेको चारित्रिक प्रमाणपत्रलाई परराष्ट्रले प्रमाणित गरेपछि मात्रै दूतावासले अनिवार्य प्रमाणित गरेको हुनुपर्छ, राजदूत मधुवन पौडेलले भने, हाल दूतावासमा पेस हुन आएका चारित्रिक प्रमाणपत्रसम्बन्धी कागजातहरू नक्कली हुने गरेको पाइएको छ । त्यस्ता  कागजातमा दूतावासबाट प्रमाणित हुँदैन । त्यसकारण आवासीय भिसा लाग्न नसकेको कारण कामदार नेपाल र्फकन र जेल जानुपर्ने अवस्था आएको छ ।

महिलालगायत निजी भिसा (भिसा नं २०) मा आउने कामदारलाई पनि ‘ती कागजातबाहेक बिमा पोलिसीको र सेवा प्रमाणपत्रको सक्कल प्रमाणित प्रति मात्रै लिएर आउन’ अनुरोध गरिएको छ । यसअनुसार सेवामा जाने कामदारको लागि दूतावासले बिमाको व्यवस्था गरेको छ । बिमा पोलिसी नभएमा क्षतिपूर्ति नपाउने वा मृत्यु भएमा कामदारको शवसमेत नेपाल पठाउन नसक्ने दूतावासले चेतावनी दिएको छ ।

कम्पनी वा स्पोन्सरको नाम भएको करारपत्रमा दूतावासले प्रमाणित गरेको कागज हेर्नसमेत सचेत गरिएको छ । अहिले हामीले कामदारको नाम दूतावासको वेबसाइटमा राखेका छौं, उनले भने, आउने कामदारले दूतावासको वेबसाइट हेरे आफ्नो नाम पत्ता लाग्छ । दूतावासले अर्कै भिसा र राहदानीमा फोटो टाँसिदिएर पठाइदिने प्रवृत्ति भएको भन्दै यसबारे कामदारलाई ध्यान दिन आग्रहसमेत गरेको छ ।

साभार: कान्तिपुर

One Response to कुवेतमा नेपाली कामदारलाई कडाइ

  1. gajanand subedi

    kuwait ma kam garna aunalai nepal mbc le kunai salary rate tokeko 6 ki 6 vane kun kam ko lagi k kati salary tokkeko 6 ?bataidina saknuhunchha

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s