शंकर खरेल, सुनसरी, ९ अषाढ । यौन व्यवसायमा नलागेकाले खाडी मुलुक कुबेतको फाहाहिलमा दर्जनौ नेपाली महिलालाई बन्धक बनाएर राखेको खुलासा भएको छ । भारतको दिल्लीबाट लगिएका अधिकांश महिलासित नेपाल र्फकन चाहने महिलालाई १ लाख ५० हजार रुपैयाँसम्म फिरौती माग्न थालिएको छ ।
फुत्केर दुई साताअघिमात्र नेपाल आएकी एक महिलाले यसवारे उक्त जानकारी दिएकी हुन । नेपाली महिलासमेतको संलग्नतामा खोलिएको एक म्यानपावर कम्पनीले यौन व्यवसायमा नलागेको भन्दै चार दर्जन महिलालाई बन्धक बनाएर राखेको खुलासा उनले गरेकी हुन् । मोरङ् बेलबारीकी जानु गुरुङ्गले काठमाडौं र धनकुटाका दुई महिलाले महिनौदेखि नेपाली महिलालाई बन्धक बनाएर राखेको जानकारी दिइन् ।
सुनसरीको इटहरीमा बुधबार पत्रकारहरुसित कुरा गर्दै गुरुङ्गले कुबेतीसित मिलेर अलनाका नामक म्यानपावर एजेन्सी खोलेर कुबेत र साउदीमासमेत विक्रि गर्ने र यौनधन्धामा लाग्न दवाव दिने गरेको बताइन् । भनेअनुसार काम नभई अनैतिक काममा लगाउन खोजेपछि आफूले अस्वीकार गरेकाले बन्धक बनाएर राखेको उनले सुनाइन् । यौन कार्यमा संलग्न हुन तर्साउँदै चरम यातना दिएको उल्लेख गर्दै गुरुङ्गले आफूसँगै २६ महिलालाई एकै ठाउँमा बन्धक बनाएको बताइन ।
बन्धकमा रहदा एक छाकमात्र खान दिइएको थियो । हरेक दिन धम्की दिइन्थ्यो । ‘भनेको पुरुषसित गएर काम नगरे ज्यानै लिने धम्कीसम्म दिइयो’ गुरुङ्गले भनिन-’उनीहरुले तिमीहरु मरे पनि मर मतलब छैन भनेर धम्क्याए ।’ गुरुङ्सहित केही महिलालाई घरको काममा केही महिना लगाइएको थियो । ‘पछि त अनैतिक काममा लगाउन खोजेपनि मसहित २६ जनाले प्रतिकार गर्यौ’ उनले भनिन । गुरुङ्गलाई नेपाल र्फकन श्रीमान्ले ५० हजार पठाएका थिए । रकम दलाललाई दिएपनि सकुशल उम्कन नसकेकी उनी त्यहाँबाट भागी जेलमा डेढ महिना बस्नुपरेको थियो ।
डेढ महिना कारागारमा बस्दा दुई नेपाली महिलालाई मानसिक रुपमा विक्षिप्त अवस्थामा पाएको उनले जानकारी दिइन । उनीहरु उदयपुर रामपुरकी चन्द्रकला तामाङ्ग र अर्की एक महिला थिइन । जेलमा उनीहरु हाँस्ने रुँने कराउँथे । ‘घर जान देउ’ भन्दै बिलौना गरेको प्रत्यक्ष देखेको उनले बताइन । २०६६ साल बैशाखमा खाडी गएकी जानुले कारागारभित्र १ सयभन्दा बढी महिला रहेको उनले बताइन । परिवारले पैसा पठाउन नसक्दा धेरै महिला घर र्फकन नसकेकाले सरकारले तत्कालै पहल गर्नुपर्नेमा उनले जोड दिइन ।
आफूले भेटेका दुवै महिलाको शरीरभरी निलडाम थियो । दुवै लाखौ खर्चेर आकर्षक रोजगारीको लोभमा त्यहाँ पुगेका थिए । उनीहरुलाई आफूलाई यौन व्यवसायमा लगाउन खोज्ने समूहले नै त्यस्तो अवस्थामा पुर्याएको गुरुङ्गले बताइन । उनकाअनुसार सुनुवारले काठमाडौं, वुटवल, गोरखा, मोरङ, झापालगायतबाट दर्जनौ महिलालाई ललाई-फकाई कुवेत लगिएकोछ । आफूसँगै मोरङ् केरावारीबाट कुवेत पुगेकी एक महिलालाई बेपत्ता बनाइएको उनले जानकारी दिइन ।
केही साताभित्र पिडित महिलाको उद्धार गर्न सरकारले तत्कालै पहल गर्नुपर्ने गुरुङ्गले माग गरिन । ‘होइन भने धेरै नेपाली महिलाको विजोग हुनेछ’ उनले भनिन-’सरकारले पहल गर्नुपर्छ भनेर कहाँ भन्नु ? पत्रकारलाई भन्दा अखबारमा समाचार आउँछ र सुनवाई हुन्छ भन्ने सुनेर तपाईहरु -पत्रकार)हरुको सम्पर्कमा आएको हु ।’
साभार : कान्तिपुर














































शंकर पोखरेल जी यदि यो कुरा सत्य हो भने सहि ठेगाना पता लगाइ लेखनुहोस् हामी सबै नेपालीहरु एक जुट भयर उनीहरुको उदरको लागि पहल गरिनेछ। धन्यबद।।
Lal Yonjan ji le patrakar Shankar Kharel… la sodheko kura sahi ho. Yedi Shankar Kharel… imandar patrakar ho bhane, news maa lekheko kura haru pramanit garnu paryo, hachuwako bhar maa news lekhdai maa, ramro patrakar hudaina. Lal Yonjan ji le bhane jastai, pura bibaran ra praman sahit thegana pani khulayera lekhnu paryo. Mr. Shankar Kharel, take this as a challenge if you wish to be a successful jounalist. DO GOOD, BE GOOD. thanks
i agree with Lila Gurung. I know about everything about Miss Uma gurung (guna gurung). coz we were together when she did this …………..
Any Update
janu gurung tapailea diyaka bayan ramro lageo kuwaitko nagarima yastai hunchhn80%done kuwait ma nepali mahila ko lagi yak damai ashurukchhit bhanda hunchha thanks
tesari nepal farkanu vayeka cheli harule afulai bandhak garaune ko thegana nepal yata kuwait ko line yasari newsma flash garnu vaye ramro.ra for sure they have title name anyway you have to catch name of them.yasto vaye faheel jada same name ko byakti veteko bela personally rupma pani nepaliko natale testa pasuhru lai pachh tachh gari sakeko dhulai jamka vetmagari embassy ma bujai dina sajilo hune thiyo.i hat missbehaveguys.thanks