कास्की जिल्लाको उत्तर पूर्वी भेगमा अवस्थित सुन्दर एवं मनोरम पर्यटकीय गाउ याङ्जाकोट सदरमुकाम पोखरा देखि झन्डै ३१ किलोमिटर टाढा थुमाको डाडा गा. वि. स. अन्तर्गत पर्दछ । यो गाउ गा. वि. स. को वडा नं. १,३, र ५ मिलेर बनेके छ । मुलतः गुरुङहरुको बाहुल्य रहेको यस गाउामा गुरुङ जातीको अलवा, कामी, दमै, सार्की, तामाङ्ग, क्षेत्री आदि जातीका मानिसहरुको पनि केही मात्रामा बसोबास रहेको छ । प्राकृतिक रुपमा अत्यन्तै सून्दर देखिने यो गाउ स-साना डाडा काडा हरियाली घना जङ्गल र फराकिलो खेती योग्य खेतबारीको बीचमा रहेको छ ।
करीब २९० घरधुरी रहेको यस गाउमा बदलिदो समय चक्रसंगै बसाई सर्ने र विदेशीने क्रमले गर्दा अझ बस्तीहरु पातलिदै गएको छ । अधीकांश घरहरु ढुङ्गाको छाना रातोमाटो अनि सेतो कमेरोले लिपेर चिटिक्क बनाउनु यहाका घरहरुको विशेषता हो । यहाको मानिसहरुको मुख्य पेशा नै कृषि भएता पनि यति बेला थुप्रै युवाहरु विदेशिएकेा अवस्था छ ।
यो गाउ मुख्य गरी चारवटा समुहमा विभाजित छ । जस अन्तर्गत गैरीगाउ, डाडा गाउ, छापा र देउराली छन् । यसरी भौगोलिक बनावट र ठूलो बाहूल्य भएको कारण चार समुहमा विभाजित भएपनि यहाका मानिसहरुमा आपसी समझदारी, मेलमिलाप र सहयोगी भावनामा भने कहिल्यै कुनै कमि आएको पाईदैन । यहाका सबै गुरुङहरु पूर्ण रुपमा आफ्नो भाषा बोल्दछन् ।
यो गाउ भौगोलिक रुपमा त्यति विकट नभएता पनि अहिलेसम्म यस गाउमा न त बिजुली बल्न सकेको छ, न त मोटर बाटो नै पुगेको छ । सदरमुकाम पोखराबाट यति नजिकको गाउ भएर पनि यहाका बुद्धिजीवि र राजनितिक दलका नेताहरुलाई अझै पनि गाउमा विकास गर्नुपर्छ भन्ने चेतना आएको पाइदैन । उनीहरु गाउको विकासको नाममा बजेट ल्याएर आफ्नो दुनो सोझ्याउनमा नै व्यस्त देखिन्छन् । तर सञ्चार सुविधाको भने केहि मात्रामा गाउलेहरुले सुविधा उपभोग गरिरहेका छन् । हामी आशा गरौं अब बन्ने नयाा नेपालमा एउटा सक्षम र नया नेतृत्वले यस गाउको विकास गर्नमा पूर्ण रुपमा पहल गर्नेछ । यसरी सुगम भएर पनि भौतिक सुविधाबाट बञ्चित यस गाउमा एउटा निम्न माध्यामिक बिद्यालय, उप स्वास्थ्य चौकी हुलाक र शिशु स्याहार केन्द्र अदि सञ्चालनमा रहेका छन् ।
गुरुङ जातिको बढी मात्रामा बसोबास रहेको यस गाउमा गुरुङहरुको आफ्नै संस्कार संस्कृतिहरु रहेका छन् । जस अन्तर्गत विवाह संस्कारको कुरा गर्नुपर्दा यहा दुई खाले विवाह प्रथा प्रचलित छन् । ती हुन् , मागी विवाह र चोरी विवाह । मृत्यु संस्कारको कुरा गर्नु पर्दा बोन परम्परा र महायानी लामा परम्परा यी दुईखाले परम्पराबाट मृतकको दाहसंस्कार गर्ने गरिन्छ । भने अर्घाै संस्कार पनि यसरी नै अघि बढेको पाईन्छ ।
मुलतः तिन रातको अर्घाै गर्ने चलन नै यस गाउमा ब्याप्त रहेको छ भने अर्घाै गर्दा पनि एक थरी मानिसहरु काटमार गर्ने र अर्को थरी मानिसहरु काटमार नगर्ने यि दुई संस्कारमा यहाका मानिसहरु आबद्ध रहेका छन् । यसको अलाबा कुल पुजा गर्ने भुमि पुजा गर्ने छ्योपा गर्ने यहाका गुरुङहरुको मुख्य संस्कार हो, भने दशै तिहार ल्होसार माघे सक्रांंति बुद्ध जयन्ति आदि चाड पर्वहरु धुमधाम संग मनाउनु र परम्परा देखिको घाटु नाचलाई जगेर्ना गर्दै आउनु यहाको बिषेशता हो ।
यसरी प्रकृतिक रुपमा सुन्दर र संस्कार संस्कृतिमा अत्यन्तै धनी यस याङ्जाकोट गाउमा पुग्ने जो कोहीको मन नलोभिएला भन्न सकिन्दैन । यस गाउको वास्तव्ाक मुहार हेरेर अनुभब गर्न सबै जना एक पटक भए पनि यस गाउको भ्रमण गर्नु हुन सम्पुर्ण असल र स्वच्छ मनहरुलाई हार्दिकता पुर्वक अनुरोध गर्दछु













































