राजा आउ देश बचाउ !!

बालकृष्ण घिमिरे, कुवेत 

नेपालको इतिहासमा राजतन्त्रले लामो समय सम्म सत्ता आफ्नो हातमा राखी नेपाली जनताहरुलाई आफ्नो दास नबनाएका हैनन । जनताहरुलाई मौलिक हकअधिकारबाट बन्चित गर्दै आफ्नो शासन सत्ता टिकाउन अनेक दुश्प्रयासका वाबजुत पनि २०६२/६३ मा भएको ब्यापक जन दवाब वा शान्तीपुर्वकको जनआन्दोलनका कारण नै पुर्व राजाले आफ्नो शासन सत्ता जनतामा हस्तान्त्रण गरेका थिए ।

हाम्रा पिता पुर्खाहरुले भगवान बिष्णुको अवतारका रुपमा मान्दै र पुज्दै आएका नेपालका राजाहरु शासन सत्ताको उन्मातले नै समाप्त भएका हुन, त्यस्तै पुर्व राजा ज्ञानेन्द्र शाहले पनि आफ्नो शासन कालमा नेपाली जनताहरुमा गरेका कु-कार्यको पश्चाताप अहिले गर्दै हिंडेका छन । गणतन्त्रको स्थापना पश्चात लामो समय मौन ब्रत बसेका भु.पु. महाराजअधिराज अहिले सल्बलाउँदै मन्दिर उदघाट्न लगाएतका बिभिन्न धार्मिक कार्यक्रम तयारपारी जनता सामु आफुले शासन कालमा गरेको कु-कार्यको माफि माग्दै हिंडेका छन ।

बिना प्रचारप्रसार राजाको हरेक कार्यक्रममा ब्यापक जनसहभागीता भएको भन्ने झुटो प्रचार गरिरहेका राजाबादिहरुको कु-प्रचारका पछाडि दौडनेहरुले यसको वास्तविकता बुझे जस्तो लाग्दैन । भु.पु. युवराज पारस शाह सहभागि भएका कार्यक्रम देखी भु.पु. राजाले भाग लिएका हरेक कार्यक्रममा भित्री रुपमा ब्यापक प्रचारप्रसार र निकै ठुलो धनरासी खर्च नगरी त्यती ठुलो तामझाम हुन सक्दैन र भएको पनि छैन । यो कुरा राजाका भक्तहरुले कु-प्रचार गरेकै भरमा विश्वाश गर्नु भन्दा के कसरी कार्यक्रमहरु आयोजना भएका छन बुज्न जरुरी छ ।

आफुद्वारा आफै मनोनित भएकाहरुले गणतन्त्रको स्थापना पश्चात ८० % भन्दा बढी हिन्दू धर्मालम्बी भएको मुलुक नेपालमा जनताको जनमत बेगर पश्चिमी राष्ट्रहरुलाई दिएको बाचा पुरा गर्न कुनै एउटा झुण्डले ल्याएको प्रस्थावमा सहमती जनही धर्म निरिपेक्ष राष्ट्र घोषणा गरेकै कारण नेपाली जनताको ठुलो त्यागले बिष पिलाई ढुकढुकी मात्रै बाँकी राखिएको ब्यक्ती र सस्था पुन: बग्रिदै, घिस्रिदै र तन्किदै आफु र आफ्ना आसेपासे मात्रै हिन्दू धर्मको एकमात्र पहरेदार भएको भन्ने भ्रामक जाल नेपाली जनतामा छरी वा त्यही मुलमन्त्र बोकी आफ्नो वरीपरी झुण्ड थुपार्ने चेष्टा गरिरहेको छ ।

नारा र मन्त्र जो-कोहीले ल्याएको भएपनी कुनै ताका आफुलाई कट्टर कम्युनिष्ट र हिन्दू धर्मको बिरोधि र आफु नास्तिक भएको बताउनेहरु हाल राजनीतिक बैमनश्यका कारण कट्टर हिन्दू धर्मालम्बी भएको अवस्थामा परापुर्व कालदेखी आफ्ना पितापुर्खाले मान्दै आएको हिन्दू धर्मको रक्षाका खातिर तमाम नेपाली जनता एकजुट हुनु कुनै नौलो बिषय हैन र हुनु पनी हुँदैन । सवाल यती मात्रै हो, धर्मको नाममा किन नेपाली जनताले पाखा लगाएको संस्था र व्यक्तिले आफ्नो शिर ठाडो पार्दैछ ? कस्ले र किन उसलाई पुन: सकृय हुने ठाउँ र बाटो बनाइ दिंदैछ ? यि र यस्तै प्रश्नहरुको जवाफ हामीले खोज्नु पर्ने अवस्था आईसकेको छ । सत्ता र भत्ताका लागि लडाईं गर्ने हाम्रा मुख्य राजनीतिक दलहरुले यि र यस्ता अनगिन्ती प्रश्नहरुको जवाफ समयमै नेपाली जनतालाई नदिने हो भने तत्काल देशमा धार्मिक युद्ध नहोला भन्न सकिंदैन ।

२०४६ साल भन्दा अगाडिका शासकले नेपाली जनताहरुमा मौलिक स्वतन्त्रता र मौलिक हक अधिकारबाट बन्चित वा कुन्ठित गरेको भएतापनि शान्ती सुरक्षाको प्रत्याभूती भने नेपाली जनताहरुले हालको भन्दा निकै मजवुत पाएका थिए । २०४६ सालको प्रजातन्त्रको स्थापना पश्चात नेपालमा राजनीति गर्ने राजनीतिक दलहरुकै कारण र सम्रक्षणमा हत्या, हिंसा, बलात्कार, लुटपाट र भष्टाचार बढ्दै गयो । नेपाली जनताहरुको नाम भज्नेहरु रातारात करोडौंपती बन्दै गए भनें नेपाली नरनारीहरुले आफुलाई असुरक्षित भएको महसुस गर्न थाले । त्यही अवसरको फाईदा उठाउँदै नेपाली जनताहरुलाई झुट्टा आश्वासन दिंदै आफ्नो आर्थिक र राजनीतिक अबिष्ट पुरा गर्ने उदेश्यका साथ एउटा समुह जङ्गल पस्यो, नेपालमा शान्ती छाएको देख्न नचाहने स्वदेशी तथा बिदेशी शक्तिहरुकै मलजलका कारण त्यो शक्ती झाङ्गिदै गयो र त्यो शक्तिले आफ्नो युद्धकालमा देशमा हतियार भित्र्याउने काम मात्रै गरेन स्वदेशका तमाम बेरोजगारी युवा युवतिहरुलाई युद्धकलाको नाममा हतियार बनाउने र चलाऊन सक्ने बनायो |

राजनीति गर्नेले राजनैतिक बिचारको आधारमा बिपक्षिहरुलाई पछार्नु पर्ने राजनीतिक मुल्य र मान्यता भएता पनि कतिपय ठाउमा प्रतिशोधको भावनामा जनकारवाही समेत गर्‍यो । कस्ता खाले शोषक र सामन्तहरु उसको जनकार्वाहिमा परे त्यो त समयले नै बताउला तर देशमा भड्किदै गएको हत्या, हिंसा, लुटपात, बलात्कार र अशान्ती अन्त्य हुने त कता हो कता झनै झाङ्गिदै र मौलाउदै गयो । युद्धको मैदानबाट सत्ता कब्जा नहुने भएपछी शान्ती प्रकृयामा आएको शक्तीबाटै प्रशिक्षित भएका केही ब्यक्ती र तत्वहरु देशमा शान्ती सुरक्षा कायम गरी प्रतिश्पर्धात्मक राजनीति गर्नुको बदला हतियारको राजनीति जारी राख्ने दुश्साहस गरिरहेका छन र तिनै ब्यक्ती वा समुह हाल देशमा अस्थिरता फैलाउन तल्लिन भएका छन भन्दा अत्युक्ती नहोला । त्यती मात्रै कहाँ हो र, कानूनी राज्यको वकालत गर्ने अर्को शक्ती जो आफुलाई कानूनको हिमायती सम्झन्छन उनिहरु बाटै कानूनको खिल्ली उढाउन थालियो । फलस्वरुप: कानून हुने खानेहरुका लागि नभई गरिखाने वा सोझा सिधा गरीब नेपाली जनता माथि मात्रै थोपरिन थालियो । जनताद्वारा जनताकै लागि आएका हौं भन्ने राजनीतिक दलहरु र तिनकै आसेपासेका कारण अनेक तवरले शोषित र पीडित नेपाली जनताहरु पुरानो खाटा बसेको घाउलाई बिर्संदै नयाँ र आलो घाउमा मलम पट्टी लगाउने उदेश्यका साथ “राजा आउ देश बचाऊ” भन्नुको बिकल्प नरहेको हो भन्दा फरक नपर्ला । 

गरीब नेपाली जनताहरु कुनै राजनीतिक दलले दिने फोस्रा नारा भन्दा २०४६ साल अगाडिको भन्दा पनि राम्रो शान्ती सुरक्षा चाहन्छन । मौलिक हक अधिकारबाट बन्चित भएर के भो त ? गरिखाने वर्गलाई निर्धक्क सँग आफ्नो कुटो, कोदालो, ब्यापार र ब्यवसाय चलाऊन पाउनु पर्‍यो, छोरी बुहारीको अस्मिता लुटिनु भएन, अनाहकमा निर्दोष आफ्ना सन्तान दरसन्तानहरुको ज्यान जानु भएन । चोर, डांका, हत्यारा, बलात्कारीहरुलाई तत्काल कार्वाही हुनु पर्‍यो । अपराधीहरुलाई यो वा त्यो राजनीतिक दलको संरक्षणमा कानुनको ठाडो उल्ङ्घन गरी गराई अपराधीहरुलाई पुन: गलत कार्यमा प्रोत्साहान दिने हाम्रा राजनीतिक दल र तिनका नेताहरुले तत्काल जनताहरुका यि आवाजहरुलाई नसुन्ने हो भने नेपाली जनताहरु अर्को शक्तिको र शासनको खोजिमा बिस्तारै जुर्मुराउदै छन । चेतना भया !! 

One Response to राजा आउ देश बचाउ !!

  1. sir i love my king pls come and save my contry we wise you all the best

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s