चीनमा भेटियो बुद्धको हड्डी


असार ४, चीन क्वाङ्चौं । चिनियाँ पुरातविद् र बौद्धधर्म गुरुले शाक्यमुनि बुद्धको तालुको हड्डीको उत्खनन गरेका छन् । राजधानी बेइजिङबाट करिव एक हजार पाँच सय किलोमिटर दक्षिणमा पर्ने च्याङ्सु प्रान्तको सदरमुकाम नानचिङमा अवस्थित छिस्या मन्दिरबाट सो हड्डी उत्खनन गरिएको चिनियाँ साचारमाध्यमले शुक्रबार जनाएका छन् ।

चाँदीको कफिन-प्रतिकृतिभित्र रहेको सुनको कफिन-प्रतिकृतिमा राखिएको सो वस्तु शाक्यमुनि बुद्धको तालुको हड्डीको एक भाग भएको चिनियाँ बुद्धिस्ट एसोसियनका अध्यक्ष मास्टर छुवान यिनले बताए । सानो चट्टानजस्तो देखिने सो हड्डी हल्का खैरो रङको छ । नानचिङ नगर संग्रहालयका उपप्रमुख हुवाको रुङले मसिना कोषजस्ता छिद्रले भरिएको हड्डी मौरीको चाकासँग मिल्दोजुल्दो भएको बताए ।

शाक्यमुनिको तालुको हड्डीबारे वर्णन गरिएको ऐतिहासिक रेकर्डसँग हाम्रो उत्खननको नतिजा मिल्छ । एसोसिएसनका उपाध्यक्ष सुय छङले भने सो हड्डी बुद्ध धर्मावलम्बीको सबैभन्दा पवित्र वस्तु हो । उत्खननका क्रममा शाक्यमुनि बुद्धका बाहेक अन्य बुद्धका १० पवित्र अस्तु पनि स-साना सुन र चाँदीका कफिनमा भेटिएका छन् ।
 
शाक्यमुनिको अस्तुधातुबाट निकालिएको विश्वास गरिएको सो हड्डीको टुक्रा सम्राट अशोकको प्यागोडा नामको सानो चैत्यमा भण्डार गरेर राखिएको अवस्थामा फेला परेको बताइएको छ । नानचिमस्थित छाम्कान मन्दिरमुनि सन् १०११ मा निर्मित भूमिगत दरबार दुई वर्षअगाडि उत्खनन गर्दा अशोक प्यागोडा फेला पारिएको थियो ।

सन् २००८ को जुलाईमा पुरातविद्द्वारा भेट्टाइएको शिलालेखमा भू्मिगत दरबारभित्र शाक्यमुनिको तालुको हड्डी र अन्य बुद्धका अस्तुधातु रहेको सम्राट अशोकका बहुमूल्य सात धातु भएको चैत्य संरक्षित गरिएको उल्लेख छ । त्यसको एक महिनापछि प्यागोडा भएको एउटा फलामको बाकस फेला पारिएको थियो । सन् २००८ को नोभेम्बरमा बाकसबाट प्यागोडा निकालेपछि दुइटा कफिन फेला पारिएको थियो ।

चिनियाँ बुद्धिस्ट एसोसियसनका अधिकारीका अनुसार शाक्यमुनिको देहावसानपछि उनको अस्तुबाट तालुको एउटा हड्डी चारओटा दाँत काँधका दुइटा हड्डी र ८४ हजार अस्तुधातु संकलन गरिएको थियो । भारतीय सम्राट अशोक इसापूर्व २७३-२३२ ले शाक्यमुनिका बाँकी रहेका सबै अवशेषलाई प्यागोडाजस्तो समाधिमा राखेर पछि विश्वका विभिन्न भागमा पठाएका थिए । बुद्धको अस्तु राखिएको सम्राट अशोकका दसौं हजार प्यागोडामध्येको नानचिम्मा रहेको प्यागोडा एउटा भएको विश्वास गरिन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s