इराकको नाजल्ल कम्पनि बन्द, १९० कामदार घर फर्किदै

इराकको ताजि स्थित अमेरीकन सेनालाई खानाको ब्यबस्था गरिदिने कम्पनिहरु मध्ये नाजल्ल कम्पनि बन्द भएको छ । यस कम्पनिमा कर्यरत १९० जना कामदारहरु घर फर्किने क्रम जारी छ । यस कम्पनिले बिशेष Dining Facility 3 (DFAC 3) सन्चलन गर्ने जिम्मेवारी पएको थियो । अमेरीकन सेना इराकबाट फर्किने क्रम जारी रहेको र अहिले सम्ममा धेरै सेनाहरु फर्किसकेकोले (DFAC 3) बन्द भएको हो ।
यस कम्पनिमा नेपाली, भारतीय, श्रीलंकन र बंलादेशी कामदारहरु कार्यत थिए जस मध्ये नेपाली कामदारहरु अधिक थिए । अरु देशका कामदारहरु भन्दा नेपाली कामदारहरु घर फर्किनुमा धेरै चिन्तित देखिन्थे, किनकी नेपालको राजनितिक अस्थिरताले गर्दा नेपालमा पनि हालसालै केहि गर्ने वातवरण नभएकोले अब नेपालमा गएर के गर्ने भन्ने चिन्ता मनभरि बोकेर नेपाली कामदारहरु फर्किरहेका छन् ।
यसरी इराकमा कम्पनिहरु बन्द हुने क्रम जारी छ । सन २०११ सम्ममा सबै अमेरीकान सेना इराकबाट फर्काउने लक्ष्य उनिहरुले लिएका छन् । कान्छा लाल तामाङ् /ताजि इराक

One Response to इराकको नाजल्ल कम्पनि बन्द, १९० कामदार घर फर्किदै

  1. Tapaiko bhanai ekdamai thek lagyo ab nepalma gayara kehi garnu nepalko rajnite ekdai bigreyo kehi garnu sambhab chhaina

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s