जय आले, कुवेत
गत १६ अप्रिल २०१० मा नेपालकुवेत साँस्कृतिक मञ्च एवं युनिटी लाईफ जन जागृति टिम कुवेतको संयुक्त आयोजनामा भव्य सम्पन्न नेपाली साँस्कृतिक कार्यक्रमबाट हुन आएको कुल मुनाफा रकमको ५ % (प्रतिशत) रकम, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको स्वामित्वमा संचालित खेलाडी संरक्षण कोषमा जम्मा हुने गरी नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष श्री मनु मगर ज्यूले उक्त रकम ११ जून २०१० को दिन, लोक गायक राजेन्द्र बिरहीको एकल प्रस्तुतिको अवसर पारी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष श्री किरण पौड्याल ज्यूलाई हस्तान्तरण गर्नु भयो ।
उक्त रकम कुवेत नगरीमा अन्तर्राष्ट्रिय स्तरका लिग म्याचहरु लगायत माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप खेल्ने नेपाली खेलाडिहरुको सुरक्षा एवं संरक्षणलाई ध्यानमा राखी बिनियोजन गर्ने गराउने गरिन्छ ।
मञ्चका अध्यक्ष श्री मनु मगर आफु समेत एक कुशल खेलाडी मात्र नभई करिब २ वर्षे कार्यावधिसम्म माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको कार्यकारीणी समितिमा आवद्द रहि क्लवको खेलकुद बिभागको नेतृत्व सम्हाल्दै क्लवलाई हर किसिमको योगदान पुर्याउनु भएको व्यक्तित्व हुनुहुन्छ ।
————————————————
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयतामा कुवेत नगरीमा संचालन हुने हरेक अन्तर्राष्ट्रिय स्तरका लिग म्याच खेल्ने नेपाली खेलाडिहरुको सुरक्षा एवं संरक्षणलाई ध्यानमा राखी क्लवकै स्वामित्वमा संचालित खेलाडी संरक्षण कोषमा टेवा पुग्ने गरी हाम्रा मित्र एवं क्लवका पूर्व खेलकुद प्रमुख श्री मनु मगर ज्यूले हस्तान्तरण गर्नु भएको रकमको सहि उपभोग गरिने प्रतिवद्वता जनाउँदै सम्पूर्ण क्लव परिवार श्री मगर ज्यूलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दछ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत ।














































Pingback: rajesh rai
Pingback: Ram magar