कुवेतमा राजेन्द्र बिरहीको एकल प्रस्तुती सफलतापूर्वक सम्पन्न

जय आले, कुवेत

मानिसले जब यस धर्तिमा पाईला टेक्छ उसले आफ्नो संस्कृति र सामाजिक परिवेशलाई सौगात स्वरुप अंगाली सकेको हुन्छ । ऊ जहाँ जान्छ आफ्नो धर्म, संस्कृती, अस्तित्व र लैंगिक पहिचान साथमै लिएर गएको हुन्छ । उसको रगत, वंशज र राष्ट्रियताको नाता जहाँ गए पनी प्रफुष्ट्न भएर रहन्छ । आफ्नो वंशज र लैंगिक प्रचलनको उपभोग गर्नु गराउनु उसको नैसर्गिक अधिकार भित्र पर्ने कुरा हुन । आफ्नो परम्परा, संस्कृति र इतिहासलाई सम्मान गर्नु उसको जीबन धर्म पनि हो । आज यिनै बिभूषणका ज्वलन्त उदाहरण बन्न सफल भएका छन चर्चित लोक गायक राजेन्द्र बिरही, वर्तमान परिप्रेक्षमा जसको नाम नै एक पहिचान बन्न पुगेको छ कुवेतवासी नेपाली समाजमा ।

“साह्रै राम्री रैछौ रननी” बोलको आफ्नै गिती एल्बमबाट अपार सफलता हाँसिल गरिसकेका सु-प्रख्यात लोक गायक राजेन्द्र बिरहीको एकल साँस्कृतिक प्रस्तुती ११ जून २०१० को दिन कुवेतस्थित एसिया-एसिया होटलको प्रांगणमा करिब ४०० देखी ५००  संगितप्रेमी नेपाली दर्शकहरु माझ भव्यतापूर्वक सम्पन्न भएको छ ।

अलौकिक कला र गलाका धनी लोक गायक राजेन्द्र बिरहीले दर्शक माझ पस्केका एकल गीतहरु; पहिलो -एकछाक नुन छाडेनी भैगयो तिम्रो लागि मरीसकें म, दोस्रो -मिरमिरेमा बोलाउँछ्यौ नानी, तेस्रो -साह्रै राम्री रैछौ रननी (आफ्नै), चौंथो -स्याङ्जालीलाई नभन जाली, पाचौं -एउटै डोरी पासो लगाउँ भो, छैटौं -लालुपाते नुघ्यो भुँईतिर र अन्तिममा देउरालीको भट्टी पसल जस्ता चर्चित लोक गीतहरुले तमाम दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै छमछम्ती नाच्न समेत वाध्य बनायो ।

यसैगरी कार्यक्रमको बीच-बीचमा नेपालकुवेत साँस्कृतिक मञ्चका कलाकारहरुबाट बिभिन्न नेपाली संगितमा प्रस्तुत आकर्षक एकल नृत्य; आस्था राउत -यो नानीको जोबान चोरी भो, बिना राई -सुनकोशीले सुसेलेको दुधकोशीले सुन्छ, सुनीता बिक -रेली खोला बगर, रेणु परीयार -बाह्रहाते पटुकी र मञ्चकै अर्का चर्चित गायक माधव शर्माले गाएका मुस्ताङ्ग लेकैमा एकफेर त झम्टेर रुने थिएं तिमलाई देखेमा बोलको गीत र मनोज काफ्ले “मनसुन” ले म शोकाकुल भएं शिर्षकमा वाचन गरेका लयवद्व कविताले कार्यक्रमलाई थप संगितमय र मनोरञ्जनात्मक बनायो ।

नेपालकुवेत साँस्कृतिक मञ्च, कुवेतनेपाल डट कम र हिमालयन बैंक (हिमाल रेमिट) को बिशेष सहयोगमा, नेपाली समाज कुवेतको इतिहासमै लोक गायक राजेन्द्र बिरहीबाट प्रथम पटक एकल साँस्कृतिक प्रहसन प्रस्तुत भई सफलतापूर्वक सम्पन्न हुनुमा यसलाई तमाम कुवेतवासी नेपाली समाजले एक ऐतिहासिक प्रस्तुतिको रुपमा लिएका छन ।

नेपाल पत्रकार महासँघ कुवेत सम्पर्क शाखाका सचिव/नेपालकुवेत डटकमका अडियो न्यूज रिपोर्टर एवं व्याङ्ग्यात्मक प्रतिभाका पारखी नवराज पन्थी र सम्पर्क शाखाकै सदस्य एवं नेपालकुवेत डटकमका सम्पादक आनन्द आचार्यले सामुहिक रुपमा संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाली राजदूतावास कुवेतका प्रतिनिधि श्री भुवन प्रसाद पौडेल ज्यूको प्रमुख आतिथ्य रहेको थियो भनें अन्य अतिथी दिर्घामा NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल, NRNA एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरी, NRNA कुवेतका दित्तिय उपाध्यक्ष दिपक क्षेत्री, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष मनु मगर, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, नेपालकुवेत डटकमका प्रधान सम्पादक राजन रिमाल, मरुभूमिको कोसेलीका प्रबन्ध निर्देशक एवं नेपालकुवेत डटकमका सम्पादक सुजन केसी र हिमालयन बैंक (हिमाल रेमिट) का प्रतिनिधि शैलेन्द्र श्रेष्ठ आसिन हुनु हुन्थ्यो ।

यसैगरी श्री बिरहीको एकल प्रस्तुतीबाट अधिक सन्तुष्टी प्राप्तिको महशुस गरी प्रफुल्लित भावमा वहाँलाई सम्मान स्वरुप दोसल्ला ओढाउने र उपहार स्वरुप रकम चढाउने श्रोतागणहरुको घुँईचो नै लागेको देखिन्थ्यो भनें प्रतिउत्तरमा गायक बिरहीले पनि सबैलाई ढाका टोपी पहिर्‍याई सम्मान गर्दै अन्य सहयोगीहरु जसको सहयोगले कार्यक्रम सफल हुनुमा ठुलो टेवा पुर्‍याएको भन्दै एसिया एसिया होटलका मेनेजर बम बिष्ट, प्राविधिक सुशन गौतम, अल अमाना सेक्युरिटिका होमनाथ गिरी र स्वयंसेवकहरुमा टिका राम आचार्य लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भयो ।  

 

2 Responses to कुवेतमा राजेन्द्र बिरहीको एकल प्रस्तुती सफलतापूर्वक सम्पन्न

  1. धन्यवाद जय दाई अतिमिठो समाचार पस्कनु भएको मा अतिनै आभारी छु, र kuwaitnepal.com को प्रगतीको कामना गर्दछु । साथै राजेन्द्र बिरही लाई शुभकामना keep it guys

    संपर्क थापा

  2. Jiten Gurung

    Lot’s of congratulation to Mr. Rajendra Birahi from my heart. I appreciate alot to his hardwork and contribution towards the Nepalese culture and tradition. Keep it up !!!! Mr. Birahi. You have alot of things to do in the field of Singing and music.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s