सञ्चय कोषको आम्दानी १.५ अर्ब बढ्ने


काठमाडौं, चालू आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषको आम्दानी ३० प्रतिशत वृद्धि हुने भएको छ । ६ महिनाअघि उत्पन्न तरलता अभावका कारण वाणिज्य बैंकहरूले निक्षेप मुद्दती खाताको ब्याज बढाएकाले सञ्चय कोषको नाफा वृद्धि भएको हो । गत आर्थिक वर्ष सञ्चय कोषको नाफा ५ अर्ब २ करोड रुपैयाँ रहेकामा यो वर्ष करिब १ अर्ब ५० करोड रुपैयाँ वृद्धि भई ६ अर्ब ५२ करोड पुग्ने कोषले जनाएको छ । ’गत वर्षभन्दा यो वर्ष वाणिज्य बैंकहरूले ब्याजदर बढाएकाले कोषको नाफा वृद्धि भएको हो,’ कोषका प्रशासक डा. रमेशकुमार भट्टराईले बताए । उनले वाणिज्य बैंकहरूले ब्याजदरमा कार्टेलिङ नगरेको भए कोषको नाफा अझ वृद्धि हुने दाबी गरे ।
सञ्चय कोषको कुल रकममध्ये २८ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा रहेको छ । कोषले वाणिज्य बैंकहरूबाट अधिकतम १२ प्रतिशत ब्याज पाएको छ । कोषले अरू रकम विभिन्न परियोजना तथा सरकारी बोन्डमा लगानी गरेको छ । त्यसमा कोषले थोरै ब्याज पाएकाले चालू आर्थिक वर्षमा औसत ८.५ प्रतिशत ब्याजमा कोषले लगानी गरेको छ ।
कोषमा आबद्ध ४ लाख ४० हजार सञ्चयकर्ताको ८० अर्ब रकममध्ये सञ्चयकर्तालाई कुल निक्षेपको ५० प्रतिशत अर्थात् ४० अर्ब रुपैयाँ, ७.७५ प्रतिशत ब्याजमा, विभिन्न परियोजनामा ११ प्रतिशतमा लगानी, सरकारी धितोपत्र र आवास विकासमा लगानी रहेको छ ।

Source : Nayapatrika

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s