संसारकै अग्लो आवासगृह

मुम्बई, जेठ २७ (एजेन्सी)- भारतको प्रमुख घरजग्गा व्यवसायी कम्पनी लोधा डेभलपर्सले व्यापारिक राजधानी मुम्बईको मध्यभागमा विश्वकै सबैभन्दा अग्लो आवासगृह निर्माण गर्ने भएको छ। यसको लागत २० अर्ब रुपैयाँ रहने कम्पनीले जनाएको छ।

१ सय १७ तल्ले अग्लो उक्त आवासगृह १ हजार ४ सय ५० फिट अग्लो हुनेछ। यसको नाम ‘वर्ल्ड वान’ राखिएको छ। केही महिनाभित्र निर्माण
सुरु हुने यो भवन सन् २०१४ सम्ममा पूर्णरूपमा तयार हुनेछ। यो भवनले अस्ट्रेलियाको गोल्ड कोस्टस्थित हालसम्मकै अग्लो आवासगृहलाई पछाडि पार्ने दाबी कम्पनीले गरेको छ। ८० तल्ले त्यो भवनको उचाइ १ हजार ५८ फिट छ।
कम्पनीले ‘अतिधनी’ भारतीयलाई लक्ष्य गरेर भवन बनाउन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। यो भवनका अपार्टमेन्टको मूल्य न्यूनतम ७ करोड ५० लाखबाट सुरु भई सबैभन्दा महँगो अधिकतम ५० करोड रुपैयाँ तोकिएको छ।
कम्पनीले हालै सीमित क्रेताका लागि प्रतिवर्गफिट २५ हजार रुपैयाँका दरले अपार्टमेन्ट बिक्रीको ‘सफ्ट लन्च’ गरेको थियो। तर, कम्पनीले यो परियोजनाको औपचारिक बिक्री सुरुवात भने यो महिनाको अन्तिममा गर्ने जानकारी दिएको छ। यो भवनभित्र ३ सयवटा विशिष्ट घर हुनेछन्। यिनमा तीन बेडरुम र चार बेडरुमसहित सबै घरलाई छुट्टाछुट्टै पौडी पोखरी हुनेछन्।
‘आवासगृह निर्माणका लागि आवश्यक रकम जोहो गर्न कम्पनीले ग्राहकबाट जम्मा गर्ने, आफ्नो रकम र ऋण पनि लिनेछ,’ लोधा समूहका प्रबन्ध निर्देशक ३० वर्षीय अभिषेक लोधाले भने, ‘यदि आवश्यक पर्छ भने निजी लगानी कोषबाट पनि खर्च गर्छाै।’ भवनले १७ दशमलव ५ एकड क्षेत्रफल ओगट्ने उनले बताए।
भवनलाई आगलागीबाट जोगाउनका लागि अतिउच्च सुरक्षा प्रविधि प्रयोग गरिने उनले बताए। आँधीबेहरी र भूकम्पको प्रभाव कम पर्ने गरी भवनको डिजाइन तयार पारिएको जानकारी उनले दिए। ‘निर्माण स्थलमा बसोबास गर्नेका लागि २ लाख वर्गफिट क्षेत्रफलको जमिन रहेको छ,’ लोधाले भने, ‘यसमा ८० हजार वर्गफिटको स्पोर्ट्स क्लब पनि हुनेछ, जुन जमिनभन्दा १ सय ७५ फिट उचाइमा हुनेछ।’
अमेरिकाको न्युयोर्कस्थित आर्किटेक्चरल कम्पनी पि कब फ्रिड एन्ड पार्टनर्स्को सहकार्य र स्ट्रक्चरल इन्जिनियरिङ कम्पनी लेज्ली ई रोबर्टसन् एसोसिएट्सले परियोजनाको काम गर्ने उनले जानकारी दिए। कम्पनीले २० अर्ब लगानी गरेर त्यसबाट ५० अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ।
मुम्बईस्थित श्रीनिवास कटन मिल्सको स्वामित्वमा रहेको जग्गाको करिब २ अर्ब ५० करोडा रुपैयाँ बराबरको दायित्व चुक्ता गरेपछि लोधा समूहले मिल्सको उक्त जग्गा हात पारेको थियो। कम्पनीले विश्वभर छरिएर व्यापार गरिरहेको भारतीयलाई लक्ष्य गरी यो आवासर्गह निर्माण गर्न लागेको जनाएको छ। उसले स्थानीय नगरपालिकाबाट परियोजना निर्माण गर्न स्वीकृति पाइसकेको छ।
भवन निर्माण गर्न लागिएको जग्गालाई नेसनल टेक्सटाइल कर्पोरेसनले २००५ मा लिलामी बेचेको थियो। यो परियोजना स्थलसँगै भारतको
सबैभन्दा ठूलो निर्माण कम्पनी डिएलएफले ९० तल्ले तीनवटा महँगा आवासगृह बनाइरहेको छ। यसमा प्रतिअपार्टमेन्ट मूल्य पाँचदेखि १० करोडा रुपैयाँ तोकिने जनाइएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s