राजधानीमा अवैध पासपोर्टका लागि बंगलादेशीहरु

काठमाडौ । राजधानीमा १२०० जना जति बंगलादेशी नागरिकहरु अवैध पासपोर्टका लागि भित्रिएका खबर हालै अन्नपूर्ण पोस्टले प्रकाश पारेको छ। ती बंगलादेशीहरु गल्फ देशहरुमा कामदारको रुपमा नेपाल भएर गैर कानूनी तरिकाले नेपाली पासपोर्टको माध्यमबाट जाने प्रलोभनमा विभिन्न एजेण्टहरुमार्फत नेपाल छिरेका हुन् ।

नेपाल प्रहरीका डीएसपी दीपक थापाका अनुसार १२०० जना जति बँगलादेशीहरु नेपाली पासपोर्टका लागि प्रतीक्षारत भएको तथ्य प्रकाश पारेका छन् । उनका अनुसार यस अवैध कार्यमा योजनाबद्ध ढंगबाट एजेण्टहरु सक्रीय भएका छन् । ती बंगलादेशीहरुलाई काठमाडौका विभिन्न ठाउँहरु -सामाखुशी, महाराजगंज, गोंगबु, कोटेश्वर, पुतलीसडक र केहीलाई काठमाडौं बाहिर राखेको खबर विशेष श्रोतबाट थाह पाएको छ । प्रहरीले २६ मेका दिन ती ठाउँहरुमा छानबिन गर्दा १२ जना बंगलादेशीहरुलाई उनका प्रमुख नाइके मुहम्मद सइबुद्धिनसँगै प्रहरीले पक्राउ गरेका छन् ।

नेपाल प्रहरीका हनुमान ढोकास्थित प्रमुख एसपी रमेश खरेलले उद्धृत गर्दै भने, “हाम्रो छानबिन गर्ने कार्य र अपराधीहरुलाई पकड्ने सिलसिला उनका नाइकेलाई नै समातेपछि लगभग सकिएको छ” । प्राप्त समाचार अनुसार गल्फमा नेपालमार्फत काममा पठाउनको लागि प्रतिव्यक्ति तीन लाख पचासहजार बंगलादेशी मुद्रा (टाका) लिने गरेको कुरा पक्राउ परेकाहरुले बताएका छन् । उनीहरुलाई नेपाली पासपोर्ट लिन बाध्य बनाएको र उनीहरुलाई अध्यागमनलाई छक्याउने उद्देश्यले धमाधम नेपाली भाषा सिक्नलाई कक्षा सञ्चालन गरेको कुरा प्रकाशमा आएको छ । ती पक्राउ परेका बंगलादेशीहरुलाई सोधपुछ गरेर अनुसन्धान गर्ने क्रममा एकजना अनवर हुसैन नाम गरेको बंगलादेशी नागरिकले आफूलाई एजेण्टहरुले मरुन्जेल निर्घात कुटेको कुरा प्रहरीलाई बताएका छन् । -श्रोत ने.स., सुमल, मेस ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s