भू-स्वर्ग देखी खाडी सम्मका एपिसोडहरु


शिवराम पौडेल, कुवेत 
                                
जब आमाको कोखबाट जन्म लिएं, शायद आमाको आँखाबाट हर्षका आँशु बगे होलान, यि भावनाहरु म बुझ्न सक्छु । किनकी जब म आफ्नो हात खुट्टाहरु चलाऊन थालें र मेरा अष्पष्ट आवाजहरु प्रष्फुटन भए, आमाका नयनमा खुशीका झझल्कोहरु बग्न थाले । हरबखत मेरो ख्याल राख्ने र हरेक मेरो चाहनाहरु पुरा गर्ने ममतामय आमाका ति दिनहरु सम्झँदा आज दुर देश भएपनी आमाको काखमा नै रहेको अनुभूती गर्दछु ।

समय र गरीबीको असमान अनुकुलताले म आमाबाट टाढा हुन पुगें छचल्किन्छ आमाको प्रतिविम्ब सपनामा पनि, आमा म छट्पटिई रहेको हुन्छु एकान्तको बस्ती भित्र गरीबी र आमा बीचको दुरिलाई लिएर, मेरो देश नै भु-स्वर्गले सजिएको छ फेरीपनि बालुवाको पहाडहरुमा म हराइ रहेछु… आउँछु आमा एकदिन तिम्रो ममता र अनन्त जिउने जीवनको ज्योति लिएर, तिमीले सिकाएका नैतीकता, उपदेश र आधारपदका सुत्रले आज म मानव जगतको हरेक दिपक मानिससँग जिउन सकेको छु । तिम्रो आशिर्वादनै मेरो शक्ती हो अनी उन्नती….  

अझै पनि मलाई बुवाको काखमै लडिबुडी खेलेको झझल्को आउँछ तर ति सबै कल्पनामा मात्र सिमित रहे । अब ति दिनहरु कहिल्यै आउने छैनन् सदाका लागि समाप्ती भएर क्षितिजमै बिलाए । मलाई सानै उमेरमा छाडि यो दुनियाँबाट टाढा हुनुभयो कती प्यारो ममताका साथै उपदेशहरु दिनु हुन्थ्यो, अब मलाई निश्चित गोरेटो र मार्गदर्शन कसले देला ? मेरो आफ्ना दिदीबहिनीहरु सबै वैवाहिक बन्धनमा बाँधिन पुगे । समयको माग र जीवनको उत्सर्गलाई सु-स्वागत गर्नै पर्ने हुन्छ । रगतको नाता भनेको जती परायसँगको बन्धनमा भएपनि रक्तकेशिका बिचार र माग एक हुँदा रहेछन, यो संसारिक पद्वती रहेछ तर आज मैले पराइ को हुन भन्ने पनि महसुश गरें र सोंचे सबै आफन्त कोही पनि छैनन्, यो यात्रामा आफु भएं एक्लो यात्री अनी बिरानो परदेशी…
 
जिन्दगीले मनिसलाई कहाँदेखी कहाँसम्म पुर्‍याउँछ भन्ने कुरा कसैलाई अनुभव नहुने रहेछ । आज यहाँ त भोली कुन कुनामा पुग्ने हो परमेश्वर शिवाय अरु कसैलाई ज्ञात छैन । समयको चक्रव्यूह सँगै जीबनरुपी यात्रामा कहिले मिलन र कहिले बिछोडको लगाम लगाउँदा मैले पनि दासी जीवन र प्रकृतीसँग एक नाता जोड्दै र बसन्तको सुनौलो अवसर सँगै यसैका घुम्तीहरुमा मोंडिदै गरें बिवाह दाम्पत्य युगल अनी धेरै सुनौलो अभिलाषामूखी बनेर…

फेरीपनि हामी बीचको उमेरको अन्तर्भिन्नता, बिभिन्नता तर ममतामा सदा एकता त्यो नै हाम्रो युगलको एक कल्पनाको सफलता… !! हो उमेरको अन्तर दुरिले मागपनी फरक बुझेपछी सबै सरल, भनिन्छ सुत्र जाने हिसाब मिल्छ । आज हाम्रो दुरी अन्तर्भिन्न छ, फेरीपनि सामिप्यमा साथ- माया न हो दुरिले दुर नबनाउँदो रहेछ, याद न हो जीवन, धर्मग्रन्थमा पनि भनिएको छ पुरुषको एक करङबाट स्त्रीको श्रीजना भएको हो त्यसैले एकलाई चोट लाग्दा अर्कोलाई दु:ख्दो रहेछ । रक्त रेशिका पनि त्रिवेणी बनेझैं….

आज त्यही सोंचाईमा बस्न वाध्य छु । आमा र मेरी जीबन सँगिनी म बाट धेरै कयौ कोश टाढा छन शायद कहिले काहीं भाषा, परिवेश, चाहना र मार्गनिर्देशिकामा अनुकुलता हुन्नकी । तर हैन सबै चक्रव्युह अनुकुलतामा नै चल्ने रहेछ, बुझाईमा एकता भएपछी…. सजिलो छ खियाउन सके डुंगा नदी तर्न, धेरै यात्रुहरुले यो यात्रामा पूर्णता पाइसकेका छन । जीवन यात्रा सामिप्यता र दृढ मिलनको न हो… अतितका आमा, बाबा, दिदीबहिनी सँगको अमिट माया र यादले  सताउँछ र आजको उदय मेरो सामिप्यमा नयाँ आगन्तुक मेरी जीबन सङ्गिनी सँगको मेरो यात्रामा निरन्तरता… म परदेशमा, मेरो प्रवासी जीवन र यसको दुरी…..  “कहिले सम्झेर रोएं… कहिले भुलेर रोएं”

2 Responses to भू-स्वर्ग देखी खाडी सम्मका एपिसोडहरु

  1. Sanju Thapa Magar

    uchcha sahittik samrachana ani shabda haruko sangalo nai bhanda pani pharak naparla yo lekh lai. paudel ji ka pratek shabda rachana haru dherai ramro lago yar keep it up. yo web site ma purai lekh haru sahityik chhan very good

    sanju magar farwaniya

  2. Aakash Bista

    Very nice artice…….keep up your writing Shiva Jee

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s