दुई कार्यकाल पुरा गरेका काँग्रेसका सभापतिहरुलाई अंकुश


जेठ २७, काठमाडौं । नेपाली काँग्रेसले दुई कार्यकाल पार गरेका केन्द्रीय सभापति र जिल्ला सभापतिलाई तेस्रो पटक सभापति बन्ने प्रावधानमा अंकुश लगाएको छ । पार्टी एकीकरण हुनु पूर्व र एघारौ महाधिबेशनबाट सभापति भएकालाई यो प्रावधान लागु हुने छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सभापति र जिल्ला सभापतिले लगातार दुई कार्यकाल पार गरिसकेको भए पुनः सभापतिमा उम्मेदवारी दिन नपाउने निर्णय गरेको हो ।

काग्रेसको बिधानमा लगातार दुई कार्यकाल पुरागरेका सभापतिलाई तेस्रो पटक सभापति बन्न नपाउने प्रावधान रहेको थियो । त्यस प्रावधानमा केन्द्रीय नेताहरुका बीच मतभेदन भएको एक सदस्यले जनाएका छन् । बैठकमा केन्द्रीय नेताहरुका बीच सभापतिको दुई कार्यकाल काँग्रेस र प्रजातान्त्रिक काँग्रेसको एकीकरण हुनु पूर्वको समयलाई गणना गर्ने या त्यस पछिको समयलाई गणना गर्ने भन्ने बिषयमा मतबाझिएको थियो ।

त्यसै गरेर हिजोको बैठकमा पेस भएको १२ औ महाधिबेशनको निर्वाचन सम्बन्धी निर्देशीकालाई पनि बैठकमा पारित गरेको काँग्रेसले जनाएको छ । निर्देशीका पारित भएपछि काँग्रेसलाइ गाउँ नगर क्षेत्र र जिल्लामा अधिबेशन गर्न बाटो खुलेको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिका बारेमा छलफल भएको थियो ।

Source : Solidarity

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s